जुम्ला : कर्णाली राजमार्ग अझै नखुलेपछि ध्यानाकर्षण गरिएको छ । अबिरल वर्षाका कारण आएकाे बाढि पहिराेले कर्णाली राजमार्ग अवरुद्ध भएकाे हाे ।पहिराेका कारण राजमार्ग अबरुद्ध हुदा आवत जावत बन्द भई सर्वसाधारणलाई समस्या भएकाे छ । उक्त राजमार्ग चाडो खुलाउन नेपाल सरकारलाई जुम्लाका सराेकारवालाले ध्यानाकर्षण गरेका हुन ।
हिमागाउपालिकाका अध्यक्ष नागरिक समाज, पत्रकार महासंघ लगायतका निकायले राजमार्ग चाडो खुलालाई जुम्लाकाे स्याउकाे बजारिकरण गर्न माग गरेका छन ।
त्यस्तै हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही, नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत, नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाही, संस्थापक अध्यक्ष नरेन्द्रनाथ योगी लगायत सरोकारवाला निकायले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मार्फत शनिबार ध्यानाकर्षण गराएका छन् ।
ध्यानाकर्षण पत्रमा भनिएको छ, मिति २०८१ साल भदौ १२ गते अविरल बर्षाका कारण कर्णाली राजमार्गको दहीखोला, यासमोड, मेअरखोलामा पहिरोले अवरुद्ध भएको बताउदै सड्क अवरुद्ध हुदा जुम्लाबाट निर्यात गर्ने स्याउका दर्जनौ ट्रक अलपत्र भएका छन । साधनहरु अलपत्र पर्नुका साथै यात्रुहरुलाई असहज भएको छ । ध्यानाकर्षण पत्रमा यसवेला ध्यान नदिएमा ध्यानाकर्षण पत्रमा राजमार्ग अवरुद्ध भई यातायात बन्द भएका कारण करोडौको स्याउ बाटोमा अलपत्र तथा कुईने डर देखिन्छ । यसैले राजमार्ग चाडो भन्दा चाडो सुचारु गर्न तथा कर्णाली राजमार्ग र नाग्म गमगडि राजमार्गमा विशेष बजेट व्यवस्थापन गर्न ध्यानाकर्षण गरिएको छ ।
यता सड्क डिभिजन कार्यालय जुम्लालले निरन्तर फिल्डमा काम गरिरहेको छ । तर निरन्तरको पहिरो गएका कारण हैरान भएको डिभिजनका निमित्त प्रमुख चेतन कुमार मण्डलले जानकारी दिए । उनका अनुसार जुम्ला सडक डिबिजन कार्यालयले जिम्मा पाएकाे सडक खण्ड करिब सड्क सुचारु भईसकेको छ । दैलेख खण्डमा पर्ने सडकमा भिषण पहिरोले हैरान बनाएको छ ।
त्यस्तै सड्क डिभिजन कार्यालय सुर्खेतका प्रमुख खुमबहादुर भण्डारीले दहीखोलामा ठूलो क्षेति भएको बताए । त्यहाँबाट कालिकोट क्षेत्र तर्फमा एटटा ठूलो चट्टान खसेकाले फुटाल्ने प्रयास भईरहेको छ । उनका अनुसार आफु फिल्डमै काम गरिरहेको बताए । उनले भने,एकतर्फि सड्क आईतवार सम्म खुल्ने सम्भावना रहेको छ । उनले कर्णाली राजमार्गमा विशेष प्याकेज सहितको बजेट आवश्यकता रहेकाले सवैको सहयोग आवश्यक रहेको छ।
राजमार्गमा निरन्तर र ठूला ठूला पहिरो गएपछि काम गर्न जोखिम र असहज समेत हुदै आएको छ । तर जुम्ला र सुर्खेत खड्कले निरन्तर काम गरिरहेका छन् । तर सरकारले आवश्यकता अनुसार बजेट विनियोजना नगरेको बताउदै स्थानीय स्तरबाट ध्यानाकर्षण गरिएको छ।