जुम्लामा नेपाल मोबाईल ब्यवसायी महासंघले बुझायो प्रशासनलाई ध्यानाकर्षण पत्र
जुम्ला ः नेपाल सरकारद्वारा अवैधानिक घोषित पुनः प्रयोग गर्न मिल्ने मोबाइल फोनलाई मर्मत गरी पुनः बिक्री गर्न दिनुपर्ने माग गर्दै नेपाल मोबाइल व्यवसायी महासंघ जुम्लाले प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएको छ। महासंघले भनेको छ कि यदि सरकारद्वारा प्रतिबन्धित पुनः प्रयोग गर्न मिल्ने मोबाइल फोनलाई मर्मत गरी बजारमा ल्याउने अनुमति दिइयो भने उपभोक्ताहरूले सस्तो मूल्यमा गुणस्तरीय फोन पाउन सक्नेछन्। जुम्लाका मोबाइल व्यवसायीहरूले सरकारलाई आफ्नो निर्णय पुनरावलोकन गर्न आग्रह गर्दै वैज्ञानिक र व्यावहारिक नीति बनाउनुपर्ने माग गरेका छन्।
उनीहरुका अनुसार नयां मोबाइल आयातमा बाहिरिने विदेशी मुद्रा स्वदेशमै रहनुका साथै अर्थतन्त्रमा टेवा पुग्नेछ र धेरै युवाहरुलाई रोजगारीको अवसर पनि सिर्जना हुनेछ। अन्तर्राष्ट्रिय रुपमा Amazon, eBay, Alibaba जस्ता इं–कमस प्लेटफर्महरुले Refurbished मोचाइन फोनलाई कानुनी रूपमा बेच्ने गरेका छन। हाम्रो जस्तो विकासोन्मुख राष्ट्रमा यस्ता व्यवसायलाई प्रोत्साहन गर्नुको मट्टा प्रतिबन्ध लगाउनु अनुचित देखिन्छ। यसकारण, आवश्यक प्रक्रियाहरु पुरा गरी न्यूनतम राजन्य दाखिला गर्ने गरी च्भागचदष्कजभम मोवाइल फोन आयातको व्यवस्था मिलाउनु आवश्यक छ ।
यस्ता छन माग हरु
पुरानो मोबाइल फोन खरिद–विक्री प्रक्रियाको सरलीकरण ,उपभोक्ताले प्रयोग गरिरहेको पुरानो मोवाइल फोन विक्री गर्न चाहने अवस्थामा हालको जटिल प्रक्रियालाई सरलीकृत गरिनुपर्छ। बीजक नभएको अवस्थामा पनि आरश्यक कागजातहरुको आधारमा खरिद–विक्री गर्न मिल्ने नीति बनाउन श्रावश्यक देखिन्छ। मोबाइल मर्मत प्राविधिकहरुलाई कानुनी सुरक्षा गरी हाल मोबाइल मर्मत गर्ने प्राविधिकहरुले फोन अनलक गर्दा कानुनी भामेलामा पर्ने गरेका छन ।
नेपालमा ट्याकिड प्रविर्वाध Tracking System नहुँदा सिम कार्ड राख्नका लागि अनलक निवाय हुन सक्छ। यस्तो अवस्थामा, प्रविधिक्रहरुले अननक गरेवापत कानूनी कारवाहीमा पर्नुपर्ने अवस्थाको अन्त्य गरी तिनलाई उचित मुरक्षा प्रदान गरिनुपर्छ । नेपालमा मोइबल फोनको व्यवसाय सुधारको लागि प्रस्तुत युदाहरु महत्वपूर्ण रहेकाले यसलाई सरकारले ल्यान उनीहरुले आगामी निति तथा कार्यक्रममा समावेस गरि व्यवामीयको मागलाई सम्बोधन गरिदुनहुन प्रशासन मार्फत हार्दिक अनरोध गरेका छन।