दियालो सहकारीले बचत फिर्ता नदिएको भन्दै बचतकर्ता तनावमा


जुम्लाः दियालो बहुउदेश्यीय सहकारी संस्था जुम्लामा बचत गर्ने बचत कर्ता यतिबेला सडकमा आएका छन । उनीहरुले दियालो सहकारीले आफुले राखेको बचत दिन अनाकानी गरेको गुनासो गरेका हुन ।
बचत कर्ता साउनी महताराको बचत दुइ लाख दुइहजार एउटा र अर्को एक खाल ६० हजार रहेको बताइन । उनले आफुले दाउरा ,आलु बचेर जम्मा गरेको पैसा हो । तर अहिले पटक पटक कार्यालयमा धाउदा समेत पाएको छैन ।उनले जुम्लामा दियालो बहुउदेश्यीय सहकारी संस्थामा रकम जम्मा गर्न थालेको २०८० माघमा दुई वर्ष भएको बताउछिन ।

त्यस्तै अर्का मुन बहादुर बुढाको पनी ८लाख बचत छ । उनले पनी बचत फिर्ता नपाएको दुखेसो पोखे ।उनी भन्छन आलु बचेर आधापेट खायर बचत गरेका हौँ । तर अहिले सहकारीले बचत माग्न आउदा एक हजार दिने गरेको छ । यहि बचत नपाएका कारण बच्चाहरुको पढाईमा बाधा भइरहेको छ ।मुनबहादुरलाई अहिले बच्चा पढाउन, कोठा भाडा तिर्न रकम अभाव भएको बताउछन ।

त्यहि सहकारीमा जम्मा गरेको रकम झिक्न भनेर म यस सहकारीमा दर्जनौं पटकधाई सके। सहकारीले रकम फिर्ता गर्न आलटालगर्न थालेको उनको आरोप छ ।अहिले सहकारीले कर्मचारीले जे गरे गर हाही दिदैनौ भनेर धम्काउने गरेको उनको गुनसो छ ।त्यस्तै बचत कर्ता नन्दबुढाको पनी सोही सहकारी बाट आठ लाख लिनु पर्नेछ ।
उक्त सहकारीका व्यवस्थाप कदिपक शाहले उनलाई असारमा पैसा लैजानभनेर भनेको बताउछन ।उनले भने,‘त्यहा म असार जादाखेरी दिनन सकिने भन्दै सहकारीले फर्काईदियो ।‘म बजारमा बस्छु, कोठा भाडा तिर्नुपर्छ । मैले स्याउ, ओखर, साग तरकारी बेचेर जम्मा गरेको रकमफिर्ता पाइएन ।’उनिभन्छन,‘आधा पैसा दिएको भएपनि मैले बालबच्चापढाउन सक्थें ।

अहिले उनिहरु सम्पर्कमै आएका छैनन् ।’ उनले आफूहरुलाई एक हजारका दरले दैनिक रकम लैजान भनेका छन । आफ्नो गाउँबाट बजाउ आउजाउगर्न दैनिक ६ सय रुपैंया लाग्ने गरेकाले तीन सय लिनका लागि बजार आउन नसकिने बताए ।

उनीहरु मात्रै होइनन,यस सहकारीले बचत कर्ता बचत नपाएकोे गुनासो धेरैले गर्ने गरेका छन । सहकारीमा बचत कर्ताले गरेका हामीले न सहकारी बाट ऋणलिएको छु, न त उनिहरुको नियम भन्दा बाहिर गएर बचत गरेका हौँ।

