प्यालेस्टाइन माथिको आक्रमण रोक्न माग गर्दै जुम्लामा पनी हस्ताक्षर अभियान सूरु


जुम्ला : प्यालेस्टाइनहरू माथि इजरायलबाट भइरहेको जनसंहार विरुद्ध जुम्लामा पनी हस्ताक्षर  अभियान सूरु भएको छ । नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी सहितका दलको संयूक्त रुपमा हस्ताक्षर अभियान जुम्ला बाट पनी सूरु गरेका हुन ।

बिहिबार बाट प्यालेस्टाइन माथि इजरायली जनसंहारका विरुद्ध यस्तो अभियान सूरु गरको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नवराज न्यौपाने बताए । उनले यो अभियान एक महिना सम्म चल्ने बताए । उनका अनुसार नेकपा माओवादी केन्द्र ,एकिकृत समाजवादी सहितका दलको संयूक्त रुपमा हस्ताक्षर अभियान गरेका हौँ । उनका उनले भने, हस्ताक्षर अभियानका लागि केन्द्रबाट सर्कुलर भएको थियो।

केन्द्रीय सर्कुलर अनुसार संयूक्त अभियानले विभिन्न प्रदेशमा विभिन्न दलको नेतृत्वको जिम्मेवारी दिएकोमा कर्णाली प्रदेश माओवादी केन्द्रको नेतृत्वमा हस्ताक्षर अभियान चलिरहेको जानकारी दिए ईजरायल– प्यालेस्टाइनहरू माथि भएको यूद्धले लामो समय देखी मानिहरुको ज्यान गईरहेको छ ।

मानवताविरुद्धको अपराध तत्काल रोक्न दबाब दिने उद्देश्यले सुरू भएको संयुक्त हस्ताक्षर अभियानलाई देशव्यापी बनाइएको माओवादी नेताहरू बताउँछन् ।यो अभियानलाई माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनता सामाजवादी पार्टी नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा लगायतको समर्थन रहेको छ ।

सम्बन्धित समाचार