जुम्ला :एसिया ईन्टरनेश्नल मोडेल अंग्रेजी स्कुल जुम्लाले जिल्ला प्रहरी कार्यालय जुम्लालाई लागु औषध परीक्षण किट हसतारण गरेको छ ।जुम्लामा पछिल्लो समयमा लागु औषध दुव्र्यसनी प्रयोगकर्ता बढिरहेकाले यस न्युनिकरण गर्नका लागी जुम्ला प्रहरीलाई ५० किट दिइएको हो । यो बिद्यालयले दिएको किटले विभिन्न प्रकारका लागु औषधहरुका सेवन कर्तालाई परीक्षण गर्न सहज हुने छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले यो किटले लागु औषध सेवन कर्ताहरुको पहिचान हुने बताए । उनले भने, सराज्यले गर्नु पर्र्ने काम यो एसिया बिद्यालयले गरेको छ ।उनका अनुसार यस बिद्यालयले गरेको नमुना कार्यहरु अरुले सिक्न जरुरी छ ।
त्यस्तै जुम्लाका प्रहरी नायव उपरिक्षक छेदीलाल कामतीले एसिया स्कुलले दिएको लागु औषध परिक्षण किटले प्रहरीलाई सहयोग पुग्ने बताए । उनका अनुसार कानूनी र स्वास्थ्य सेवामा, अनुसन्धानमा, वा व्यक्तिगत सुरक्षा मद्दत्त गर्ने छ । उनले,अव स्थानीय सरकार, विद्यालय र सामाजिक संस्थाले पनि यस्ता काममा सहयोग अपिल गरे । उनका अनुसार जुम्ला प्रहरीले लागु औषध विरुद्धको विभिन्न जनचेतना कामहरु गर्दै आएको छ । यस पटक एसिया स्कुलले प्रदान गरेको लागु औषध परिक्षण किटले थप प्रहरीलाई काम गर्ने उर्जा थपेको छ ।
त्यस्तै नेपाल मजदुर किसान पार्टीका निबर्तमान जिल्ला अध्यक्ष तथा प्रदेश कमिटि सदस्य शिवलाल डाँगीले लागु औषध विरुद्धको हरेक प्रकारका अभियानमा आफ्नो पार्टी सहयोग तयार भएको बताए । एसिया स्कुलले किट हस्तान्तरण एक कुसे ढुङगा सावित हुने बताए ।