जुम्ला :नेपाल सरकारले सबैका लागि निःशुल्क शिक्षा भने तापनि जुम्ला जिल्लाको एक सामुदायिक विद्यालयले भने बिद्यार्थीबाट चर्को शुल्क लिने गरेका पाइएको छ।तातोपानी गाउँपालिका ४मा रहेको नेत्र ज्योती माबि हाँकुले गुठीचौर १ मा रहेको खड्ग देवी माबि मणिसाँघुका नियमित रुपमा कक्षा नौमा अध्यायनरत्त १३ जना बिद्यार्थीबाट एक जनाको ५ हजारका दरले एसईई परीक्षा फारम भरिदिने भन्दै शुल्क लिएको हो ।
कक्षा १ देखि १२ सम्म नेपाल सरकारले निःशुल्क शिक्षा भने पनि सो बिद्यालयले गैरकानुनी रुपमा गत्त वर्ष कक्षा आठ पास गरेका नौमा अध्यायनरत्त बिद्यार्थीलाई एस ईईको परिक्षा दिन पाइन्छ भन्दै चर्को रकम असुलेको बिद्यार्थीहरुले बताएका छन।
खड्ग देवी माबि मणिसाँघुका कक्षा नौका बिद्यार्थी जुनमाया रोकायाका अनुसार तातोपानी ६ वडामा रहेको कालिका आधारभुत बिद्यालय हियाँखोला जुम्लामा कार्यारत्त शिक्षक रमेश न्यौपानेले कक्षा नौमा नियमित पढ्दै गरेका बिद्यार्थीले आगामी चैत्तमा हुने एस ईई परिक्षा दिन पाउने भन्दै हामीबाट परीक्षा फारमको लागी ५ हजारका दरले पैसा लिएको बताइन ।उनले भनिन,‘हामी १३ जना बिद्यार्थीबाट ५हजारका दरले २०८१ चैत्त ७ गतेबाट हुने संञ्चालन हुने एसईईको परीक्षाको फारम भर्ने भन्दै हाम्रा अभिभावक बाट पैसा लिएका थिए ।उनले भनिन,‘हामीले एस ईई दिने भनेर जुम्ला बजारमा कोठा भाडामा लिइ एसईईको लागी ट्युसन समेत पढेका छौँ ।अहिले हामीलाई सम्बन्धीत बिद्यालयले कक्षा नौमा अध्यायनरत्त बिद्यार्थीले एस ईई दिन नपाउने भने पछि हाम्रो पैसा फिर्ता गर्न माग गरेका छौँ ।
हाम्रो अभिभावक बाट पैसा बुझ्ने रमेश न्यौपाने सरलाई फोन मार्फत पैसा फिर्ता माग्दा फिर्ता नहुने बताएका छन । एक वर्ष अगाडी एस ईई पास गर्ने प्रलोभन देखाई लिएको पैसा फिर्ता गरिदिन माग गर्दै शिक्षा बिकास तथा समन्वय ईएकाइमा १३ जना बिद्यर्थाी पुगेको रोकायाले बताईन।
त्यस्तै खड्ग देवी माबि मणिसाँघुका कक्षा नौमा अध्यायनरत्त बिद्यर्थीहरु सुरेन्द्र बुढा ,सुशिल बोहोरा,सुनिल बोहोरा ,आन्नद बस्ने ,रबिन्द बस्नेत ,शन्त बुढा,रामछाया बाहोरा,जुनमाया रोकाया ,जनुदेवी बोहोरा ,सपना बस्नेत ,जुनतारा रोकाया ,निरुता बोहोरा,निशा बोहोराको गरी १३ जनाका अभिभावकले ५हजारका दरले ६५ हजार रुपैया दिएका थिए ।
