जुम्ला प्रहरीको सक्रियतामा अबैध भरुवा बन्दुक सहित एक जना प्रकाउ

जुम्लाः जुम्ला प्रहरीको सक्रियतामा अवैध हतियार सहित एक जना पक्राउ परेका छन । जुम्लाको गुठिचौर गाउँपालिका वडा नं.एक घर भई पातारासी गाउँपालिका वडा नम्वर ५ लासी बाजर स्थित मोटर साईकल ग्यारेज गरी बस्ने अन्दाजी ३२ बर्ष को सुर्य वहादुर महताराले अबैध हातहतियार सहित प्रकाउ गरेको हो ।
जुम्लाका प्रहरी नायब उपरिक्षक छेदीलाल कामतीका अनुसार जुम्लाको शनिवार साझ ६ बजे बजेको समयमा गुठिचौर गा.पा. वडा नं. एक मौरे लेक स्थित जुम्ला देखि डोल्पा जाने कच्चि सडक खण्डको ५० मिटर तल पश्चिम तर्फको भिरालो जमिनको ढुङ्गाको ओढार भित्र हरियो प्लाष्टिकमा सेतो प्लाष्टिको बोरा भित्र लुकाई छिपाई तीन भाग अलग अलग टुक्रा पारी राखेको अवस्थामा भरुवा बन्दुक जस्तो देखिने फोल्ड गर्न मिल्ने एक नाले थान १ र उक्त हतियार लुकाई राखेको सुर्य बहादुर महताराको उपस्थित र जुम्ला प्रहरीको टोलीले बरामद गरी सुर्य बहादुर महतारालाई नियन्त्रणमा लिइएको छ । उनले भने,आवश्यक अनुसन्धान कार्य भई रहेको छ ।


प्रहरी कार्यालय जुम्लाले आईतबार पत्रकार सम्मेलन गरेर उक्त घटनाबारे सार्वजानिक गरेको हो । अन्दाजी ३२ वर्षिय सुर्य वहादुर महताराले अबैध हातहतियार लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा बरुवा बन्दुक सहित उनलाई नियन्त्रणमा लिईएको हो ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय जुम्लाले चोरी भएको मोटरसाईकल समेत बरामद गरेको छ । यही भदौ ४ गते रातीको तातोपानी गाउँपालिका वडा न. ३ का वडा अध्यक्ष गोकर्ण रालले आफ्नै घर आगनमा पार्कीङ गरी राखेको क.प.०१–००१ब ०३७९ न. को १५० सि .सिको चोरी भएको मोटर साइकल पबरामत गरेको हो ।

प्रहरी नायब उपरिक्षक कामतकिा अनुसार उक्त मोटरसाइकल चोरी भएको विषयमा जिप्रकामा उजुरी आए संगै खटिएको प्रहरी टोलीले विभिन्न ठाउंहरुमा चेक पोइन्ट समेत कडाईका साथ खोजतलास गरेको थियो । उनले भने,‘ यही भदौ ५ गते बिहानै ७ बजेको समयमा तिला गा.पा वडा नं. ३ मा रहेको धन बहादुर खत्रीको खाली घर अगाडी बेवारिसे अवस्थामा फेला परेको भेटिएको थियो ।

जुम्ला प्रहरीले वडा अध्यक्ष गोकर्ण रावललाई सम्पर्क गरी उक्त मोटरसाईकल बुझाईएको छ । जुम्लाको शान्ति सुरक्षा कायम गर्नका लागी चोरी गर्ने व्यक्तिहरुको खोजतलासी र अपराध न्युनिकरणका लागी अन्य अनुसन्धान गर्ने कार्य रहेको जिल्ला प्रहरी कार्यलय जुम्लाले बताएको छ ।

सम्बन्धित समाचार