जुम्ला ः कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा वली उपस्थित नहुने भन्दै दीक्षान्त समारोह स्थगित गरेका छन । आइतबार हुने भनिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित भएको हो ।
सम्पूर्ण तयारी भइसकेको उक्त कार्यक्रम शनिवारको मध्य रातमा स्थगित गरिएको भन्दै प्रतिष्ठानका रजिष्ठारको हस्ताक्षरमा सुचना जारी गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नहुने भएपछिसमारोह स्थगित गरिएको प्रतिष्ठानका उपकुलपति डाक्टर मङ्गल रावलले जानकारी दिए । उनका अनुसार दीक्षान्त समारोह र सभा तथा शैक्षिक भवन उद्घाटनको कार्यक्रम स्थगित गरिएको हो । ’उनले भने, ‘आँखा उपचार केन्द्रको उद्धघाटन र बिश्व स्वास्थ्य संगठनबाट औषधी लगायतका समाग्री बितरण गरिने कार्यक्रम हुने भएका छन । यो कार्यक्रम अब कार्तिक २८ गते हुने उनको भनाइ छ ।
दीक्षान्त समारोह स्थापना भएको १३ वर्षपछि गर्न लागिएको थियो । त्यसका लागि सम्पूर्ण तयारी भइसकेको थियो । कार्यक्रममा प्रधानमन्त्री ओली सहित स्वास्थ्य मन्त्री प्रदीप पौडेल पनि सहभागी हुने भनिएको थियो ।
त्यस्तै यो कार्यक्रमका लागि विभिन्न ठाउँबाट दीक्षित हुने व्यक्ति, सुरक्षा निकायदेखि सरोकारवाला व्यक्तिहरूको समेत जुम्लामा पुगि सकेका थिए । एक्कासि प्रधानमन्त्रीको अर्को कार्यक्रम परेकाले नआउने भएपछि कार्यक्रम स्थगित गर्नुपरेको बताइएको छ । कार्यक्रमको तयारीका लागि लाखौँ रकम खर्च भइसक्दा प्रधानमन्त्रीले एक्कासि नआउने निर्णय गरेपछि सोही कार्यक्रमका लागी जुम्ला पुगेका सहभागीहरुको आर्थिक र समय दुबै खर्च भएको भन्दै निराश बनेका छन् ।
दीक्षान्त समारोहमा स्नातक र स्नातकोत्तर तहका गरी ५६ जना विद्यार्थी दीक्षित हुने भएकाले ती विद्यार्थीहरू जुम्ला पुगिसकेका थिए । त्यस्तै प्रतिष्ठानको दीक्षान्त समारोहको लागी दुई वटा ऐर्पोट दुई वटा भारती वडा साइट , एक प्रतिष्ठान अगाडी गरी पाँच वटा स्वागत गेट बनाइएका छन । प्रधानमन्त्री आउने सडकको खाल्टा पुरेका छन ।