माक्र्सवादी ज्ञानकेन्द्र विचार निर्माणको साझा पाठशाला हो : केन्द्रीय अध्यक्ष मनहरी तिमिल्सेना

जुम्ला : माक्र्सवादी  ज्ञानकेन्द्रका केन्द्रीय अध्यक्ष मनहरी तिमिल्सेनाले नेपालमा माक्र्सवादी ज्ञानकेन्द्र विचार निर्माणको पाठशालको रुपमा अगाडि बढेको बताउनु भएको छ ।
अध्यक्ष तिमिल्सेनाले कम्यूनिष्ट विचार बलियो बनाउन, कम्यूनिष्ट र समाजववादी क्रान्ति सफल वनाउन माक्र्सवादी ज्ञान केन्द्रको स्थापना भएकोमा जानकारी गराउनु भयो । उहाँलृे ज्ञानकेन्द्रको कर्णाली प्रदेश स्तरीय अनलाईन विस्तारित बैठकमा वोल्दै उहाँले केन्द्रलाई शशक्त बनाउन सवैको साझा सहकार्यको आवश्यकता रहेकोमा जोड दिनुभयो ।
अनलाईनबाट सम्पन्न भएको वैठकमा केन्द्रीय सचिव रेशम कुमार अधिकारीले कर्णालीको वैठकमा ज्ञानकेन्द्रको यही भदौ १५ गते हुने केन्द्रीय साधारणसभा र आगामी कामका बिषयमा जानकारी दिनुभयो ।

वैठकमा चौथो केन्द्रीय साधारणसभा तथा दोस्रो अधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनको मस्यौदामा केन्द्रीत रहेर उपस्थित आजीवन, एसोसियट सदस्यहरू बाट सुझाव संकलन गरिएको माक्र्सवादी ज्ञान केन्द्र कर्णालीका अध्यक्ष जेएस धितालले जानकारी दिनुभयो ।
धितालका अनुसार वैठकमा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने आजीवन सदस्य र एसोसियट् सदस्यहरूले माक्र्सवादको रक्षा, प्रयोग र विकास गर्न सबैले आ–आफ्नो ठाउबाट योगदान गर्नुपर्ने धारणा राखेका थिए । उहाँले माक्र्सवाद विज्ञानको पनि विज्ञान भएकोले यसका आयामहरुलाई जनजन सम्म लिनुपर्ने र व्यवहारीक प्रयोगमा समेत जोड दिनपर्ने धारणा राख्नु भयो । उहाँले अहिले दक्षिणपन्थी बिचलनवादी हावा चलिरहेको र झुटको खेति, भ्रमको व्यापार मौलाईरहेको छ, जसले जनताको मस्तिक्स बिसाक्त बनाई दिएको हुदा अव सच्चा माक्र्र्सवादी जागेर भ्रम चिर्न अनुरोध गर्नुभयो । यसैले समाजवाद उन्मुख संविधानलाई बस्तुगत आधारहरु तयार गर्दै समाजवादको यात्रा लम्किन आवश्यक रहेको बताउनुभयो ।
ज्ञान केन्द्र कर्णालीले प्राप्त सुझाव लाईलिपीबद्व गरी केन्द्रमा पठाउने र आगामी १५ गतेको साधारणसभामा कर्णाली प्रदेश बाट उल्लेख्य सहभागी उपस्थित गराउने योजना रहेको ज्ञान केन्द्र कर्णाली प्रदेश समिति जेएस धितालले जानकारी दिनुभयो ।
वैठकमा सिजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल, पत्रकार मनऋषि धिताल, शिक्षक नेता रेश्मीलाल चपाई, टेकबहादुर डिसी, रामबहादुर रावल, देवराज चौलागाई समेतको उपस्थिति रहेको बैठकको अध्यक्षता कर्णालीका अध्यक्ष जेएस धितालले गर्नु भएको थियो । कर्णालीका सचिव रविकिरण ओलीले सहजीकरण गर्न भएको थियो भने सहभागीहरुलाई स्वागत गोविन्द प्रसाद खड्काले गर्नु भएको थियो ।
यसैगरी माक्र्सवादी ज्ञान केन्द्रले देशभर आफ्नो संरचना बलियो गराउदै गएको छ । सचिव रेशम कुमार अधिकारीका अनुसार ७ वटै प्रदेशमा प्रदेश समिति गठन भई काम भईरहेका छन् ।

केही जिल्लाहरुमा समेत शुरु भएको छ ।
उहाँका अनुसार कर्णाली प्रदेश अध्यक्षमा जेएस धिताल, सुदुरपश्चिम प्रदेशमा दुर्गा प्रसाद भण्डारी, लुम्विनीमा गोपीराम ज्ञवाली, गण्डकी भिम सुवेदीको, बाग्मतिमा कार्ल बिक्रम थापा, मधेशमा भुप नारायण यादव अधिकारी, र कोशीमा अध्यक्ष दुस्यान्त भट्टराई नेतृत्वमा माक्र्सवादी ज्ञानकेन्द्रको प्रदेश स्तरीय समिति गठन भई क्रियाशिल रहेका छन् । ज्ञान केन्द्रमा हाल १७८ जना आजिवन सदस्य र झण्डै पाँच सय जना एशोसियट सदस्यहरु रहेको केन्द्रले जनाएको छ । केन्द्रले हाल २२ औ चरणको अनलाईन कक्षा सम्पन्न गरेको छ, विभिन्न समस्यमा भर्चुअल डिस्कोर्स कार्यक्रम सहित भौतिक कक्षा पनि संचालन गर्दै आएको छ ।

सम्बन्धित समाचार