जुम्लाको पातारासीगाउँपालिकाको –५ वडा बालमैत्री स्थानीय शासन वडा घोषणा भएको छ । बालमैत्री स्थानीय शासन वडा घोषणा कार्यविधि–२०७९ ले निदृष्ट गरेका ५१ वटा सूचक मध्य ८८ प्रतिशत पूरा गरेको भन्दै उक्त वडालाई बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको हो ।
पातारासीको ५ वडालाई शुक्रबार ओैपचारिक कार्यक्रमका बीच बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले बताए । उनले बालबालिकाका क्षेत्रमा पातारासीले गरेको काम महत्वपुण रहेको बताए । उनले घोषणापछि स्थानीय सरकारले प्रभावकारी कार्यान्वयन गर्न अनुरोध गरे ।
त्यस्तै पातारासी गाउँपालिका अध्यक्ष पूर्ण सिंह बाेहाेराले पातारासी गाउँपालिको को पहिलो वडाका रुपमा–५ वडालाई बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको बताए । उनका अनुसार पातारासीको स्थानीय सरकार बालबालिकाको विकास तर्फ लागी परेको छ । उनले भने,’पातारासीका बालवालिकाहरुको स्वास्थ्य ,शिक्षामा तर्फ पनी प्रथामिकता दिइएको छ । उनका अनुसार किर्डाक नेपालको समन्वय सहकार्यमा पातारासीमा बालबालिकाका सवाललाई कार्यान्वयन गर्न तर्फ लागेका छौँ ।
त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बालबालिकाको क्षेत्रमा लगानी गर्न आबश्यक रहेको बताए । उनले राज्यले नै बालवालिकाका हकअधिकारलाई बिशेष रुपमा रहेरेको छ । उनले सरकारको लक्ष्यलाई सफल बनाउन बालमैत्री स्थानीय शासन वडा देखि पालिका घोषणा गर्न सबैलाई अग्रह गरे ।
त्यस्तै पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले पातारासीले बालबालिकासँग सम्बन्धित सकारात्मक कार्यक्रम, वा योजनाहरूलाई प्रथामिकथा दिएको बताइन । उनले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा, र समग्र विकासमा ध्यान केन्द्रित पालिका लागी परेको बताइन । उनले महिला सशक्तिकरण ,बाल सहभागितालाई सूनिश्चित गरेको दाबी गरिन ।
त्यस्र्तै पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीले बालवािलकाको अधिकार कानूनी, सामाजिक, र नैतिक अधिकारहरूलाई कार्यान्वयन गर्न तर्फ लागेको बताइन । बालवालिकाको सुरक्षामा, स्वास्थ्यमा, शिक्षा र समग्र विकासमा मद्दत गर्ने उद्देश्यले वडा घोषणा गरेको बताए । उनका अनुसार हरेका बालबालिकाले स्वस्थ जीवन बिताउने र शारीरिक, मानसिक, र सामाजिक विकासको अवसर आउने उनीहरुको अधिकार हो ।
बालबालिकालाई कुनै पनि प्रकारको शोषण,बलात्कार, वा हिंसाबाट सुरक्षित रहने राख्नु अहिलेको चुनौती देखिएको छ । उनले भनिन,’पातारासीले बाल बचाउ,बाल संक्षरण,बाल विकास र बाल सहभागिताका लागि विशेष प्रथामिकता दिदै आएको छ ।
यस अघि सोही वडालाई जुम्लाकै पहिलो बालविवाह मुक्त वडादेखि बालमैत्री वडा घोगणा गरिएको थियो । जुम्लाको पातारासी गाउँपालिका वडा नं ५ बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको छ। जुम्लाका ६० वटा मध्य दोस्रो वडाका रुपमा पातारासी–५ लाई बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको हो । यस अघि जुम्लाकै पहिलो बालमैत्री स्थानीय शासन वडाको रुपमा तिलागाउँपालिकाको ६ वडा गरिएको थियो ।