जुम्ला : गत जेठ ४ गते वन अतिक्रमण हटाउन भन्दै भण्डै स्याउ र ओखरका गरी ३ हजार बिरुवा फँडनी गरिएको थियो । सिंजा गाउँपालिका–६मा अवस्थित स्यानीपातल काफलबारी सामुदायिक वनको अतिक्रमण हटाउने नाममा ओखर,नास्पती र स्याउका विरुवा जुम्लाको प्रहरी प्रशासन, र वनका कर्मचारी वडाका जनप्रतिनिधिको रोवरमा काटेर फालिएको हो । अहिले सोही स्थानमा गत बैशाख महिनामा लगाइएको आलु र सिमीका विरुवा उक्कायर फालिदिएका भन्दै जोडु गाउका किसान जिल्ला प्रशासन कार्यालयमा पुगेका छन् ।उनिहरुले स्यानी पातल काफलवारी सामुदायिक वनमा आवद्ध पदाधिकारी सहित भाँड गाउका नागरिकले आफुहरुलाई हेला गरेर फेरी पनि त्यसभित्र लगाएका काचा आलु र सिमि उक्काएका भन्दै पिडित पक्षले जिल्ला सदरमुकाम आई प्रशासनमा धर्ना दिएका हुन ।
त्यस्तै जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरु, सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल सहित जिल्ला वन कार्यलयका प्रमुख, जिल्ला स्थित संचारकर्मीहरुलाई आफ्नो बन्दोबस्तो गरेर न्याय दिलाउन अनुरोध गरेका थिए ।
उनिहरुले सामुदायिक वनको नाममा आफुहरु थोरै भएकाले हेपिदै आएका बताउदै जेठ ४ गते हजारौ स्याउ, ओखरका काटिएका र अहिले वालि नपाक्दै आलु र सिमि सहितका वालि उक्काईदिएको बताएका छन । स्थानीय बलविर बुढाका अनुसार बलियाले मात्रै राज्यमा बस्न पाउने हामी नपाउने हो भने भन्नुहोस नत्र, जिल्लाभर धेरैले सरकारी जग्गा हड्पेका छन् ।
अर्को वन कार्यालयले सुचनाको अधिकार प्रयोेग गरेर समेत सामुदायिक वनको जिपिएस नक्शा नदिएको गुनासो पोखेका छन् । उनिहरुले सो क्षेत्रको नक्शा र काफलबारीलाई समेत सामुदायिक वनमा गाभेको प्रमाण दिन अनुरोध गरेका छन ।
त्यस्तै ७१ बर्षिय सिरकली बुढाले राज्यले जनताको संरक्षण गर्न छोडेर मार्न खोज्ने दुखेसो गरे । उनले आज भन्दा धेरै वर्ष पहिलो बाउबाजेको पालामा भोग चलन गर्दै आएको एैलानी जग्गा हो हामीले हरियने रुख अहिले काटेर स्याउ लगाएका होइनौँ ।
जिल्ला प्रशासन कार्यालयमा महिला, वालवालिका, ज्येष्ठ सहित पुगेको करिब एक दर्जन व्यक्तिहरुलृे हातमा उक्काईएका आलु, सिमिका जरा देखाउदै न्याय माग्न पुगेका छन । सो बिषयमा जिल्ला प्रशासन कार्यालयमा करिब २ घण्टा बढि छलफल भएको थियो । जिल्ला प्रशासनमा भएको छलफलले साउन ४ गते दुवै पक्ष र सरोकारवाला निकायलाई राखेर छलफल गरिने निश्कर्षमा पुगेको छ । सो क्षेत्रमा निरन्तर भईरहेको घटनाको विषयमा भने जिल्ला मौन बसेको छ । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार सो क्षेत्रमा खास नक्शा के हो नापीको टोली पठाउने बताएका छन ।
त्यस्तै जिल्ला वन कार्यालय जुम्लाका प्रमुख भरतबहादुर बुढ्थापाले वन ऐनले अतिक्रम गर्ने पक्षलाई कानुनी सजाय दिने ब्यवथा रहेको बताए । उनले राष्ट्रिय भए वा सामुदायिक वनको जग्गा कब्जा गरेको अवस्थामा हटाउन पाइने बताए । उनले भने,‘प्रस्तुत जग्गा अतिक्रमण भयको भनी स्थानीय स्यानी पातल सामुदायिक बन उपभोक्ता समितिले सक्रिय भयर अतिक्रमण बिरुद्व कारबाही अघि बढायको उनको भनाइ छ ।
यता स्थानीयले अतिक्रमण हटाउने शैलि नभएको बताउदै स्याउ ओखरका विरुवा काट्नेलाई कारवाही गर्न प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरेका छन् । यसका साथै अझ लगाएको वालि समेत काट्ने मानवीयता राम्रो नभएको बताउदै न्याय दिन अपिल गरेका छन ।
त्यस्तै यस बिषयमा सिजा गाउँपालिकाका अध्यक्ष पुर्ण प्रसाद धिताल भन्छन ,सिजा गापा वडानँ ६ भाडगाँउको सार्वजनिक वनमा लगायका स्याउका बोटहरु काटेर सखाप बनायको भिडियो र भाईरल भयको समाचार दुखित बनाएको छ । यस बिषयमा सबै संग समन्वय सहकार्यगारी दुवै पक्ष सहमतीमा आउनु पर्ने बताए ।
त्यहाका स्थानीयका अनुसार यस अघि स्यानीपातल भन्ने मात्रै समुदायिक वन हो ।काफलबारी सामुदायिमा थिएन । यो भखर्रै भाँडगाउका स्थानीय र वन उपभोक्ता समितिका अध्यक्ष रंगबहादुर रावत र वनका केही कर्मचारी मिलेर काफल वारी पनी सामुदायिक वन वनाइएको दाबी गर्दै आएका छन । वन क्षेत्रको पुर्वमा दिलौरी चौर पश्चिममा मासीडाँडा, उत्तरमा भुगाडी हान्ने ठूलो खोला र दक्षिणमा भेडानागी भन्ने चारकिल्ला भित्रको क्षेत्रमा धेरैले सार्वजानिक जग्गामा समेत स्याउका बगैंचा बनाउदै आएको देखिन्छ ।