जुम्ला ः गुठीचौर ४ धौलपुराकी धन लक्ष्मी देवकोटा हरेका वर्ष चामल चिनी, नुन लगायतका खाली बोहोरा संकलन गर्दछिन । उनलाई खाली बोहोरामा तरकारी उम्राने बानी लागी सकेको छ। त्यो चामलको खाली बोहोरामा मौसमी तथा वेमौसमी तरकारी उत्पादन गर्दछन । उनको घरको वरिपोरि भेण्टा, टमाटर खुर्सानी ,धनिया र साग खेती देखिन्छ । अहिले उनले बोहोरामा उत्पादन गरेको खुर्सानी मात्रै बाँकी छ ।
यस अघि भेण्डा र टमाटर गरी १५ हजार बराबरको कमाएको बताउँछिन । उनका दुइ छोराको पढाई खर्च यही तरकारीले धान्छ । उनले खाली बोहोरामा उत्पादन गरेको तरकारी गुठीचौर गाउपालिकामा लगेर बेच्ने गरेको बताउछिन । केही वर्ष अगाडी उनलाई वल्र्ड भिजन इन्टरनेशलको सहयोगमा किर्डाक नेपालले ३ दिने कृर्षि सम्बन्धीको तालिम दिएको थियो । उनका अनुसार इच्छा शक्ति भए आफु आत्म निर्भर बन्न गाह्रो छैन । उनी मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरेर आफनो घरब्यवहार चलाउदै आएकी हुन ।
छोराहरुको पढाई लेखाईको खर्च, घरको चाँजोपाजो यहि तरकारी खेतीबाट मिलाउदै आएको उनले बताइन । देवकोटा भन्छिन समयको बचत तथा आर्थिक रुपमा लाभ पनी हुन्छ ।फुर्सदको समयको सदुपयोग पनी । हामी घरमा अरु आद्यन्न बस्तु किनेर ल्याएको बोहोरा जथाभाबी फाल्छौ तरकारी उत्पादन गर्दा फोहोरको सदुपयोग पनी हुने उनको बुझाई छ ।
धनलक्ष्मीलाई आफुले नपढेकै कारण अरु केहि पेशा गर्न सकिदै भन्नु गलत लाग्छ । उनलाई नयाँ प्रबिधियुक्त तालिमहरु लिन पाए अझ धेरै उत्पादन हुन्थ्यो कि भन्ने लाग्छ । उनले भनिन,‘ यस अघि सबैले गर्दै आएको परम्पारागत खेतीले भन्दा सिप सिकेर गरेको आधुनिक खेतीमा धेरै फरक छ । उनी किडार्क नेपालले संञ्चालन गरेको सिमि उत्पादन समुहमा आद्धछन ।
तरकारी खेती ब्यवसायलाई ब्यवस्थित रुपमा बिस्तार गर्नका लागि खासै ठुलो खालका कुनै तालिम पाएकी छैन । उनलाई तरकारी खेती बाटै आत्मनिर्भर बन्दै जाने, पैसा बचत गर्ने र बचत गर्नलाई कमाउन सिक्ने रहेछन् भन्ने लाग्छ । घरपरिवारसँगै बसेर ब्यवसायिक तरकारी खेती गर्दा राम्रो पनि छ केहि चुनौती पनि छ।
किनकी तरकारीले भने जस्तो बजारभाउ नपाउदा रलकडाउनको समयमा तरकारी ब्यवसायबाट घाटा ब्यहोर्नुपर्दा दुख लाग्छ । देवकोटाको परिवारको लागि बाँच्ने आधार भनेकै यहि कृषी पेशा हो । यसैलाई मलजल गरेर अगाडि बढ्ने धोको रहेको उनले बताइन ।
अबका दिनमा संस्थाले तरकारी ब्यवसाय गर्नेहरुलाई नयाँ प्रविधियुक्त तालिम दिए आफुहरु निक्कै आभारी हुने उनको भनाई रहेको छ ।