सिंजाको नराकोटमा मालपोत र नापी स्थापना हुने

जुम्ला :जुम्लाको सिंजा क्षेत्रलाई लक्षित गरी मालपोत र नापी कार्यालय स्थापना हुने भएको छ । हिमा सिंजा र कनका सुन्दरी गाउँपालिका गरी तिन वटा गाउँपालिकालाई लक्षित गरि मालपोत र नापी कार्यालय कार्यलय स्थापना हुने भएको हो। स्थानीय सरकारले तल्लो तहका सवै प्रक्रिया पुराएको भएको बताइएको छ । दुई बर्ष अगाडि भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कामका लागि पहल थालिएको थियो ।प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदको वैठकले पुस ९ गते सिञ्जाको नराकोटमा मालोपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय भएको छ ।

त्यस्तै सिञ्जा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धिातलले पुस ९ गतेको मन्त्रीपरिषदको वैठकले निर्णय गरेको जानकारी प्राप्त भएको बताए । उनका अनुसार स्थानीय तह देखी यहाँ आई पुग्दा सम्म विभिन्न २० वटा चरण पार भएका छन् ।अबको मुख्य सचिवले प्रमाणिकरण गरेमा २१ चरण पार भएर कार्यालय स्थापनाका लागि बाटो खुल्ने छ ।
गाउँपालिका अध्यक्ष धितालले सिञ्जामा मालपोत र नापी कार्यालयलाई लक्षित गर्दै सामाजिक सञ्जालमा सिञ्जावासी सुखद खबरको प्रतिक्षामा रहेको बताए ।सिंजामा मालपोत र नापी कार्यालय स्थापना पछि लामो समय देखी नागरिकलाई सदरमु्काम धाउनुपर्ने वाध्यता हट्ने भएको छ । भूमि व्यवस्था मन्त्रालयको मिति २०८१ पौष ९ गतेको वैठकबाट सिँजामा नापी र मालपोत कार्यालय राख्ने निर्णय गरेको छ ।

सिंजा गाउँपालिकाका अनुसार सिञ्जामा मालपोत र नापी आवश्यकता पर्दछ भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालको पाला देखीनै पहल शुरु गरिएको थियो ।गाउँपालिका अध्यक्ष धिताल अनुसार सिँजा गाउँपालिका कार्यपालिकाको निर्णय, सिजा गाँउपालिकाको गाउँ सभाको निर्णय, जुम्लाका ८ वटा स्थानीय तहको सामुहिक निर्णय, जिल्ला समन्वय समितिको निर्णय, जिल्ला प्रशासन कार्यालयको सिफारिस, मालपोत कार्यालय जुम्लाको सिफारिस, नापी कार्यालय जुम्लाको सिफारिस,घर उपलब्ध गराउने विषयमा ईलाका प्रशासन कार्यालय नराकोट को प्रतिबद्वता, भुमिसुधार मन्त्रालयको अध्ययन प्रतिबेदन र मन्त्री स्तरीय निर्णय, मालपोत बिभागको प्रतिबेदन समेतको सिफारिस, नापी बिभागको प्रतिबेदन समेतको सिफारिस,अर्थ मन्त्रालयको सहमति भुमिसुधार मन्त्रालयको ओ एन एम प्रतिबेदन, सामान्य प्रशासन मन्त्रालय कानुन महाशाखा को राय, अर्थ मन्त्रालय, भुमिसुधार मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयको संयुक्त बैठकको निर्णय, अर्थ मन्त्रालयको सहिमति सहित मन्त्रीपरिषदको निर्णय भएको छ ।

सिञ्जामा मालापोत नापी कार्यालय स्थापना गर्ने निर्णय प्रति सिञ्जावासीले खुशी व्यक्त गरेका छन् । स्थानीय दलबहादुर वडले स्थानीय सरकारले आफ्नो प्रतिवद्धता अनुसार सिञ्जामा मालपोत र नापी स्थापना गर्ने काम गरेकोमा स्थानीय सरकार र नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरेका छन ।

सम्बन्धित समाचार