जुम्ला : जुम्ला माक्सवादी ज्ञानकेन्द्र कर्णालीको बैठक सकिएको छ । माक्स वादी ज्ञान केन्द्रका केन्द्रिय समिति अध्यक्ष मनहरी तिमिल्सिनाको प्रमुख आथित्यतामा र सचिव रेशम कुमार अधिकारीको बिशेष आथित्यतामा बैठक बसेको हो ।माक्सवादी ज्ञान केन्द्र कर्णाली प्रदेशले बैठकमा संगठनात्मक र चौथो साधारण सभाको लागी सुझाब संकलन गरेको छ।
बैठकले यही भदौ १५ गते सम्पन्न हुने ज्ञानकेन्द्रको साधारण सभा तथा चौथो अधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनको मस्यौदामा केन्द्रित बैठक गरिएको माक्सवादी ज्ञान केन्द्र कर्णाली प्रदेशका अध्यक्ष जयशंखर धितालले बताए । उनका अनुसार कर्णाली प्रदेशका विभिन जिल्लाबाट प्रतिनिधित्व गर्ने सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए । उनीहरुले माक्वाद विज्ञानको पनि विज्ञान भएकोले यसका आयामहरुलाई जन–जन सम्म लिनुपर्ने बताएका छन ।
यो ज्ञानलाई ब्यवहारिक रुपमा प्रयोगमा समेत जोड दिनपर्ने सुझाब सहभागी हरुले राखेका छन । त्यस्तै सुझावलाई लिपीवद्र गरी केन्द्रमा पठाउने र आगामी १५ गतेको साधारण सभामा कर्णाली प्रदेश वाट उन्लेख्य सहभागी उपस्थित गराउने योजना रहेको ज्ञान केन्द्र कर्णाली प्रदेश समितिले जनाएको छ ।नेपाली कम्युनिस्ट हरुको ज्ञान र व्यवहारको तालमेल मिलेको छैन । सिकेको कुरा व्यवहारत लागू गर्नु पर्ने अहिलेको आबश्यकता हरेको छ ।