जुम्ला :भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा पर्ने जोसिमेट बाट घर आउने भनि आएका जुम्लाका दुई युवा बेपत्ता भएका छन । चन्दननाथ नगरपालिका १कुलालवाडाका बिकास कुलाला र हरिबहादुर कुलाला दुई जना गत्त मंसिर २५ गते भारतको जैसिमेट बाट घर फर्कदै गरेका हाल सम्मा बेपत्ता भएका हुन ।
अन्जानी ३५वर्षका हरि बहादुर कुलाला र २५ वर्षका बिकास कुलाला गत्त मंसिर २० गते जुम्लाबाट चन्दननाथ नगरपालिका १कुलालवाडाकै कासिराम कुलाल संग यात्रा गरेर नेपालगञ्ज पुगेका थिए। कासिरामले भारतको जोसिमेटमा राम्रो काममा लगाइदिने भनेर लिएका थिए ।
त्यस पछि उनीहरु २२ गते भारतको जैसिमेट भन्ने ठाउँमा पुगेको फोन मार्फत कासिरामले जाकारी दिएको बिकासकी आमा उजेली कुलालले बताइन ।उनका अनुसार त्यसको भोली पल्ट २३ गते मेरा छोरा बिकास कुलाला बिरामी भएको खवर कासिरामले गरे । फेरी २४ गते हारिबहादुर पनी बिरामी भएको खवर गरे ।
त्यसको भोली पल्ट २५ गते बिकास र हरिबहादुर दुबै जना बिकारामी भएकाले नेपाल आउने गाडीमा पठाइ दिएको कासिरामले फोन मार्फत बताईन ।बिकासकी आमा उजेली र देउला कुलालाले गत्त मंसिर २५ गते बाट छोराहरु सम्पर्कमा नआएको बताउदै खोजीकार्य गरिदिन आग्रह गरेकी छन ।
देउला कुलालाका अनुसार भारतमा रहेका कासिराले दुबै जनालाई गाडिको टिक काटेर घर पठाईदिएको र आफु संग नरहेको बताउने गरेका छन ।उनीहरु १९ दिन देखि कुनै पनी परिवारको सम्पर्कमा नहेको भन्दै खोजीकार्यको लागी सरोकारवाला निकाय संग आग्रह गरेकी छन ।
आमाहरुका अनुसार भारत पुगेको एक दिन पछि बिरामी भएका छोराहरु संग फोन भएको थिएन। कासिरामले बिरामी भएको खवर गरेका हुन उनीहरु संग फोन छैन ।
बिकासकी आमा उजेलीले खोजी कार्यको लागी जिल्ला प्रहरी कार्यालय जुम्लामा गएको तर प्रहरीले भारतको कुरा हामीले हेर्न नमिल्ने भन्दै घर र्फकाई दिएको बताइन ।उनले हामी दुबै जना एकल महिला हौँ आफु बाहेर घरमा अरु कुनै छैनन् ।छोरा हुन उनीहरु पनी बेपत्ता भएपछि तनाव भएको छ । उनीहरु दुवै जना भारत पहिलो पटक गएका हुन । उनीहरुलाई खोज्न जाने न त हामी संग पैसा छ नत अरु कुनै मान्छे नै छन ।
उनीहरुले फेला पार्नु हुने महानुभावहरुले नजिकैको प्रहरीमा वा चन्दननाथ १वडाकी सदस्य कोइरे कुलालाको फोन ९८४८३९२७१५ र महिला जागरण अनलाई जुम्लाको फोन ९८५८३२०७१२मा सम्पर्क गरिदिन हुने हार्दिक अुनरोध गरेकी छन ।बेपत्ता युवाका आफन्त आमाले दुवै जना घर नआए पछि खोजि गरिदिन प्रहरी प्रशासनलाई अनुरोध गरेका छन ।