जुम्ला : परम्परा र जीवनाशैलीले ढपक्क ढाकेको हाम्रो सामाजिक संरचनामा धेरै सकारात्मक र र नकरात्म पक्षहरु अनि केही कू–संस्कार, अन्धविश्वासको कालो बादल पनि अझै पनी मडारिरहेको पाइन्छ ।हाम्रो सामाजिक पृष्ठभूमिमा ठडिएका त्यस्ता अन्धविश्वासको पर्खाल तोड्न स्थानीय सरकारले पनी खासै सकेको अवस्था छैन ।
पछिल्लो समयमा समाजमा केही शिक्षा र चेतनाको स्तर माथि उठेपनी परम्परागत रूपमा जरो गाडेर बसेका विभिन्न रुप र स्वरूप लिएका रूढिवादी परम्परा र अन्धविश्वासले राज तिउ देखिन्छ ।जसको उदाहरण हो ।तातो पानी गाउँपालिका १ की ३० बर्षिय सुत्केरी आमा र बच्चा दुबैको मृत्यू । तातोपानी गाउँपालिका वडा नम्बर १ बाहिराँका निवासी मुगा शाही र उनले घरमै जन्माएको बच्चाको मृत्यू भएको हो ।
मृर्तक सुत्केरी मुगालाई यही माघ २ गते साँझ ५ बजे बाट सुत्केरी ब्यथाले च्यापेको रहिछ ।उनका माइती पक्षलाई सोही राती नौ बजे खवर गरेको तातोपानी २ डाँगी वाडागाउँ निबासी मृतकका जेठा भाई धिरेन्द्र डाँगीले बताए ।उनले भने,नौ बजे भिनाजु प्रेम शाहीले खवर गरेका थिए म खाना खादै थिए ।म जाने तयारीमा थिए केही छिन पछि भिनाजुले तल्लाका घरका देउताका धामी ल्यायर देउता झारफुक गरेउ सन्चो भइसक्यो भनेपछि हामी सुतिउ ।फेरी बिहानाको ४ बजेतिर भिनाजुले फोन गरेर दिदिलाई सन्चो भएन भनेर खवर गरे ।उनका अनुसार आमा र बाबालाई सुनारगाउका मुल धामी गोगन डाँगीलाई ल्याएर आउनु भनेका थिए ।बाबा आमाले धामी लियर उनी भएको ठाउमा बिहाना ५ बजे पुगेका थिए ।
देउताका धामी लिएर पुग्दा सुत्केरी ब्यथा लागेकी मुगा वेहोस अवस्थामा थिइन ।सुनारगाउँ देउताका धामी गोगनले कानमा फुकेर अस्पताल गल भनेका थिए ।उनीहरुले अस्पताल लिनु भन्दा उल्टै देउताका धामीलाइ बिन्ती बिसाउदै झारफुक गर्न लगाएको मृतक सुत्केरीका भाइ डाँगीले बताए ।उनले भने,‘सुबास शाही नामका धामीले सुत्केरी ब्यथा लागेदेखि झारफुक गर्दै आएका थिए । उनले नसकेको भन्दै ३ गते बिहाना ४ बजे सुनारगाउँका धामीलाई बोलाईएको थियो ।
त्यस्तै तातोपानी गाउँपालिका २ का जगरावतका अनुसार अघिल्लो दिन देखी सुत्केरी ब्यथाले च्यापेको सुत्केरीलाई देवी देउताको भरमा परेर भोली पल्टको साढे ११ बजे अस्पताल वेहोस अवस्था पुगाइएको बताए ।उनका अनुसार तातोपानी एक र दुई वडामा अहिले सम्म अन्ध बिश्वासले जरागाडेको छ । देवी देउताको अन्धबिश्वास र घरपरिवारको लाहप्रभाहीले आमा र बच्चा दुवैको मृत्यु भएको बताए ।
