सल्यानका किसानको बारीमा बगैँचा सुधार तालिम

सल्यान: किसानकै बारीमा १ दिने सुन्तला जातको फलफुल बगैंचा सुधार तालिम सम्पन्न भएको छ। कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि बिकास कार्यालय सल्यानको आयोजना तथा २ नं वडा कार्यालयको व्यवस्थापनमा किसानकै बारीमा १ दिने सुन्तला जात फलफुल बगैंचा सुधार तालिम सम्पन्न भएको हो।
छत्रेश्वरी २ नं वडालाई २०७४ सालमा कर्णाली प्रदेश सरकार र छत्रेश्वरी गाउँपालिकाले सुन्तला पकेट क्षेत्र घोषणा गरे सगै वडाका ७ सय घर धुरी किसानहरु नगदे बाली खेती अन्तर्गत व्यवसायीक सुन्तला खेती गर्दै आएका छन।
पछिल्लो पटक सुन्तला जात फलफूलमा कालो ध्वासे रोगले किसानको पाकेको फलमा असर गरि आम्दानी हुने बोट सुक्ने र फल पात झर्ने समस्या भएको किसानहरुले बताएका छन । किसानले पटक पटक वडा कार्यालयमा गुनासो गरेको र वडाले कृषि बिकास कार्यालय संग किसानको समस्याबारे जानकारी गरेकोले थियो । सुन्तला जात व्यवस्थापन तालिममा वडाका ५० जना कृषकहरुको सहभागीता बिरुवा काटछाट, मल ब्यवस्थापन, रोगकिराको पहिचान, जैबिक बिषादी बनाउने तरिका र प्रयोग सम्बन्धिका बिषयमा जानकारी दिएको हो ।
किसानकै बारीमा कृषि विकास कार्यालय सल्यानबाट किसानको समस्यामा समाधानका लागी बारीमै ब्यबहारिक ज्ञान सीप सहितको तालिम प्राप्त गरेका हुन । परम्परागत बिधि बाट ज्ञान सिपमा आधारित भएर सुन्तला बगैचा ब्यबस्थापनमा थप जानकारी प्राप्त हुँदा थप उत्साहित भएको सहभागी टिकाराम बुढाले बताए । उनका अनुसार पहिले सुन्तला उत्पादन राम्रो भएको र अहिले उत्पादन ह्रास आएको छ ।

किसानलाई ज्ञान,सीप र प्राविधिक ज्ञानमा आधारित तालिम नहुँदा सुन्तलामा मल ब्यबस्थापन, बिषादी प्रयोगको तालमेल नहुँदा सुन्तला बगैंचा ब्यबस्थापन थप चुनौतीको छ । उनीहरुलाई आधारभुत्त तालिमबाट कुरा थाहा भएकोले किसानलाई सहभागीतामा आधारित तालिम र प्राबिधिक सहयोग गर्न सके बगैंचा सुधार हुने छ ।

आधारभूत कुराको जानकारी प्राप्त गरेका छौ कम्तीमा ६ महिनाको लागि कृषि पाठशाला सञ्चालनको लागि पहल गर्न सके किसानलाई पटकपटक अभिमुखिकरणको आवश्यकता नहुने प्रेम बहादुुर खडका प्रभातले बताए । ब्यबहारिक रुपमा किसानको सहभागीतामा आधारित प्रयोगात्मक बिधि द्वारा किसानलाई बिरुवामा मलको प्रयोग, बोडेपेस्ट बनाउने र प्रयोग गर्ने,काटछाँट गर्ने, जैबिक बिषादी निर्माण र प्रयोग,सम्बन्धि तालिम दिइएको बाली संरक्षण अधिकृत, सन्तोष भारतीले बताए ।

सम्बन्धित समाचार