त्यस्तै जुनतारा रोकायाका बाबा हरिकृष्ण रोकायाका अनुसार गत्त वर्ष पनी खड्ग देवी माबि मणिसाँघुका कक्षा नौका बिद्यार्थीले एस ईई परीक्षा तातोपानी ४ मा रहेको नेत्र ज्योती मावि हाँकुबाट परीक्षा दिएर पास भएका थिए ।हामीले पनी यस पटक काक्षा नौमा पढ्ने हाम्रो छोरी जुनमाया रोकाया सहित निरुता बोहोरा ,जनुदेवी बोहोरा,रामछाया बाहोरा, र जुनतारा रोकायाको गरी २५ हजार मैलै आफै यस अघि तातोपानी गाउँपालिकाका शिक्षा शाखामा कार्यरत्त शिक्षक रमेश न्यौपानेलाई दिएको हुँ ।उनका अनुसार न्यौपाने कुन बिद्यालयका शिक्षक हुन थाहा छैन ।तर पैसा उनले मागेका हुन।हामीलाई यो कानुन बिपरित हो भन्ने थाहा भएन ।तर अहिले न परीक्षा दिन पाउने भए न पैसानै फिर्ता गरेका छन ।
त्यस्तै खड्ग देवी माबि मणिसाँघुकाका प्रधानाध्यापक राम प्रसाद थकालीका अनुसार नियमित कक्षा नौमा पढ्ने बिद्यार्थीले एसईई दिने कूरा नियममा नमिल्ने कुरा हो ।उनले भने,‘गत्त साल पनी प्रधानाध्यापक बिष्णु भक्त शर्माको पालामा कक्षा नौकै केही बिद्यार्थीले नेत्र ज्योतीमाबि हाँकुबाट एसईई दिएको भन्ने कुरा थाहा भएको थियो ।
यस पटक खड्ग देवी माबि मणिसाँघुमा बिद्यालयमा ४४ जना बिद्यार्थी नियमित रुपमा कक्षा नौमा पढ्ने हुन ।तर रजिष्टेशन फारम भर्न जम्म २५ जना आएका थिए।बिद्यार्थी कहाँ गए भनेर खाजी गर्दा नेत्र ज्योती मावि काँहुबाट एसईई परीक्षा दिन मिल्छ भन्दै पैसा मागर लगेको थाहा पाएको हुँ ।म प्रधानाध्यापकको हिसाबले मैले शिक्षा बिकास तथा समन्वय एकाईमा जानकारी दिएको थिए।
त्यस्तै नियमति रुपमा नौ कक्षामा पढ्दै गरेका बिद्यार्थी एसईई दिन पाउने प्रलोभनमा परेर पाँच सय रुपैया लाग्ने ठाउमा ५ हजार तिरेका थिए ।बिद्यार्थीले जनुदेवी बोहोराले भनिन, हामी पढ्ने स्कुलमा गत्त वर्ष नौ कक्षा पढ् केही बिद्यार्थीले माध्यमिक परीक्षा एसईई दिइका थिए ।यस पटक हामीलाई पनी फारम लगाउनु भने पछि हामीले हाम्रा अभिभावकलाई पैसा दिन लगाएका हौँ ।स्कुलमा पढाउने शिक्षक रमेश न्यौपानेले हामीलाई भने पनी नियम बिपरीत हो भन्ने कुरा थाहा थिएन।
त्यस्तै शुक्रबार नियमति रुपमा नौ कक्षामा पढ्दै गरेका बिद्यार्थीहरुले एसईई दिन पाउने प्रलोभनमा पारेर नेत्रज्योती माविले चर्को रकम असुलेको भन्दै शिक्षा बिकास तथा समन्वय ईएकाइको कार्यालयमा पुगेका थिए।
