सुरेश आलेमगरको प्रस्ताव : पुष्पकमल दाहाल सामन्तीले दिएको नाम हो अब प्रचण्ड मात्रै भनौँ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पुष्पकमल नभनि प्रचण्ड मात्रै भन्नुपर्ने प्रस्ताव आएको छ । पार्टीको आदिवासी जनजाति संयुक्त मोर्चाका संयोजक तथा माओवादी नेता सुरेश आले मगरले पार्टी अध्यक्षको नाम ‘प्रचण्ड’ मात्रै भन्न प्रस्ताव गरेका हुन्।

आज आइतबार वाईसीएलको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मगरले पुष्पकमल दाहाल नाम सामन्तीले दिएकोले प्रचण्ड मात्रै भन्नुपर्ने उनको माग छ।
‘मैले अघि आदरणीय कमरेड प्रचण्ड भनेँ। श्रद्धेय भनिनँ, पुष्पकमल दाहाल पनि भनिनँ। किनभने श्रद्धेय, श्रद्धा, पूजा, आरती सामन्ती शब्द हुन्,’ उनले भने, ‘हामीलाई सम्मान गर्न मन लाग्छ, अति सम्माननीय भन्न सक्छौँ। आदरणीय भन्न सक्छौँ।’

पुष्पकमल दाहाल प्रतिगामीले दिएको र उनीहरूले नै भन्ने नाम भएको भन्दै आले मगरले प्रचण्ड नै प्यारो रहेको बताए।
‘ुहामी उत्पीडित जनतालाई प्रचण्ड नाम नै प्यारो लाग्छ। प्रचण्ड नाम नै गर्विलो लाग्छ,’ उनले भने, ‘पुष्पकमल दाहाल प्रतिगामीले दिएको नाम हो, रुचाउने नाम हो। प्रचण्ड होइन। हामीले रुचाउने नाम हो(प्रचण्ड।

सम्बन्धित समाचार