जुम्लाको चन्दननाथ नगरपालिकामा लैगिक हिंसा नियन्त्रणका लागी संञ्जाल गठन गरिएको छ । लैंङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन तथा कार्य सञ्चालन विधि, २०७८ को परिच्छेद ३ को दफा १० बमोजिम जगर स्तरीय सञ्जाल गठन गरिएको हो ।
जुम्ला प्रहरीले स्थानीय तहका वडा वडासम्म लैंगिक हिंसा नियन्त्रण सञ्जाल गठन गर्ने थालेको हो। जिल्ला प्रहरी कार्यालय जूम्लाले मिन बहादुर शाहीको संयोजकत्वमा लैंगिक हिंसा नियन्त्रणका सम्बन्धी १९ सदस्य संञ्जाल गठन गरेको छ ।
समाजमा बढ्दै गएका लैंगिक हिंसाका घटनालाई नियन्त्रण प्रहरीले पनि यस अभियानलाई निरन्तरता दिन थालेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । लैंगिक हिंसा नियन्त्रणका लागि सञ्जाल गठन गरी यसका काम कारबाहीलाई थप व्यवस्थित गर्न ‘लैंगिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन तथा कार्यसञ्चालन विधि,२०७५’ समेत जारी प्रहरी प्रधान कार्यालयले यस अघिनै गरिसकेको थियो ।उक्त कार्या विधिमा लैङ्गिक हिंसा नियन्त्रण गर्ने उद्देश्यका साथ प्रत्येक नगरपालिका र गाउँपालिकामा देहायका पदाधिकारी तथा सदस्य रहने गरी नगरपालिका र गाउँपालिका स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन हुने ब्यवस्था छ ।
प्रहरी कार्यालयको राजपत्राङ्कित स्तर वा निज नभएको खण्डमा राजपत्र अनङ्कित प्रथम स्तरको प्रहरी अधिकृत संयोजक,महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र प्रमुख वा सेवा केन्द्र), सरकारी अस्पताल स्वास्थ्य केन्द्र प्रमुख वा निजले तोकेको प्रतिनिधि, ,नगरपालिका वा गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिकसम्बन्धी कार्यक्रम हेर्ने कर्मचारी,सदस्य,वडा स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालका प्रतिनिधिहरू, नागरिक समाजका प्रतिनिधि, स्थानीय महिला अधिकार, मानव अधिकार, बाल अधिकार र जेष्ठ नागरिकसम्बन्धी गैर–सरकारी सङ्घ संस्थाका प्रतिनिधि ,सामुदायिक मेलमिलाप केन्द्रको प्रतिनिधि (भएको अवस्थामा , स्थानीय विद्यालय वा महाविद्यालयका शिक्षक प्रतिनिधि, युवा क्लबका प्रतिनिधि, न्याय क्षेत्रमा कार्यरत महिला प्रतिनिधि, महिला, बालबालिकाको क्षेत्रमा कार्य गरिरहेका महिला सहकारी संस्थाका प्रतिनिधि,लैङ्गिक हिंसा निगरानी समूहका सक्रिय सदस्य रहने ब्यस्था छ ।
सोही अनुसार सोमबार जुम्लामा कार्यक्षेत्र बनाई यस क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाहरुका प्रमुख तथा प्रतिनिधिको सहभागीतामा नगरस्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन भएको छ । यो सञ्जालले समुदाय प्रहरी साझेदारी अवधारणाअन्तर्गत स्थानीय सरकार र सरोकारवाला निकायलाई समेटेर ल्याइएको कार्यक्रमले स्थानीय स्तरको समस्या पहिचान गरी निराकरण गर्न र सुरक्षित वातावरणमा विकास निर्माणका कार्य अगाडी बढाउन सकारात्मक प्रभाव पार्दै उत्साहप्रद वातावरण सिर्जना गर्ने छ ।
त्यस्तै उक्त कार्यक्रममा बोल्दै चन्दननाथ नगरपालिकाका उपमेयर रामदेवी खड्काले यो संञ्जालले लैंगिक हिंसा नियन्त्रण सञ्जाल महत्वपुण भुमिका खेल्ने बताइन । उनका अनुसार हरेका क्षेत्र समेटिएको यो संञ्जालले सकरात्मक प्रभाव पार्ने बताइन ।