जुम्ला :जुम्लाको तिलागाउँपालिकाका ३३ जना नागरिकले कुडारी त्रिवेणी र राराहिलीमा रहेको सेरी बजारको सडक अतिक्रमण हटाउन माग गरेका छन ।सडकका विभिन्न स्थानमा मनपरि रुपमा घर, टहरा, निर्माण भएपछि तिला ४का स्थानीय निराजन गौतमले अगुवाईमा यस्तो कार्य अगाडी बढाएका हुन ।२०८१ ७। २६ गते उनी सडम अतिक्रमका कारण दुर्घटनाको जोखिम बढेको भन्र्दै राम गिरी ,धनबहादुर हमाल,दिवेश बुढा बिर्ख थापा लगायतका ३३ जना नागरिकले संयुक्त रुपमा हस्ताक्षर गरी गाउँपालिकामा निवेदन थिएका थिए ।
त्यस अधि पनि सडक डिभिजन जुम्लाले आफ्नो कार्यक्षेत्रमा पर्ने राष्ट्रिय लोक मार्ग मध्य नाग्मा जुम्ला सडक खण्डको छेउछाउमा अव्यवस्थित रूपमा अतिक्रमण बढेको भन्दै पटक पटक सूचना जारी गरेको पाइन्छ ।
तर सडक अतिक्रम गरी बनाईएका यिस्थाई र अस्थायी टहरा बनाउनेहरूमा पँहुचवाला नै बढी भएकाले अहिले सम्म हटनाउ सकेको छैनन ।नापी कार्यालय जुम्लाले रेखांकित गरे अनुसारको सडक अतिक्रम गरी बनेका सबै संरचना हटाउन नसकेको समयसिमा सकिदा पनि हटन सकेनन अब्यबस्थित घरटहरा तिला का स्थानीइ ज्वारीलाल भट्टराईले बताए । उनका अनुसार कर्णाली राजमार्ग अन्तर्गत जुम्लाको तिलागाउपालिका स्थित कुडारी त्रिबेणि र रारालिहीको सेरी बजारमा सडक अतिक्रमण गरी बनाइयका घरटहरा तथा निमार्ण सामाग्रीका सवारी दुर्घटनाको जोखिम बढेको छ ।उनले भने,सडक डिभिजन जुम्लाको पटक पटकको सूचना टाँस गर्ने गरेको देखिन्छ ।
नागरिकको दभाबमा बिभिन्न मितिमा तिलागाउपालिका र वडाकार्यालय बाट पनी सडकमा अतिक्रमण हटाउने बिषयमा सूचना जारी गरेको पाइन्छ । जिम्मेवारी निकायले सूचना टाँस्दै झारा टार्दै गरेपछि रारालिहीको सेरी बजारका केही टहरा हटाएपनि कुडारी त्रिवेणी बजार क्षेत्रका सडक अतिक्रम नहटेको हो ।
त्यस्तै तिलाका आर्का स्थानीय स्थानीय भरत राज गिरीका अनुसार यस भन्दा अघिल्लो सरकारका पालामा पनी सडक अतिक्रमण हटाउने सुचना जारी थियो ।
यसरी पटक पटक आफैले जारी गरेको निणर्य र सुचनालाई कार्यान्वन गर्न नसक्नुले स्थानिय सरकारको कमजोरी रहेको बताए । सरकारले सडक अतिक्रमण हटाउनका लागी तिब्र रुपममा लिनुपर्ने हो । तर नागरिक आफै जागुरुप हुादा समेत खासै चासो नदिएको उनीहरुको गुनासो छ ।
त्यस्तै तिला ३ का वडाध्यक्ष धन बहादुर शाहीले सडकमा बनेको अब्यबस्थित घरटहरा हटाउनका लागी पत्रचार गरेको बताए । उनले सडकले कार्यान्वय गरेको खण्डमा हामी जनप्रतिनिधिको साथ हुने बताए । यस अघि सडक फराकिलो नहुदा मोटरसाइकल चालकले पाचबर्षिय बालकलाई ठक्कर दिदा बालक घाइते भयको र चालक फरार भएको समेत त्यहाका स्थानीय बताउँछन ।
त्यस्तै गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाका अनुसार अतिक्रमण हटाउने बिषय प्रथामिकता रहेको बताए ।उनले गाउँपालिकाले पटक पटक सूचना जारी गर्नुका साथै सड्कलाई पनि पत्रचार समेत गरेको छ ।उनले भने,‘रारालिही सेरी बजारमा केहीले अतिक्रमण हटाएका छन । अब सबै ठाउँमा कार्यान्वयन गर्न तर्फ लागी पेर्ने छौँ ।
त्यस्तै सडक डिभिजन कार्यलय जुम्लाका प्रमुख दिपेन्द्र कुमार चौधरीले सार्वजनिक सडक तथा सडक सीमा अतिक्रमण हटाउने सम्बन्धी सूचना जारी गर्दै आएको बताए । उनका अनुसार यहाको स्थानीयको सहयोग चाहिएको छ । कर्णाली राजमार्गको जुम्ला नाग्मा सडक खण्ड अन्तर्गत सडक अतिक्रम हटाउनका लागी पर्ने बताए ।डिभिजन कार्यालयले अतिक्रमण गरी बनाएका टहरा,थुपारिएको माटो आदि सात दिनभित्र हटाउन पटक–पटक सूचना जारी गरे पनि कार्यान्वयन नभएको जुम्लाका स्थानीयको गुनासो छ।
त्यस्तै सार्वजानिक सडक ऐन २०३१ को दफा १९ (३)बमोजिम सडकमा बनाइएका घरटहरा हटाउनु परेको खण्डमा लाग्ने खर्च सम्बन्धित व्यक्तिबाट नै असुलउपर गरिने उल्लेख छ । भने सडक सबैको साझा सम्पत्ति भए पनि दिनप्रति दिन यसरी अतिक्रम बढ्दै जादा यहाँको सरोकारवाला निकाय भने मौन बसेको पाइन्छ ।
सडक डिभिजन जुम्लाका प्रमुख चौधरीले सडक अतिक्रमण गरी सडक भित्र बनाइएको घर टहराको तथ्यांक आफ्नो पालिकामा नरहेको तर पालिका संग समन्वय गर्दै आएको बताए । सडक अतिक्रमण गरेरै जुम्ला देखि नाग्मा खण्डमा दर्जनौँ घर टहरा निर्माण भए पनि यसको यकिन तथ्यांक सडक डिभिजन कार्यालय जुम्ला सँग छैन।जुम्लामा सडक अतिक्रमणले एकातिर सडक साँघुरिँदै गएका छन् भने, अर्कोतिर दुर्घटनाको जोखिम बढेको छ।