पर्यटक प्रवर्धनका लागी गुठीचौरमा प्याराग्लाईडिङ महोत्सव

जुम्ला :पर्यटक प्रवर्धनकालागी गुठिचौर गाउँपालिकाले प्याराग्लाईडिङ महोत्सव गरेको छ । जुम्लामा पर्यटकीय स्थल गुठिचौरमा स्काई फेष्टिवल अर्थात आकासे पर्व शुरु गरिएको हो । जुम्लाको गुठिचौर गाउँपालिकाले पोखराबाट प्राविधिक टिम झिकाएर चार दिने महोत्सव गरिएको छ ।

वरिपरि डाडा विचमा चौर भएको सो अत्यन्तै रमणीय क्षेत्र गुठिचौरमा गाउँपालिकाले आयोजना गरेको प्याराग्लाईडिङ महोत्सव उद्घाटन गरेपछि माथीवाट उडाइर््एको थियो । जिल्ला समन्वय समितिका प्रमुख गौरीन्द आचार्य र गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले महोत्सवको उद्घाटन गरिएको थियो । गुठिचौरको मैदानमा रिवन काटेपछि डाडाँबाट ग्लाईडिङ उडान भएको थियो । प्यारा ग्लाईडिङका लागि जिल्ला र जिल्ला वाहिर मानिसहरु अहिले गुठिचौर पुगेका आयोजकले जनाएको छ ।

गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले पर्यटकीय गुठिचौरमा सवैको ध्यान आकर्षण भएको र पर्यटकीय आधार तयार गरि आर्थिक उपार्जनका लागि महोत्सवको शुरुवात भएको जानकारी दिनुभयो । महोत्सवमा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले प्रचुर पर्यटकीय सम्भवाना रहेको गुठिचौरमा स्थानीय सरकारले पर्यटन प्रर्वधनका लागि गरेको क्रियाकलाप मध्य एक रहेको बताए ।

पहिलो दिन १२ वटा उडान भएको प्रमुख प्रशासकीय अधिकृत धुर्वराज गिरीले जानकारी दिए । उनका अनुसार आईतवार झण्डै ५० बढि उडान गर्ने योजना छ । गुठिचौरको चारैतिर बाट प्याराग्लाईडिङ उडान एकै पटक भईरहेका छन् । प्याराग्लाईडिङमा उड्नका लागि मानिसको भिड भएको गुठिचौर गाउँपालिकाले जनाएको छ ।

प्रशासकीय अधिकृत धु्रर्वराज गिरीले ३१ गते सम्म महोत्सव हुने भनिएता पनि टिकट धेरैले काटेपछि सवैलाई उडार मात्र महोत्सव समापन गरिने स्थानीय तहले जानकारी दिएको छ ।
गाउँपालिकाले २ महिना अघि परीक्षण जहाजका लागि वावु एडभाञ्चर प्रा.लीलाई जुम्ला ल्याएर परीक्षण गरि सफल गरिएको थियो । एउटा उडानको गुठिचौर गाउँपालिका निवासीलाई रु ३ हजार र वाहिरकालाई रु ४ हजार शुल्क निर्धारण गरिएको छ ।

जुम्ला सदरमुकामबाट गाडि चढेर एक घण्टा समय लाग्ने सो स्थानमा गुठिचौर भेडा फारम समेत रहेको छ । वरपरी पहाड र विचमा बृहत चौरले घेरिएको गुठिचौरमा गाउँपालिकाले महोत्सवको अवसर पारेर खुला पुरुष भलिवल प्रतियोगिता र खुला महिला देउडा प्रतियोगिता समेत गरिरहेको छ ।