नेकपाका महासचिव विप्लव सीलाई जुम्लामा स्वागत

जुम्ला । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीलाई जुम्ली जनतले जिल्लाको धाँचुगाउँमा भव्य स्वागत गरेका छन।

पार्टीको आत्मनिर्भर उत्पादन नीति अनुसार स्याउ रोप्न शुक्रवार साँझ धाँचुगाउँ पुगेका महासचिव विप्लव सीलाई जुम्ली जनताले भव्य स्वागत गरेका हुन ।

महासचिव विप्लव सी रोल्पा, रुकुम, दैलेख, कालिकोट हुदै शुक्रवार साँझ धाँचुगाउँ पुगेका छन ।

महासचिव विप्लव सीलाई जुम्ली जनताले वाजा गाजा सहित भव्य स्वागत गरेका छन । महासचिव विप्लवका साथमा नेकपाका स्थायी समिति सदस्य सन्तोष सी, महासचिव विप्लवको जीवनसंगीनी सहितको टिमलाई जुम्ली जनताले भव्य स्वागत गरेको नेकपाले जनाएको छ ।

महासचिव विप्वल सी सहितको टिमलाई वाजा गाजा,हुडके नाच सहित फुलमाला र अविरले न्यानो स्वागत गरेका हुन ।

सर्वहारा श्रमजीवी जनताको नेताको रुपमा परिचित महासचिव विप्लव एकवर्ष अघि मात्र जुम्लाको धाँचुगाउँमा पार्टीको उत्पादन नीति अनुसार स्याउ रोप्न पुगेका बताईएकाे छ । यश अघि उनी सहित सहभागी टिमले हाँडुलेमा स्याउ रोपेको थियो । कृषि उत्पादनमा लागेका सि यतिवेला पनि फेरी स्याउ रोप्न जुम्ला पुगेका छन ।

जुम्ली जनताले फेरी पनि महासचिव विप्लव सहितको टिम आत्मनिर्भर उत्पादनको नीति लिएर फेरी पनि स्याउ रोप्ने योजना सहित जुम्ला पुगेकोमा जुम्ली जनताले खुसीले गदगद हुदै भव्य स्वागत गरेको बताएका छन ।

यो स्वागतले नेकपाको काँधमा नयाँ जिम्मेवारी थपिएको र जुम्ली जनताको क्रातिन्तकारी विचारको पार्टीले सधै सम्मान गर्ने महासचिव विप्लवले बताए  ।

स्वागतपछि संक्षिप्त मन्तव्य दिएका  महासचिव विप्लवले जुम्ली जनतालाई परिवर्तन र पार्टीको उत्पादनको योजनामा साथ दिन अपिल गरे  ।

उनले न्यायनो माया दिएर स्वागत गर्ने जनतालाई विशेष धन्यवाद समेत दिए । महाससचिव विप्लवले शनिवार स्याउ रोप्ने कार्यक्रमसंगै ५ दिन देखि जुम्लामा जारी नेकपाको स्कुलिङ्ग कार्यक्रमको समापन समेत गर्नु हुने छ ।

सम्बन्धित समाचार