द्वन्द्व –संवेदनशील सम्बन्धी कर्णालीका ६० जना पत्रकारलाई प्रशिक्षण


जुम्ला ः द्वन्द्व संवेदशीलताका बिषयमा कर्णालीका ६० जना पत्रकारलाई प्रशिक्षण दिइएको छ । समडिया एक्सन नेपालले द्वन्द्व –संवेदनशील आवासीय कार्यशाला प्रशिक्षण तालिम दिएको हो । । मिडिया एक्सन नेपालको आयोजनामा जुम्लामा संचालित दुईदिने द्वन्द्व –संवेदनशील पत्रकारिता सम्बन्धि आवासीय कार्यशाला सकिएको छ ।पत्रकारले लेख्ने समाचार तथा स्टोरीले समाजमा फौलिने सकरात्मक तथा नकरात्मक प्रभाबको बारेमा प्रशिक्षण दिइएको छ ।

त्यस्तै उक्त पत्रकार आवासीय कार्यशाला सहभागी भएकी पत्रकार कृष्णमाया उपाध्यायले समाज द्वन्द्व बाहिर हुन नसक्ने तर त्यसको सकारात्मक व्यवस्थापन गर्न पत्रकारिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन । उनले यो तालिमले पत्रकारिताको माध्यमबाट सुव्यवस्थित समाज निर्माण गर्न तर्फ लाग्ने ध्यान केन्द्रीत भएको छ ।

त्यस्तै कालिकोटका पत्रकार खडान्दन चौगाइले प्रशिक्षणको क्रममा सहभागीहरूलाई द्वन्द्व वा हिंसा फैलनु÷हुनु अघि पत्रकारको भूमिका, पीडितसँग व्यवहार, स्रोतको सुरक्षा, द्वन्द्व मत्थर भएपछि पत्रकारहरूले पालना गर्नुपर्ने काम र कर्तव्यको तरिकाबारे प्रशिक्ष दिइएको बताए । उनले रिपोर्टिङ्ग गर्दा समाचार संकलन गर्न जानु अघि, समाचार संकलनको समयमा र संकलनपछि कुनै समस्या उत्पन्न भयो भने के कस्ता उपायहरू अपनाउने भन्ने विषयमा जानकारी बताए ।

त्यस्तै नेपाल पत्रकार महासंघ जुम्ला शाखाका अध्यक्ष नेत्र बहादुर शाहीले सहभागी पत्रकारहरुलाई तालिममा सिकेका कुराहरूलाई व्यवहारमा लागुगर्न सुझाव दिए ।उनले समडिया एक्सन नेपालले दिएको द्वन्द्व संवेदनशील पत्रकारिता तालिममा द्वन्द्व र हिंसाको परिभाषा, हिंसाका प्रकार, कारण, विश्लेषण र समाधानको बाटोबारे ज्ञान प्रदान गरेको बताए ।

त्यस्तै द्वन्द्व वा हिंसा फैलनु÷हुनु अघि पत्रकारको भूमिका, पीडितसँग व्यवहार, स्रोतको सुरक्षा, द्वन्द्व मत्थर भएपछि पत्रकारहरूले पालना गर्नुपर्ने काम र कर्तव्यको तरिकाबारे प्रशिक्ष दिइएको मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले बताए ।

तालिमको मुख्य प्रशिक्षका रुपमा रहेका उनले पत्रकारले सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रियस्तरमा भएका अभ्यासको उदाहरण प्रस्तुत गर्दै सम्बन्धित विषयमा समाचार लेख्दा अझ गम्भीर एवं संवेदनशील हुन अनुरोध गरे ।

त्यस्तै चन्दनननाथ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज जोसीले यस्ता खाला तालिम पत्रकारलाई मात्रै नभइ सबैलाई आबश्यक छन । उनले भने, सबै भन्दा समाज रुपान्तरणका लागी पत्रकारको भुमिका महत्वपुण हुने भएकाले तालिम दिने आयोजक टिम प्रति उनले हार्दिक आभार ब्यक्त गरेका छन ।जुम्ला, कालिकोट , मुगु लगायतका कर्णालीका ६० जनालाई पत्रकारलाई यो तालिम दिइएको छ।

 

 

सम्बन्धित समाचार