जुम्ला : जिल्ला प्रहरी कार्यालय जुम्लाले नागरिक सुनुवाई कार्याक्रम गरेको छ । प्रहरी दिने सेवाको बिषयमा नागरिकका गुनासो सुन्न गाउँका भेगमा गयर नागरिक सुनुवाई कार्याक्रम गरिएको हो । जुम्ला प्रहरीले पातारासी गाउँपालिकाका लासीमा नागरिक सुनुवाई कार्याक्रमले प्रहरी र नागरिक बिच सुमधुर सम्बन्ध स्थापित हुने बताइएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले जुम्लामा रहेका प्रहरी युनिटलाई समेत लिएर गाउँमा पुग्न सुरु गरेको देखिन्छ ।
कार्यक्रममा स्थानीय नागरिकसँगका गुनासो सुन्ने, समुदायका समस्या र प्रहरीले गर्नुपर्ने दायित्वको सन्दर्भमा प्रस्तुतीकरण गरिएको प्रहरी नायब उपरिक्षक छेदीलाल कामतीले बताए ।उनका अनुसार जिल्ला प्रशासन ,ट्राफिक प्रहरी,जिल्ला सरकारी वकिल कार्यालय संयुक्त रूपमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेका हो।
प्रहरी नायब उपरिक्षक कामतीकाले लागुऔषध दुव्र्यसनी,घरेलु हिंसा,बाल यौन दुब्र्यवहार,आत्महत्या दुरुत्साहन,जवरजस्ती करणी,साइवर अपराध,डाँका चोरी,अभद्र ब्यवहार लगायतका मुद्दाको बिषयमा जानकारी दिएका थिए । उनले कार्यक्रमले सेवाग्राही र सेवा प्रदायक संस्थाबिचको प्रत्यक्ष सम्बन्ध स्थापना हुने र सुशासन,पारदर्शिता र जवाफदेहिता बोध हुने बताए ।
पछिल्लो समयमा प्रहरीले हिरासतमा बस्नेका लागी मेसको ब्यवस्था,सेवा लिन आउने पीडितहरुको सावारी पर्किङ स्थाल निमार्ण,महिला सेलमा बाल मत्रै कक्ष र स्थापान कक्ष स्थापना गरिएको जानकारी दिए।उनले सुरक्षित समाजका निमित्त समुदायबाट आफुले सामुदायिक गस्तिमा प्रहरी सँग समुदायको सहकार्य, घटनाको समयमै जानकारी,मदिराजन्य पदार्थको बिक्री वितरणमा निश्चित एरिया तोकिनुपर्ने बिषयमा सहयोग गर्न अनुरोध गरे ।
त्यस्तै जिल्ला प्रशासन कर्यालय जुम्लाका अधिकृत टोप बहादुर खत्रीले,युवाहरूमा लागुऔषध दुव्र्यसनीको सङ्ख्या बढ्दै चिन्ता व्यक्त गरे । उनले प्रशासनबाट दिइने सेवा प्रभाबकारी बनाउन लागी परेको बताए ।
त्यस्तै पातारासी गाउँपालिकाका अध्यक्ष पुण सिहं बोहोराले सडकको अवस्था र यात्रुको चापले गर्दा सवारी दुर्घटनाको जोखिम बढेको बताए । उनले युवायुवतीहरु बिकृती बिसंगती तर्फ लागेकाले सबै मिली सचेतना अभियान सञ्चालन गर्नु पर्ने बताए । उनका अनुसार सुरक्षित समाजका निमित्त मदिरा नियन्त्रण गर्ने सवालमा आवश्यक योजना बनाई चलाउनुपर्ने उनको भनाई छ ।