माघ २४ गते समाजवादी मोर्चाले काठमाडौँमा वृहत् आमसभा गर्ने

काठमाडौँ । समाजवादी मोर्चाले माघ २४ गते काठमाडौँमा वृहत आमसभा गर्ने भएको छ । नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालय आलोकनगरमा बुधबार बसेको मोर्चाको बैठकले आमसभा गर्ने निर्णय गरेको छ । मंगलबार मोर्चाले विचार गोष्ठि गरेको थियो । लामो समयदेखि निस्क्रिय जस्तै देखिएको मोर्चा पुन सक्रिय हुन थालेको छ ।

यस्तै बैठकले सातै प्रदेशमा ठुला अन्तर्क्रिया गर्ने निर्णय भएको नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले जानकारी दिए ।
यसैगरी चैतको पहिलो हप्ता मधेसमा ठुलो आमसभा गर्ने निर्णय भएको यादवले बताए ।
‘सातै प्रदेशमा अन्तर्क्रिया गर्ने, माघ २४ गते काठमाडौँमा वृहत् आमसभा गर्ने निर्णय गरेको छ । । मधेस प्रदेशमा चैतको पहिलो हप्ता वृहत् आमसभा गर्ने निर्णय भएको छ’, उनले भने ।

यस्तै मधेस प्रदेशको संयोजन गर्ने जिम्मा नेसपालाई दिएको यादवले बताए । बैठकले विचार मिल्ने अन्य पार्टीलाई मोर्चामा ल्याउन अधिकतम पहल गर्ने उनले जानकारी दिए ।

तर समीक्षा अध्ययन कार्यदलले प्रतिवेदन नबुझाएको तर छिट्टै बुझाउने विषयमा छलफल भएको उनको भनाइ छ । आजको बैठकले विप्लवलाई नै संयोजनको जिम्मेवारीमा निरन्तरता दिएको छ ।

पछिल्लो समय समाजवादी मोर्चाप्रति जनआकर्षण बढ्दै गएकाले राष्ट्रिय विकल्पको शक्तिमा उभ्याउनेबारे छलफल भएको उनले जिकिर गरे ।

सम्बन्धित समाचार