जुम्लामा पृथ्वी जयन्ती : पृथ्वीनारायण शाहको व्यानरको छेउमा दुर्गा प्रसाईको तस्बिर किन?


जुम्ला:जुम्लामा पृथ्वी जयन्ती मनाईएको छ।पृथ्वीनारायण शाहको व्यानरको छेउमा दुर्गा प्रसाईको तस्बिर राखिएको छ।शाह आधुनिक नेपालका निर्माताको योगदानको सम्मानमा मनाइएको पाइन्छ । तर यस पटक जुम्लामा दुर्गा प्रसाईको फोटो राखेर मनाउँदा पृथ्वी जयन्तीको गलत अर्थ लाग्ने यहाका स्थानीयले बताए ।नेपाल एकीकरण अभियानलाई महत्वपूर्ण उपलब्धिमा पु¥याउका पृथ्वीनारायण शाहको जन्म उत्सवको अवसरमा प्रसाईको तस्बिर राखेका कारण सबैले मुकामुख गरेका थिए । पृथ्वीनारायण शाह एउटा शासन  चलाएका ब्यक्ती संग प्रसाइको तुलना गर्नु शाहलाई छायामा पार्नु हो । राष्ट्र राष्ट्रियता धर्म सस्कृति तथा नागरिक बचाउ महाअभियान नेपाल जिल्ला कार्यसमिति जुम्लाको आयोजनामा जुम्लामा र्याली सहित कोणसभा गरेर कार्यक्रम गरेको थियो ।

त्यस्तै राप्रपा जुम्लाका बरिष्ठ उपाध्यक्ष कालिबहादुर महतले पृथ्वीनारायण शाहले देश एकतामा पुर्याएको योगदान अमुल्य रहेको बताए।उनले पृथ्वी नारायण शाहको घुस दिने र खाने दुवै देशका सत्रु हुन दिब्योपदेशले शुसासन दर्शाएको थियो ।

त्यस्तै राप्रपाका जिल्ला नेता पूर्णसिंह कठायतले एकिकरणको क्रममा जुम्ला नास गरिएको नराम्रो भएपनि पृथ्वीनारायण शाहले गरेको काम सम्झना लाएक भएको बताए । पृथ्वीनारायण शाहको “नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी हो“ भन्ने कथनले विविधता र एकताको महत्वलाई झल्काएको सम्झनामा राष्ट्रिय एकताको प्रतीकका रूपमा दिवस मनाइन्छ।

सम्बन्धित समाचार