भारतमा अलपत्र परेका जुम्ली नागरिक घर र्फकाउन सांसद लामाको ८० हजार सहयोग



जुम्ला : यतिवेला राम्रो काम पाउने प्रलोभनमा जुम्लाबाट दार्जलिङको लागी भनि गएका १३ नागरिक भारतमा अलपत्र परेको भिडियोले सामाजिक संञ्जालमा चर्चा बटुलेको छ । उक्त सामाजिक सञ्जालमा भारतमा अलपत्र भएको भिडियो सार्वजनिक भएपछि नेकपा माओवादी केन्द्र प्रतिनिधि साभा सदस्य सांसद छिरिङ ल्हामु लामा तामाङले ८० हजार नगद रकम पठाएर पछि उनीहरु घर फकिन लागेका छन ।

सांसद लामा तामाङका अनुसार निर्माण व्यवसायीले काम दिने भनेर भारतमा लिएको भन्ने खवर आएको छ। ठेकेदार उनि भागे पछि १३ जना नागरिक अलपत्र भएको खबर आफुलाई आएपछि खानपिन र जुम्लामा रहेको घर सम्म पुगाउनका लागि रकमनै पठाएर भारत बाट नेपाल फर्किन थालेको बताए । उनका अनुसार एक निर्माण व्यवसायीले दार्जलिङ काममा लगाउने भन्दै लिएको तर उनिहरुलाई अरुणञ्चल करिब चिनको सिमामा लिएर अलपत्र छोडेपछि उद्दारका लागि अपिल गरिरहेका थिए।उनिहरु त्यहाँबाट नेपाल फर्किएका छन् ।
त्यस्तै स्थानीय रामचन्द्र नेपालीका नेपालीका अनुसार मिचा गाउँका कलिमान सार्की, हरि कामी, दत्त सार्की, रत्न सार्की, रमेश सार्की सहित जुम्लाका १३ जना नागरिक नेपाल गञ्जबाट एक जना व्यक्तिले काम गर्न भनेर त्यहाँ लिएको र अलपत्र परेको बताएका छन ।सांसद लामा सँग कुरा भएपछि ८० हजार सहयोग भएर नेपाल आउदै गरेको बताए ।उनले कति जना अलपत्र परेका हुन, जुम्ला देखि कसले पठाएको त्यहा अलपत्र कसले पारेको हो भन्ने आधारिक जानकारी लिने प्रयास भईरहेको बताए । उनले भेलि मात्रै काकडभिट्टा आई पुग्ने छन् ।त्यसपछि मात्रै सत्य कुरा थाहा हुने बताए ।

अलपत्र नागरिकलाई उद्दार गरेको भन्दैे स्थानीय र आफन्तले खुशी व्यक्त गरेका छन् । उनिहरुले नगद पैसानै दिएर सहयोग गर्ने सांसद लामालाई सामाजिक संञ्जाल मार्फत आभार ब्यक्त गरेका छन । सांसद लामाले मध्यरात सम्पर्क गरेर टोलीलाई नेपाल फर्कन व्यवस्था गरेको बताइन । त्यो टोलीको साथमा जुम्लाकै महेश जंग शाहीले सहजीकरण गरेर जुम्ला फर्काउदैछन । उनीहरुलाई जुम्ला सम्मा ल्याउनका सांसद छिरिङ ल्हामु लामा तामाङले ८० हजार ,मिचाका सैलेन्द्र केसीले ४५ हजार कर्साङ ठकुरीको १६हजार सहयोग भएको सामाजिक संञ्जालमा राखिएको छ ।

 

सम्बन्धित समाचार