त्यस्तै शिक्षा बिकास तथा समन्वय ईएकाइको कार्यालयमा प्रमुख रमेश बहादुर मल्लले नौ कक्षा पढ्दै गरेका बिद्याथीलाई एस ईई दिन मिल्ने कुरा नियक संवत नभएको बताए। उनले कुनै पनी बाहनामा बिद्याथीबाट लिएको पैसा फिर्ता हुने बताए । उनका अनुसार कक्षा १देखि १२ सम्म नेपाल सरकारले निःशुल्क शिक्षा भनेको छ ।उनले नेत्र ज्योती मावि हाँकुले गत्त वर्ष र यस वर्ष नियमित रुपमा नौमा पढ्दै गरेको बिद्यार्थीलाई एसईई दिन लागाएको गुनासो आएको बताए ।उनका अनुसार सम्बन्धी बिद्यालयका प्रधानाध्यापकलाई यस्तो कार्य नगर्न र नगराउन भनि निर्देशन दिइएको छ ।
त्यस्तै तातोपानी ६ कालिका आधारभुत्त बिद्यालयका शिक्षक रमेश न्यौपानेले आफुले नेत्र ज्योती मावि हाँकुका प्रधानाध्यापक जाज्वल्य राज न्यौपानेको सम्पर्कमा बिद्यार्थी पुगाएको बताए ।उनले बिद्यार्थीका अभिभावक बाट कुनै पैसा नलिएको बताए ।उनले आफु जिल्ला बाहिर रहेको बताए ।उनले श्रीमती बिरामी भएकाले काठमाण्डौँमा उपचार गरी रहेको छु। उनले आफुले शिक्षकको नाताले फारम भर्न सहयोग गरेको बताए ।उनले सबै पैसा बिद्यालयलाई दिएको बताए ।उनले पाँच सय रुपैया लाग्ने ठाउमा ५ हाजार किन माग्नु भयो भन्ने प्रश्नमा ।बिद्यालयको लेखापाल दिपक पाण्डेले भने अनुसार मैले पैसा मागेको हुँ। मैले एक रुपैया पनी खाएको छैन । बिद्यार्थीबाट लिएको पैसा बिद्यालयले भोली नै फिर्ता गर्ने बताए ।
यता नेत्र ज्योती मावि हाँकुका प्रधानाध्यापक जाज्वल्य राज न्यौपानेले शिक्षक रमेश न्यौपाने चन्द्रलाल बहोराको मिलोमतोमा यस्तो कार्य गरेको बताए ।उनले गत्त साल पनी कता बाट छ सात वटा वटा बच्चा ल्याएको रहेक छन ।तर यसमा मेरो कुनै हात छैन ।
रमेश न्यौपाने र चन्द्रलाल बहोराको कारण हाम्रो नेत्रज्योती माबि हाँकुको बदनाम भएको छ । उनले भने,यसरी बिद्यार्थीबाट असुलेको पैसा तत्काल फिर्ता गर्ने बताए ।उनले एसईईको परीक्षाको लागी पाँच सय बाहेक अरु शुल्क लिन पाईदैन ।उनले बिद्यार्थीले तत्काल पैसा पाउँछन ।
बिद्यार्थीबाट उठाएको पैसा बिद्यालयमा आएको छैन ।उनले फोन मार्फत यस्तो गैर जिम्मेवर जफाव दिए पनि ,नियमित रुपमा कक्षा नौमा पढी रहेका खड्ग देवी माबि मणिसाँघुकाका १३ जना बिद्यार्थीको एसईईको फारम आफैले शिक्षा बिकास तथा समन्वय इकाईमा पठाएको स्वीकारेका छन ।
जुम्लाका केही सामुदायिक विद्यालयले चर्कोे शुल्क लिने गरेको अभिभावकबाट गुनासो आए पनि शुल्क लिने विद्यालयलाई हालसम्म पनि कारवाही हुन सकेको छैन ।विद्यार्थीबाट अनावश्यक रुपमा गैरकानूनी ढङ्गले भर्ना शुल्क असुल्ने गरेको भएपनी यहाका सरोकारवाला निकाय मौन छन ।