जुम्ला :जुम्लामा सामाजिक कुरिती विरुद्धजात्रा प्रदर्शनी गरेको छु । नेवारी परम्परा र संस्कृतीको रुपमा मनाउर्दै आएको जुम्लाको ठुलो जात्रामा यस पटक एसिया स्कुलमा बिद्याथीहरुले बालविवाह, बहुविवाह, छाउपडी प्रथा तथा लैङ्गिक हिंसा जस्ता सामाजिक कुरिती बिरुद्ध चेतना मुलक जात्रा प्रदर्शनी गरेका हुन ।
एसिया इन्टरनेश्नल मोडेल अंग्रेजी स्कुल जुम्लाको आयोजनामा ,जिल्ला प्रहरी कार्यालय जुम्लाको समुदायमा प्रहरी साझेदारी कार्यक्रम र जात्रा सहितको समन्वयमा पहिलो पटक सचेतना कार्यक्रम संचालन गरेको छ । जुम्लामा लागु औषध दुब्र्यवहार बालविवाह, बहुविवाह ,स्वास्थ्य ,शिक्षा ,लैङ्गिक हिंसा,बलात्कार ,जवरजस्ती करणी छोरा छोरी बिचको बिभेद ,लगायतका सामाजिक कुरीति विरुद्धको सन्देश दिइएको बिद्यालयका प्रधाना ध्यापक चन्द्र बहादुर महतले बताए । उनका अनुसार शुक्रबारको जात्रामा बिशेष गरि पल्टन जात्रा, मिम बास्सा, खष जात्रा, एसिया स्कुलका बिद्यार्थीद्धारा जनचेतनामुदक प्रदर्शन गरिएको सन्देश मुलक जात्रा लगायतका प्रदर्शन गरिएको थियो । उनले भने,बदलिँदो समय र मानिसहरुको मनोबिज्ञान बुझ्दा, यो जात्रालाई सभ्य र भव्य तरिका वाट संचालन गर्न केही फरक र सृजनशिल बनाउन आवश्यक देखिन्छ ।
परम्परागत र पुरानै शैलीबाट जात्रा संचालन गर्दा कता कता जात्राप्रति समुदायको चासो र अकर्षण घट्दै गईरहेको गुनासो पनि सुनिएको छ । जुम्लाको जात्रा व्यवसायिक गतिबिधि बढाउन र आयआर्जन गर्न एक राम्रो आधार मानिने गरेको छ । उनले भने, जात्राले परम्परा र संस्कृती मात्र झल्काउदैन, जुम्लाको आन्तरिक र बाह्य पर्यटन बिकास गर्न सकिने सम्भावना पनि बोकेको छ ।
बिद्यार्थीका अनुसार आर्थिक,सास्कृतिक र पर्यटकीय बिकासका लागी जात्रालाई मर्यादित, सृजनशिल, शिक्षामुखी र सकारात्मक सन्देशमुखी वनाउन आबश्यक छ । यसको लागी सबै संग हातेमालो गरी व्यवस्थापन गर्न सके जात्राद्धारा सामाजिक बिकासमा योगदान गर्न सकिने उनीहरुको बुझाई छ । जात्रामा प्रदर्शन गरिएका दृष्यहरु मध्य जुम्लाको एक निजि बिद्यालय एसिया ईन्टरनेश्नल मोडेल स्कुलका वालवालिकाद्धारा देखाएको जनचेतनामुलक प्रदर्शनी सकरात्कम सन्देश दिइएको छ ।
जुम्लामा बिद्यमान महिला हिंसा, बलात्कार , यौन हिंसा, लागु औषध दुर्व्यसनी, छोरीहरुलाई पढाऔँ र समाजमा बिद्यमान अबस्थामा रहेका अपराध जस्ता गतिबिधिहरु प्रति लक्षित गरिएका दृष्यहरु प्रदर्शनी गरेको थियो जुम्लाको जात्रामा देखिने प्राय आईटमहरुमा पुरुषहरु मात्र श्रृङ्गारीएर सहभागि हुने गरेको छन । यस बिद्यालयले पहिलो पटक जात्रामा छोरीहरुको माध्यमबाट समाजमा महिलाहरुले पुरुषहरु भन्दा धेरै योगदान गरेका छन । धेरै योगदान गर्न सक्छन भन्ने सन्देश दिन खोजिएको हो ।समाजमा महिलाहरु माथी भएको हिंसा, बलात्कार र बिभेद जस्ता जघन्य अपराधका बिरुद्ध जनचेतना दिइ लागुऔषध दुर्व्यसनीमा लागेका बालबालिकालाई पारेको असरबारे ध्यानआकर्षण गर्नकै लागी जात्रालाई सन्देशमुलक बनाउने प्रयास गरेका प्रधानाध्यापक महतको भनाई छ ।
त्यस्तै जात्रा समितिका सल्लाहाकार रमेश श्रेष्ठले वालवालिकालाई यसरी सामाजिक मुद्दाका सवालमा चेतना वृद्धि गर्न र समुुदायमा जनचेतना फैलाउने कार्य अहिलेको आबश्यकता भएको बताए । उनले जात्रामा सहभागी हजारौंको भिडलाई सन्देश पुरयाउन जात्रा एक गतिलो माध्यम बनेको बताए । उनले आगामी जात्राहरुलाई सन्देशमुखी बनाउन पहल गर्ने लागी पर्ने बताए ।
त्यस्तै लामो समय देखी वजार क्षेत्रमा स्थायी घर भएको वडा नं ५ को वडा सदस्य लक्ष्मी श्रेष्ठले जात्रामा प्राय जसो उश्रृङखल गतिबिधि र अमर्यादित कार्यहरु रोक्नु पर्ने बताइन बिद्यालयका बालवालिकाले दिइएको यस्तो प्रकारको सचेतनाले सकरात्कम सन्देश दिने बताइन ।उनका अनुसार पछिल्लो समयमा हाम्रो संस्कृती परम्पराहरु आलोचित हुदै गहिरहेका छन ।जुम्लाको व्यवसायीक वातावरण वा गतिबिधि वढाउन अझै राम्रो व्यवस्थापन सहित जात्रालाई मर्यादित यहाका सरोकारवालाहरुको ध्यान जान जरुरी छ ।