साग, सिमि ,तरकारी, ओखर बेचेर कमाएको रकमत्यहाँबढी पैसा पाउने आशले लगानी गरेका हामी महिलालाई अहिले सम्मउनिहरु न पैसा दिन्छन, न सम्पर्कमै आउँछन भन्दै उनीहरुले दुखेसो छन ।
उक्त सहकारीमा हजारौंजनाले बचत गरेका छन् । उनिहरु अहिले बचत फिर्ताको माग गर्दै कहिले र्यालीनिकाल्छन त कहिले सिडिओ कार्यालय अनि कहिले पत्रकार समक्ष धाउने गरेका छन् ।त्यहा बचत गर्नेमा एकल महिला देखि सामान्य किसान सम्मले सकारीले दोबर पैसा पाउने लोभले सहकारीमा रकमजम्मा गरेको बताएका छन ।

तर अहिले उक्त सहकारीले बचत गरेको नपाए पछि दुखित बनेका छन ।२०६६ साल साउन २६ गते जुम्ला जिल्लाको चन्दननाथनपाको वडा नम्बर एक देखि सात सम्म, तातोपानी गाउँपालिकाको वडा नम्बर चार र गुठीचौर गाउँपालिकाको वडा नम्बर पाँच कार्य क्षेत्र तोकेर चन्दननाथ गाउँपालिका ६ मा मुख्य कार्यालय स्थापना गरि दियालो बहुउदेश्यीय सहकारी संस्था लिमिटेड स्थापना भएको देखिन्छ ।

त्यस्तै यता,सहकारीका सञ्चालक समितिका अध्यक्ष टेकबहादुर शाही कलकत्तामा छन भने व्यवस्थापक दिपक शाह काठमाडौंमा रहेको पाइएको छ। संस्थाले बचत कर्ताको १९ करोड ५० लाख मध्ये १८करोड तिर्न बाँकी रहेको व्यवस्थापक दिपक शाहले बताए । उनका अनुसार संस्थामा एक करोड ५० लाख शेयर लगानी छ भने संस्थाले ऋणलगानी ३४ करोड गरेको छ ।

वितेको डेढ वर्षको अवधीमा संस्थाले तीन करोड ऋण लगानी मात्रै उठाउन सकेको छ ।व्यवस्थापक शाहले आगामी चैत अन्तिमसम्म सबैको पैसा फिर्ता गर्ने तयारी रहेको बताए। उनले भने,हाम्रा अध्यक्ष अहिले कलकत्तामा हुुनुहुन्छ,उहाँ उतै बाट ऋणल्याउने तयारीमा हुनुहुन्छ ।’उनले भने, ‘त्यो रुपैंया आए पछि हामी बचतकर्ताको ऋण तिर्ने तयारी छ । जुम्लाबजार सानो भएको र ऋणलगानी धेरै भएका कारण पनि पैसा उठाउननसकिएको उनको भनाई छ ।हामीलाई काम गर्ने बातावरण भएको खण्डमा तत्काल बचत कर्ताको समस्या समाधान हुन्छ । उनले दुर्गा प्रसाईका सर्मथकले बचत फिर्ताको माग उठाएर बचत कर्तालाई भड्काई दिएको आरोप समेत लगाएका छन ।शाह भन्छन,हाम्रा अध्यक्षको नेपालगन्ज र चितवनमा रहेको जग्गाविक्री गरेर भए पनि बचत कर्ताको ऋण तिर्ने प्रत्रिया सुरु गरिसकेका छौं ।उनले भने,‘आर्थिक संकटका कारण बजार बाट पैसा उठाउन सकिएको छैन।त्यसैले डेढ वर्ष देखि हामीले पैसा फिर्ता गर्न नसकेका हौं।

त्यस्तै कर्णाली प्रदेशको भूमिव्यवस्था तथा सहकारी रजिष्टारको कार्यालयका प्रमुख खुम प्रसाद सुवेदीलाई यस बिषयमा बुझ्न फोन सम्पर्क गर्दा उठेन ।यसरी सहकारीबाट बचत फिर्ता नपाएको नागरिको गुनासो आउदा समेत सम्बन्धीत निकायहरु मौन बसेको देखिन्छ।

सम्बन्धित समाचार