जुम्लाका छ हजार पाँच सय ६ जनाले लगाईयो एचपिभि खोप

जुम्ला :जुम्लाका छ हजार पाँच सय ६ जना वालिकालाई पाठेघर विरुद्धको खोप (एच पिभि) लगाईएको छ । गएको माघ २७ गते देखी यही फागुन ७ गते सम्म जिल्लाका विभिन्न खोप केन्द्रमा लगाईएको हो ।

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले सरकारको राष्ट्रिय खोप अभियान अन्तरगत जिल्लाका आठै वटै स्थानीय तहमा लगाएको खोपको प्रतिवेदन अनुसार छ हजार ७ सय ३९ जनालाई लगाउने लक्ष्य अनुसार जुम्लामा छ हजार ५ सय ६ (९६.५४ प्रतिशत) लेखोप लगाएका छन ।

कार्यालय प्रमुख सापकोटका अनुसार कनकासुन्दरी गाउँपालिकामा ८०० जना (१०७.२४ प्रतिशत), सिँजा गाउँपालिका ७ सय १५ जना (१०४.२३ प्रतिशत), तातोपानी गाउँपालिका ६७३ जना (१०२.२८ प्रतिशत), गुठिचौर गाउँपालिकामा ४१५ जना (९७.१९ प्रतिशत), चन्दननाथ नगरपालिका १ हजार ४ सय २७ जना (९७ .०७ प्रतिशत), हिमा गाउँपालिका ८ सय ८ (८२.७ प्रतिशत), पातारासी गाउँपालिका ८०३ जना ८९.८२ प्रतिशत र तिला गाउँपालिकामा ८ ६५ जना ८२.७ प्रतिशत) वालिकालाई खोप लगाईएको छ ।

त्यस्तै जनस्वास्थ्य निरीक्षक प्रेम सोमाईका अनुसार विद्यालयमा अध्ययन गरिरहेका ६ कक्षा देखी १० कक्षामा किश्वरी र विद्यालय वाहिरका १० बर्ष देखी १४ बर्षका किश्वरीलाई खोप लगाईएको छ ।उनले भने जुम्लामा जुम्लाको चन्दननाथ नगरपालिका, गुठिचौर गाउँपालिका, पातारासी गाउँपालिका, तातोपानी गाउँपालिका, तिला गाउँपालिकामा माघ २७ गते देखी शुरु गरिएको र सिंजा क्षेत्रका हिमा गाउँपालिका, सिंजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकामा फागुन १ गतेदेखी खोप लगाईएको थियो ।

खोप अभियान सफल पार्नका लागि ८६ वटा विद्यालयमा खोप केन्द, अन्य हेल्थपोष्ट सहितका क्षेत्रमा आवश्यकता अनुसार र २०० जना स्वास्थ्यकर्मी परिचालन भएका र जनस्वास्थ्य कार्यालयले मापदण्ड अनुसारका सवै किशोरी लाई खोप लगाउन सूचना समेत गरेको थियो ।
जनस्वास्थ्य कार्यालयका अनुसार खोप अभियानमा जुम्लामा १६३ वटा खोप शेसन थिए ।जसमा कक्षा ६ अध्ययनरत १० बर्षका एक हजार तिन सय ३८ जना, ७ कक्षा देखी १० कक्षा, ११ देखी १४ बर्षका पाँच हजार ७७ वालिका तथा किश्वरीलाई खोप लगाईएको छ । चिसोले विद्यालय ढिला लागेका कारण जुम्लामा माघ २७ गतेबाट मात्र खोप अभियान भएको थियो ।

सम्बन्धित समाचार