जुम्ला :जुम्लाका महिला यति वेला कृषि उत्पादनलाई बढवा दिन थालेका छन ।यस अघि परम्परागत रुपमा खेती गर्दै आएका महिलाहरु किर्डाक नेपाल जुम्लाको सहयोगमा आधुनिक खेती गर्न तर्फ आकर्षित भएका हुन । घरायसी खाँचो पनि टर्ने तथा आफू आत्मनिर्भर पनि हुने भएकाले जुम्लाका केही महिलाहरु सामूहिक तरकारी तथा फलफुल खेतीमा लागेका छन ।
त्यस्तै गुठीचौर गाउँपालिका ४ वडाका धौलपुरा गाउका र थान वडा गाउँका महिला सामुहिक खेती र सिमि र स्याउ खेतीमा लागेका छन । गुठीचौर गाउँपालिका ४ लालिगुराँस सिमि उत्पादन समुहकी सचिब बिपना नेपालीका अनुसार किर्डाक नेपालले टमाटर खेतीमा जलबायु मैत्री कृर्षि खेती सम्बन्धी तालिम र बेमौसमी तरकारी खेतीका लागी टनेल हो । उनका अनुसार यस अघि आफ्नै तरिकाले खेती गर्दै आउदा उत्पादन कम हुने गरेको थियो ।
अहिले किडार्क नेपाल तालिम दिए पछि हामीले आफ्नो बारिमा पनी आधुनिक तरिकाले खती गर्ने गरेका छौँ। नेपालीले भनिन,‘यसले गर्दा हामीलाई आर्थिक उत्पादनमा टेवा पुगेको छ ।
त्यस्तै सहो वडा कै धौलपुरा स्याउ उत्पादन समुह की सदस्य जयलक्ष्मी अधिकारीले किर्डाकले स्याउका चाना काटने मेसिन र तालिम दिइएको बताइन ।उनका अनुसार उक्त मेसिनले स्याउको परिकार बनाउन सहयोग पुगेको छ ।यसले गर्दा स्याउ बिक्रि नभएपनी स्याउका चाना,जाम ,जेली र जुस बनाउने गरेको बताइन ।
त्यस्तै चन्दननाथ ४ मालाभिडका महिला आलु उत्पादन खेतीमा लागेका छन । त्यहाका केही महिलाहरुले कालिका आलु उत्पादन समुह किर्डाक नेपालको सहयोगमा आलु उत्पादनमा लागेका छन । तर त्यो समहुले सिचाइको अभावले गर्दा आलु सोचे जस्तो उत्पादन गर्न नसेको गोमा देवकोटाले बताईन । उनकाअनुसार खाने पनी समेत प्रयाप्त नहुदा महिला व्यावसायिक आलु उत्पादनबाट आत्मनिर्भर बन्न नसेकेका हुन। उनीहरुको समुहले अनुगमनका गएका समन्वय प्रमुख गौरी नन्द आचार्य लगायतको टिमलाई सिचाँइको ब्यवस्थापन गरिदिन हुन आनुरोध गरेका छन ।
त्यस्तै किर्डाक नेपालका फिल्ड संयोजक सरु महतका अनुसार जुम्लामा आलु, स्याउ, सिमि , टमाटर लगायतका मौसमी तथा बेमौसमि खेती प्रशस्त हुने भएकाले महिलालाई आत्म निर्भर बनाउन यसतर्फ आकर्षित गरिएको हो ।उनले भनिन,‘सामूहिक हुँदा साथीसँग काम र रमाइलो गर्दै आम्दानी पनि लिन सजिलो हुन्छ । उनका अनुसार हामीले सिंगल रुपमा सिप सिकाउ गह्रो हुन्छ ।महिलाहरु लाई समुह गत रुपमा सिप सिकाउन सजिलो हुने भएका समुह बनाइएको हो । उनीहरुलाई आबश्यक पर्ने हाते ट्याकटर, स्याउको चाना काट्ने मेसिन ,जौ गुहुँ लगायतका बालीहरु चुटने मेसिन सहयोग गरिएको छ ।
त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आचार्यले किडार्कले दिएको सिपहरु जिवन स्तर संग जोडेर आम्दानीको रुपमा लिन अनुरोध गरेका छन । उनले समुहमा आबद्ध भएका महिलालालाई कृषि पेसाबाट पनि आत्मनिर्भर हुन सकिन्छ भन्ने सन्देश आम नागरिकमा पुगाउन अनुरोध गरे । उनले भने, ‘कुन खेती कसरी लगाउँदा बढी उत्पादन हुन्छ ,मलको मात्रा, चिस्यानको अवस्था र यस संस्थाबाट पाएको प्राविधिक सहयोग ब्यवाहारमा लागु गर्न आबश्यक रहेको छ । उनले उत्पादन लाई बढाउनु साथी बस्तुको गुणस्तरलाई ध्यान दिन कृर्षक लाई आग्रह गरेका छन ।
त्यस्तै वर्ल्ड भिजन इन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा किर्डाक नेपालले जुम्लाका संञ्चालन गरेको सामुदायिक सहभागिता तथा वालस्पोन्सरसिप परियोजना, एकिकृत पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजनाहरु प्रभावकारी भए नभएको बिषयमा सरोकारवालाहरुले संयुक्त रुपमा तिला ,तातोपानी ,चन्दननाथ ,गुठीचौर र पातारासी गाउँपालिकामा अनुगमन गरेका छन ।
त्यस्तै यस आर्थिक वर्षको लागी बाल स्पोन्सरसिप जुम्ला कार्यक्रम तर्फ एक करोड ५२ लाख २४ हजार बजेट रहेको छ ,भने सो परियोजनाको सिंजा कार्यक्रम तर्फ ७० लाख १२ हजार बजेट रहेको छ ।त्यस्तै एकिकृत पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजना अन्तरगत्त जुम्लाको लागी एक करोड ३१ लाख १३ हजार, र सिंजा तर्फको एक करोड ४९ लाख २२ हजार बजेट रहेको वर्ल्डभिजन इन्टरनेश्नल नेपालका जिल्ला संयोजक भेष बहादुर रावलले बताए । उनका अनुसार तिलाको १,२,६,७,८,९ मा भएको सिंजा एपि,कार्यक्रम लागु भएको छ । भने तिला ३,४,५ तातोपानी, चन्दननाथ, गुठिचौर र पतारासी जुम्ला एपि कार्यक्रम लागु भएको छ ।