जुम्ला :जुम्लामा कर्णालीका आठ जिल्लाका कृषि अधिकृत तथा कृषि प्राविधिकलाई स्याउको बगैँचा व्यवस्थापन सम्बन्धी तालिम दिईएको छ ।स्याउको बगैँचा काँटछाँट गर्ने,कलामी गर्ने बोट व्यवस्थापन गर्ने लगायतका बिषयमा तिन दिने ब्यवस्थापन सम्बन्धी तालिम दिईएको हो ।
कर्णालीको हुम्ला , मुगु कालिकोट ,डोल्पा ,सुर्खेत र जुम्ला लगायतका गरी ३३ जना कृषि अधिकृत तथा कृषि प्राविधिकिलाई स्याउको बगैँचा व्यवस्थापन सम्बन्धी तालिम आयोजना गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजनामा व्यवस्थापन एकाइ, खुमलटार ललितपुर, परियोजना कार्यान्वयन एकाइ जुम्लाका प्रमुख खेम बहादुर शाहीले बताए ।उनले छोटो समयमा किसानको समस्यालाई समाधान गर्नका लागी स्याउको बगैंचा बगैँचा काँटछाँट गर्ने समय अगाबै कृषि अधिकृत तथा कृषि प्राविधिकलाई तालिम दिईएको हो । उनका अनुसार तालिममा शितोष्ण बागवानी विकास केन्द्र मार्फा,मुस्ताङ्गका बागवानी विकास अधिकृत मद्मनाथ आत्रेय, परियोजना कार्यान्वयन एकाइ सुर्खेतका बरिष्ठ कृषि विकास अधिकृत डा.लक्ष्मी नारायण दास,परियोजना कार्यान्वयन एकाइ खुमलटार,ललितपुर बरिष्ठ कृषि अधिकृत दिनेश प्रसाद सापकोटाले लगायतको बिज्ञ टोलीले सहभागीलाई प्रशिक्षण दिएका थिए ।उनले भने,‘हुम्ला, डोल्पा ,कालिकोट ,सुर्खेत जुम्ला लगायतका आठ वटा जिल्लाका सहभागी थिए ।उनले जुम्लामै संघियता पछि पहिलो पटक यस्तो तालिम भएकाले जुम्लाका आठ वटै तहका सहभागी गराईको थियो । उनका अनुसार जुम्लामा स्याउ खेति ५२ हेक्टर क्षेत्रफलमा भईरहेको छ ।
त्यस्तै सहभागीको तर्फबाट बोल्दै डोल्पाका कृषि अधिकृत गोबिन्द बहादुर मल्लले यो तालिम आफ्नो लागी महत्वपुण रहेको बताए ।उनले हामी पढेर आयौँ यसरी बगैंचामा गएर अभ्यास गरेका थिएनौँ । यस पटक जुम्लामा भएको तिन दिने तालिमले स्याउको बोटमै गएर तालिम गर्न पाउदा उत्साहित भएको बताए । उनलेआफुले सिकेको सिपले स्याउ किसानका लागी दिने थप ज्ञान प्रप्त भएको बताए ।उनले भने,’स्याउको बिरुवा काँटछाट,रोक किराको ब्यवस्थापन गर्ने ओखर कलमी र स्याउ कलमी कसरी गर्ने भन्ने कुराको जान मिलेको छ ।
त्यस्तै कृषि अनुसन्धान केन्द्र जुम्लाका प्रमुख डाक्टर नवराज आर्चायले स्याउ गुणस्तर बढाउनका लागी बगैंचा ब्यस्थापनमा ध्यान निकै आबश्यक छ । उनले कालिकोट,मुगु,हुम्ला,डोल्पा,अछाम,दार्चुला ,जुम्ला र सुर्खेतका गरी ३३ जना कृषि अधिकृत तथा कृषि प्राविधिकका सहभागी रहेको यो तालिमले कृषि क्षेत्रमा केही सुधार हुने बिश्वास ब्यक्त गरे।
त्यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ काठमाण्डौँ खुमलटार, ललितपुरका बरिष्ठ कृषि अधिकृत दिनेश प्रसाद सापकोटाका अनुसार जुम्ला मात्रै नभइ कर्णाली स्याउमा आत्म निर्भर हुने सम्भावना बोकेका प्रदेश भएको बताए । उनले परम्परागत रुपमा रहेका स्याउको र फुजिजातको स्याउको बगैँचा व्यवस्थापनको बारेमा तालिम दिइएको बताए । उनले सबै किसानमा ज्ञान नहुँदा किसानको लगानी अनुसारका उत्पादन भएको पाइदैन ।उनका अनुसार स्याउको उत्पादनमा ह्रस आउन नदिनका लागी ज्ञानको आबश्यक छ ।उनका अनुसार जुम्लामा अर्गानिक जिल्ला घोषणा भएको भन्ने छ । नयाँ जातको स्याउमा पोषणको लागी पनी बिषादी चाहिन्छ ।यहाका किसानले पुकेर बिषादी प्रयोग गर्दछन ।तर कसरी प्रयोग गर्ने भन्ने बिषयमा ज्ञान छैन ।
त्यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन एकाइ,काठमाण्डौँ खुमलटार ललितपुर, परियोजना कार्यान्वयन एकाइ समन्वय,सुर्खेत र परियोजना कार्यान्वयन एकाइ,जुम्लाको संयुक्त आयोजनामामा स्याउ बगैँचा व्यवस्थापन सम्बन्धी तालिम संचालन गरिएको हो ।