त्यस्तै स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका अनुसार यहि माघ ३ गते घरबाटै वेहोस अस्पतालमा ल्याइएको थियो ।सुत्केरी आमाको सुरुवाल भित्रै मरेको बच्चा थियो। सुत्केरी अचेत अवस्थामा भएकाले अस्पताल पुगाउन बितिकै आईसियूमा राखिएको थियो । बिहिवार विहान ८ बजे सुत्केरीमा मृत्यू भएको हो ।प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ डाक्टर कविता शाहका अनुसार गत माघ ३ गते ११ः२४ बजे वेहोस अवस्थामा पुगेकी उनलाइउनलाई भेन्टिलेरमा राखिएको थियो ।उनका अनुसार शाहीलाई अस्पतालमा ल्याउदा सुत्केरीले लगाएको सुरुवालमै बच्चा मृर्तक थियो ।उनले भनिन,‘आमाको अवस्था गम्भिर देखेपछि२,३ मिनेटमै आईसियूको भेन्टिलेटरमा उपचार शुरु गरेका थयौ ।
त्यस्तै तातोपानी गाउँपालिका एक की महिला स्वयमसेवीका छुम्कली सार्कीले आफुलाई माघ ३ गते बिहाना ९ बजे तिर मुगा शाही बिरामी भएको भन्दै गाउँका एक जना स्टेचर माग्न आएको बताइन । उनले आफुले स्टेचर च्यातिएको र मुगालाई छिटो अस्पताल लिन सल्लाह दिन तत्काल उनको घर गएको बताइन ।उनका अनुसार म सुत्केरी मुगाको घर पुग्दा उनी वेहोस अवस्थामा थिइन ।तर बच्चाको आधा भाग निस्केको थियो । मैले घरपरिवारलाई यस्ता अवस्था हुन्जेल सम्म अस्पताल नलिएको भन्दै गाली गरे ।केके गर्दै दश बजी सकेको थियो ।
मैले अटो बोलाएर आफै अस्पताल सम्म लिएकी हुँ । उनले भनिन,मृर्तकको सूरुको बच्चा छोरा जन्मेर मरेको थियो ।त्यस पछि दोस्रो सन्तान ८ वर्षकी छोरी छन। उनको यो आमा संगै मरेकी छोरी तेस्रो सन्तान हुन । उनले घरपरिवारले समयमै अस्पताल नलिएका कारण सुत्केरी र बच्चाको दुबैको ज्यान गएको छ ।
त्यस्तै तातोपानी गाउपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईका अनुसार गाउँपालिकामा यो बिषयमा जानकारी नै नभएको बताए ।उनले प्रहरी र हाम्रो समन्वयमा एम्बुलेन्स लगायतका महत्वपुण फोन राखिएको छ ।तर हामीलाई यो बिषयमा कुनै जानकारी गराएका छैनन ।देवी देउताको भरमा सुत्केरीको ज्यान जानु दुखत कुरा हो ।
गाउँपालिकामा एम्बुलेन्स स्टेन्ट अवस्थामा छन्,मलाई खबरै नआई एक्कासी मृत्यूको खबर सुनेको छु। यस बिषमा आगामी दिनमा पालिका गर्ने सचेतनाका कार्याक्रम गर्ने बताए ।यसरी अन्धविश्वासको जालोले जेलिएको समाजमा अन्धविश्वासको अन्त्य नहुञ्जेलसम्म यस्ता खालका घटना घटिलिने देखिन्छ ।
हाम्रो देशको मूल कानुन संविधानमा माथि उल्लेखित मानवताविरोधी अपराधलाई दण्डनीय माने तापनि कानुनको आँखा छलेर र अज्ञानताको पराकाष्ठाका रूपमा हुने यस्ता अन्धविश्वास र अमानवीय कार्यबाट हाम्रो समाज समय–समयमा थलिएको तीतो–सत्य जगजाहेर छ।