आत्म निर्भरताको खोजीमा छ कर्णाली: नेत्र बिक्रम चन्द विप्लव
जुम्ला :नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द (विप्लव््््््) सीले कर्णाली आत्मनिर्भताको खोजिमा रहेको बताए ।उनले राज्यवाट कर्णाली अहिले पनि उपेक्षित भएको बताएका हुन ।स्याउ रोप्न जुम्ला पुगेका उनले कर्णालीले आत्मनिर्भरता खोजेको भएपनि राज्यले उपेक्षा गर्दा पछाडि परेको टिप्पणी गरे ।
नेपाल कम्युनिष्ट पार्टीको आयोजनामा जुम्लाको हिमा गाउँपालिकाको ७ वडाको धौलापानीमा आईतवार स्याउ रोपन कार्यक्रमको उद्घाटन गर्न जुम्ला पुगेका थिए ।उनका अनुसार कर्णाली राज्यवाट अहिले पनि पछाडि पारिएको छ ।
यसले आत्मनिर्भरता खोजेको छ ।उनले भने ‘यहाँका डाँडा पाखाहरु अमुल्य छन, । साधन स्रोत साधनकोे जुम्ला धनी छ । उनका अनुसार राज्यको उपेक्षा गरेको छ । सहि दृष्टिकोण गरेको नेतृत्वको खाँचो छ जुम्लालाई । उनले राजनीतिक क्रान्तिलाई आर्थिक क्रान्तिमा नजोडेसम्म देश समृद्ध नहुने बताए ।कृषि उत्पादन बढाई आत्मनिर्भर नेकपाको उद्देश्यका कारण जुम्लामा स्याउ रोप्न पुगेको बताए । हामी आत्मनिर्भर नेता कार्यकर्ता, पार्टी चाहान्छौ, आत्मनिर्भर देश र जनता चाहान्छौ’महासचिव विप्लवले भने, ‘जसका लागि हाम्रो पाटी देशभर उत्पादनमा लागेको छ, ।
त्यसको निरन्तरता अन्तरगत जुम्लामा पनी स्याउ रोपिरहेको छौँ ।
गत वर्ष पनि हामी जुम्लामा स्याउ रोप्न पुगेका थियौ । अहिले पनि रोप्दै छौ ।महासचिव विप्लवले कुनै पनि क्रान्ति आफ्नै उत्पादन विना सफलता नहुदे ठोकुवा छ । नेपालमा समाजवाद ल्याउन उत्पादन क्रन्तिलाई जोड्नै पर्ने पर्छ । उनले कुनै पार्टी र नेताले उत्पादन विनाको क्रान्तिको कुरा गर्छ भने त्यो सफल नहुने टिप्पणी गरे ।उनले ३ बर्षमा पार्टीलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको बताए । महासचिव विप्लवले स्याउ रोप्ने कार्यमा सहयोग गर्ने जुम्लाका जनता प्रति आभार ब्यक्त गरे ।
उनले करिव १३ हजार वर्गमिटर जग्गा सहयोग गर्ने कृष्णकौरा शाही, विरुवा सहयोग गर्ने मंगला विकलाई पार्टीको तर्फबाट हार्दिक धन्यवाद ब्यक्त गरिएको थियो ।महासचिव विप्लवले कुनै पनि नेपालीले राज्यको मुख तोकर वस्न नहुने बताए । उनले हरेक राजनीतिक पार्टीका नेता तथा जनताले समाजवादी क्रान्ति पुरा गर्न आर्थिक क्रान्तिमा योगदान पुर्याउन आग्रह गरे ।
त्यस्तै स्याउँ रोपन कार्यक्रममा नेकपाका महासचिव विप्लव सहित सचिवालय सदस्य सन्तोष वुढामगर, ईन्चार्ज कर्णजित वुढाथोकी (शुसिल), स्कुलिङ विभाग प्रमुख भेसराज भुसाल, स्थायी कमिटि सदस्य भरत वम लगायतका नेताहरुको सहभागिता रहेको छ ।
त्यस्तै स्याउँ रोपन कार्यक्रमले उत्पादनमा जुम्ला र राष्ट्रलाई फरक सन्देस गएको नेकपा जुम्लाका इन्चार्ज विर्ख बहादुर शाही “प्रभाजित”ले जानकारी दिए । उनले हिमा गाउँपालिका ७ धौलापानीमा करिब एक हजार बढी बिरुवा रोपेर भोलि १२ गते विहान कालिकोटको तिलागुफा नगरपालिका फोहीमहादेवमा स्याउ रोप्न जाने कार्यक्रम रहेको बताए ।