जुम्ला:चन्दननाथ नगरपालिका जुम्लाको आयोजनामा आग लागी सम्बन्धी कृत्तिम अभ्यास गरिएको छ। मंगलबार बिपद ब्यस्थापन समिती,नेपाली सेना,सशस्त्र प्रहरी नेपाल प्रहरी र नेपाल रेडक्रस जुम्लाको समन्यमा कृतिम भ्यास को डेमो प्रदर्शन गरेका हुन ।
जुम्लाको टुँडिखेल मैदानमा ग्यासबाट भान्सामा हुने आग्लागी,घरमा,शरिरमा र वनजंगलमा हुने आग्लागी न्युनिकरण सम्बन्धी,डेमो प्रदर्शन गरिएको प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले जानकारी दिए। उनका अनुसार कृत्रिम भए पनि घटनालाई वास्तविकजस्तै बनाइएको बताए।टुँडिखेलमा आगलागीको कृत्तिम घटना गराई नियन्त्रणका लागि पूर्वअभ्यास गरिएको हो। हावाहुरीको र सुख्खा समय आगलागीका घटना भइरहने हुँदा यसबाट बच्ने उपाय सहित पूर्व अभ्यास गरिएको चन्दननाथ नगरपालिकाका बिपद शाखाका प्रमुख लक्ष्मी चन्द्र न्यौपानेले बताए ।उनले जुम्लामा आग्लागीको बढी जोखिम भएकाले कृतिम घटनामा तीनवटै सुरक्षा निकाय र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रण,उद्धार तथा घाइतेहरुको उपचारको व्यवस्था गरिएको हो ।
घटना नदोहो¥याउन तथा भइहाले घटनालाई कमभन्दा कम क्षतिमा न्यूनीकरण गर्न, सुरक्षाकर्मीसँग भएका आवश्यक सरसमान परिचालन गर्ने, अपुग तथा नपुगेका सरसमानको व्यवस्थापन गर्ने पूर्वतयारीका लागि जिल्लाका सुरक्षा निकायले पूर्वअभ्यास कार्यक्रम गरेको हो।उक्त कृतिम अभ्यासमा नगरपालिका प्रमुख जिल्ला,सुरक्षा निकायका प्रमुख,रेडक्रसको टिम, पत्रकार, विद्यार्थीलगायतको स्थानीयको सहभागिता थियो।