जुम्ला बहुमुखी क्याम्पसमा अनेरास्ववियुका बुढा विजयी


जुम्ला : जुम्ला बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुका लोकेन्द्र बुढा विजयी भएका छन्। ३३४ मतदातामध्ये ३१८ मत खसेको र १८ जना अनुपस्थित रहेको निर्वाचन अधिकृत पदमबहादुर शाहीले बताए। उनका अनुसार निर्वाचनमा छात्रा १५२ र छात्र १६६ जनाले मतदान गरेका थिए । अनेरास्ववियुका बुढाले ११४ मत ल्याइ बिजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका जयकृष्ण जैशीले १०५ मत र नेविसंघका खेमराज आचार्यले ८८ मत पाएका थिए ।

त्यस्तै सचिवमा नेविसंघका दत्तराज रावतले ९४ मत ल्याएर जितेका थिए । भने अनेरास्ववियुका नवराज भण्डारीले ८६ मत पाएका थिए । कोषाध्यक्षमा अनेरास्ववियुका विनबहादुर रावतले १०७ मतसहित विजयी भएका छन भने अखिल क्रान्तिकारीका आशिष बुढाले ९५ मत पाए।का छन ।

सदस्यहरूमा नेविसंघका प्रविन बुढ्थापाले १०६, राष्टु थापाले १०३, सुर्जा रावलले ११९, हिमाली धितालले ९७ र अखिल क्रान्तिकारीका टोपबहादुर बोहोराले १०३ मत ल्याएर विजयी भएका छन । त्यस्तै यो चुनावी नतिजाले जुम्ला बहुमुखी क्याम्पसमा विद्यार्थी राजनीति प्रतिस्पर्धात्मक छ भन्ने देखाएको छ।