जुम्ला प्रहरीले ग¥यो पहिलो पटक लागु औषध किटबाट परीक्षण


जुम्ला ः जुम्ला प्रहरीले पहिलो पटक लागु औषध किट बाट परिक्षण गरेको छ । लापसे परीक्षणका लागि भन्दै एशिया ईन्टरनेश्नल मोडेल अंग्रेजी स्कुलका विद्यार्थीले रकम उठाएर ५० वटा लागु औषध प्रहरीलाई हस्तान्तरण गराएका थिए । जिल्ला प्रहरी कार्यालय जुम्लाले लागु औषध सेवा गरे नगरको बारेमा चारजनामा परिक्षण गर्दा तिन जनामा देखिएको थियो ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायव उपरीक्षक छेदिलाल कामतिले पत्रकार भेटघाट गरेर जुम्लामा पहिलो पटक किट माफृत लापसे परीक्षण गरिएको बताए । उनका अनुसार पहिलो पटक ४ जना व्यक्तिमा परीक्षण गरिएको हो । लागु औषध परीक्षण गरिएका ३ जनामा पोजेटिभ नतिजा आएको थियो । एक जना किटले निगेटभ देखाएको ब्यक्तिमा भने ब्राउन सुगर जस्तो खैरो पदार्थ भेटिएको साथ भेटिएको प्रहरीले बताएको छ ।
त्यस्तै जुम्ला प्रहरीका अनुसार जिल्ला कालिकोट महावै गाउँपालिका ५ बस्ने २७ बर्षको प्रकाश शाही, खाडाचक्र नगरपालिका १ बस्ने बर्ष २६ का मदन सिंह, तिला गुफा ६ बस्ने बर्ष २९ को दिपक शाही र खाडाचक्र नगरपालिका वडा नम्बर ११ बस्ने अन्दाजी ३० बर्षका पञ्चबहादुर शाहीलाई पक्राउ गरि लापसे परीक्षण गरिएको हो ।
प्रहरीले २०८१ भदौ १५ गते राति ९ बजे जुम्ला तिला गाउँपालिका सेरि बजार प्रहरी चौकी रारालिहीबाट प्रहरी सहायक निरीक्षक थुमबहादुर घर्ति मगरको कमाण्डको प्रहरी टोलीले जुम्लाबाट कालिकोट जादै गरेको मोटरसाईकलमा शंकाका लागि उनिहरुलाई रितपूर्वका खान तलासी गर्दा उनिहरुको साथमा लागु औषध हिरोईन जस्तो खैरो सेतो पदार्थ २०० मिलिग्राम र ६ पिस ट्रमाडोल नामक ट्याब्लेट फेलापारि पञ्चबहादुर शाहीले चलाएको क.प्र०२००२२६५७ नम्बरको मोटरसाईकल सहित बरामत गरि उनिहरुलाई नियन्त्रणमा लिईएको र उनिहरुलाई लागु औषध परीक्षण गरिएको हो । प्रहरीनायव उपरीक्षक छेदिलाल कामतीका अनुसार अव किट मार्फत लागु औषध परीक्षण गर्दा सवैका अगाडि पारदर्शी समेत हुनेमा बताए ।
यास्तो छ लागु औषध तथ्यांक
यता जिल्ला प्रहरी कार्यालय जुम्लाको तथ्यांक अनुसार हरेक वर्ष लागु औषध बढ्दो क्रममा छ । यस्तै आर्थिक वर्ष २०७७।०७८मा १४ जना, आर्थिक वर्ष २०७८।०७९ मा १३ जना,२०७९।०८० २५ जना, आर्थिक वर्ष २०८०।०८१ मा २६ जना र चालू आर्थिक वर्ष २०८१।८२ मा ६ जना लागु औषधको आरोप पक्राउ प्रतिवादी रहेका छन् ।
यस्तै २०७७।०७८ मा लागु औषधको परिणाम ६ सय ८० मिली ग्राम, चरेस १ सय ४ ग्राम बरामत गरिएको छ । २०७८।०७९ मा ब्राउन सुगर एक सय पाँच मिलीग्राम चरेस ७६.६२ ग्राम र २ सय ४१ पिस ट्रमाडोल र कोलोनोजेपाम ट्यापलेट प्रहरीले बरामत गरेको छ ।

यसैगरी आर्थिक वर्ष २०८०।०८१ मा १० ग्राम, ४ सय ७७ मिलीग्राम तथा ३० वटा ट्याप्लेट र चरेस १ सय ८७ ग्राम ६ सय ४८ मिलीग्राम लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । चालू आर्थिक वर्षको पहिलो महिनामा २ ग्राम ७ सय २० मिलीग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरी छ ।

 

सम्बन्धित समाचार