अखिल क्रान्तिकारी जुम्लाको नयाँ समिति चयन


जुम्ला : अखिल क्रान्तिकारी जुम्लाको जिल्ला नयाँ कार्यसमिति गठन भएको छ । धर्मराज रावलको अध्यक्षतामा ४५ जिल्ला कार्यसमिति गठन भएको हाे ।
केन्द्रीय उपाध्यक्ष अमरजंग शाहीका अनुसार अध्यक्ष पदमा निर्वाचन भई नेतृत्व चयन भएको र अन्य समिति सहमतिमा सम्पन्न भएको छ । अध्यक्ष पदका लागि धर्मराज रावल र नरेन्द्र सेजुवाल अध्यक्ष पदका लागि मैदानमा उत्रिएका थिए । नवनिर्वार्चित अध्यक्ष रावलले ३९ मत ल्याएका थिए भने प्रतिस्पर्धी सेजुवालले ३८ मत ल्याएका थिए ।
समितिका अन्य सवै पद सर्वसम्मतिमा चयन भएका छन् । बरिष्ठ उपाध्यक्षमा सन्तोस आचार्य, उपाध्यक्षमा कनिस्टा बि.क., सचिवमा प्रेम सुनार, सहसचिवमा हेम प्रकाश हमाल, कोषाध्यक्षमा सलिना सिंह, सहितको ४५ जनाको नयाँ जिल्ला कार्य समिति गठन भएको छ ।
सिञ्जाको नराकोटमा वुधवार देखी शुरु भएको १३ औ जिल्ला सम्मेलनमा जिल्लाका आठ वटा स्थानीय तहबाट झण्डै ६ सय बढि विद्यार्थी सहभागी भएका थिए । सो मध्य हरेक पालिकाबाट सम्मेलन बाटै मतदानका लागि १०, १० जना प्रतिनिधि र जुम्ला बहुमुखी क्याम्पसबाट गरि ८६ जना प्रतिनिधि चयन भएका थिए । ८६ जना मध्य अध्यक्ष पदका लागि ८४ जनाको मत खसेको अखिल क्रान्तिकारी बन्दसत्रमा सहभागी भएका नेताहरुले जनाएका छन् ।

सम्बन्धित समाचार