जुम्ला: जुम्लामा लैङ्गिक हिंसा नियन्त्रण संञ्जाल गठन गरिएको छ । प्रहरी नायव उपरीक्षक क्षेदिलाल कामतिको संयोजकत्वमा २१ सदस्यीय संञ्जाल गठन गरिएको हो । जिल्ला प्रहरी कार्यालयमा आयोजना, चन्दननाथ नगरपालिका र सोसेक नेपालको सहयोगमा यो संञ्जाल गठन गरेको हो । संञ्जालको सदस्यमा जिल्ला प्रहरी कार्यालय संयोजक र प्रहरी महिला तथा वालवालिकाको महिला, वालवालिका ज्येष्ठ नागरिक सेवा केन्द्र, पदस्य सचिब रहने ब्यस्था छ ।
जिल्ला प्रशासन, पत्रकार महासंघ, नागरिक समाज, उद्योग बाणिज्य संघ,वालक्लब, यस क्षेत्रमा काम गर्ने क्रियाशिल गैरसरकारी संस्था मध्यबाट एक जना सहित विभिन्न क्षेत्रको प्रतिनिधित्व रहेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन तथा कार्य सञ्चालन विधि २०७८ अनुसार गठन गरिएको छ ।
त्यस्तै उक्त संञ्जालको प्रमुख जिल्ला अधिकारी सल्लाहकार हुने व्यवस्था रहेको छ । यसैगरी संघीय सरकार, प्रदेस सरकारका प्रतिनिधि, जिल्ला समन्वय समितिका अध्यक्ष तथा जिल्ला प्रहरी कार्यालय रहेको स्थानको नगरपालिका वा गाउँपालिकाका मेयर तथा अध्यक्षलाई आमन्त्रण गरिने छ ।
त्यस्तै लैङ्गिक हिंसाको सवालको बिषयमा प्रस्तुत समेत गरिएको छ । प्रहरी नायव उपरीक्षक कामतिले लैङ्गिक हिंसाको परिभाषा, कारण, प्रकारको बिषयमा प्रस्तुतीकरण गरका थिए । उनले जुम्लामा घरेलु हिंसाका घटनाहरुको बिषयमा जानकारी समेत गराउदै आठ वटै तहमा समेत प्रहरीको संयोजकत्वमा यो संजाल गठन भएको छ ।उनले कुनैपनी कमजोर वर्गलाई लिंगका आधारमा गरिने हिंसा अत्ये गर्न आबश्यक रहेको बताए ।
त्यस्तै चन्दननाथ नगरपालिका ६ वडाध्यक्ष रबि थापाले कानुनी प्रवधानका बारेमा वडास्तरमा सचेतना दिन आबश्यक छ ।लैङ्गिक हिंसाका घटनाहरू तत्काल सम्बोधन गर्न कार्ययोजना बनाई प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त गरे । हिंसा रहित समाज बनाउनका लागी सबै निकाय जिम्मेवार हुनु जरुरी छ ।
यो संञ्जालको लैङ्गिक हिंसा न्यूनीकरणका लागि पीडितलाई सेवा प्रदान गर्ने एवम् जनचेतनामूलक कार्य गर्ने र सम्बन्धित निकाय, गैरसरकारी निकायहरूसँग समन्वय र सहकार्य गर्ने सञ्जालको उद्देश्य रहेको छ । यस अघि वडा देखि पालिका हुदै नगरस्तरीय संञ्जाल गठन भइसकेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी गरेको छ ।