माओवादी केन्द्र जुम्ला चन्दननाथ नगरको अध्यक्षमा सुरेन्द्र बहादुर महत निर्वाचित


जुम्ला :नेकपा(माओवादी केन्द्र) चन्दननाथ नगरपालिकाको नगर अध्यक्षमा सुरेन्द्र बहादुर महत निर्वाचित भएका छन नेकपा (माओवादी केन्द्र )चन्दननाथ नगर समिति,जुम्लाको दोस्रो अधिवेशनबाट सुरेन्द्र बहादुर महतको नेतृत्वमा ४९ सदस्यीय नगर समिति गठन भएको हो । नगरको इन्चार्जको जिम्मेवारी कमल खत्रीलाई दिएको नेकपा (माओवादी केन्द्र जुम्लाले जानकारी दिएको छ ।

त्यस्तै दोस्रो अधिवेसनबाट सुरेन्द्र बहादुर महत अध्यक्ष,चन्द्रावती उपाध्याय उपाध्यक्ष,नन्द बहादुर बुढथापा उपाध्यक्ष,नन्दु सार्की ,उपाध्यक्ष ,कृष्ण बहादुर बि क सचिव,नरेन्द्र सेजुवाल,सह सचिव र दिलमाया देवकोटा कोषाध्यक्ष गरी ४९ सदस्य नयाँ नगर कमिटि चयन भएको निर्वाचन कमिटिका संयोजक बालाराम नेपालीले जानकारी दिए । उनका अनुसार सर्वसहमती मै उक्त कमिटि निर्वाचित भएको हो ।

त्यस्तै निर्वाचित समितिलाई पाटीका केन्द्रीय सल्लाकार डाक्टर कल बहादुर रोकायाले हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना दिएका छन । उनले यस नयाँ आएको कमिटिले नेकपा माओवादी केन्द्रचन्दनाथमा संगठन बलियो हुने अपेक्षा गरेको बताए ।

त्यस्तै सह इन्चार्ज गोमा गौत्तम कुंवरले पाटी भित्र कमिटिमा बसेका र नबस्नेको उस्तै महत्व हुने बताइन । उनले कसले जिते हारे भन्दा पनी सबैले पाटीको विधि बिधानमा टेकेर संगठन बलियो बनाउन तर्फ लाग्न अनुरोध गरिन ।उनले यो नयाँ आएको नगर कमिटिले २०८४को निर्वाचनमा माओवादीलाई बिजय गराउन लगाउने बताए ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) जुम्ला जिल्ला संयोजक नवराज न्यौपानेले पार्टीलाई जनपक्षीय र सशक्त बनाउनका लागि सक्रिय कदम चाल्न अनुरोध गरे । उनले नगर कमिटीलाई पार्टीको प्रभाव जमाई जनसङ्गठनलाई सुदृढ बनाउने काम गर्ने निर्देशन दिएका छन। उनले दोस्रो अधिवेसनमा बाट निर्वाचित हुने सम्पुर्णलाई हार्दिक बधाइ ज्ञापन गरेका छन ।

त्यस्तै  नव निर्वाचित अध्यक्ष महतले आफूलाई दिइएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। उनले भने, “जनताको विश्वास जितेर गरी नगरमा काम गर्ने छु। मलाई दिएको जिम्मेवारी म सम्पूर्ण निष्ठा र लगनशीलताका साथ पूरा गर्नेछु।” उनले संगठनलाई सुदृढ पार्न, सुशासन कायम गर्न र जनहितका कामलाई प्राथमिकतामा राख्ने बताएका छन्। महतको नेतृत्वमा संगठनले नयाँ दिशा र गति लिने अपेक्षा गरिएको छ। उनले सहकार्य, पारदर्शिता र परिणाममुखी कार्यशैलीलाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरे। माओवादी केन्द्र जुम्लाले जुम्लाको तिला गाउपालिकामा बाहेक सात वटै पालीकामा नयाँ नेतृत्व चयन गरिसकेको छ ।