शिक्षाविधेयकले उत्पीडित शिक्षकका सबै माग पूरा गर्नेछः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डले संसदमादर्ता भएको शिक्षाविधेयकले उत्पीडित शिक्षकएवं विद्यालयकर्मचारीका सम्पूर्ण माग पूरा गर्ने बताएका छन् । उनले संसदमादर्ता भएको शिक्षाविधेयकलाई शिक्षकमैत्रीबनाउनपहलगर्नेसमेत बताए ।

एकीकृत अखिल नेपालशिक्षक संगठन(युएण्टो)को बहुउद्देश्यीयभवनको शिलान्यास गर्दै प्रचण्डले शिक्षाविधेयकमार्फत् आफ्ना माग पूरा गराउनशिक्षकहरुको लागिअनुकुलअवसर प्राप्तभएको दाबी गरे । संसदमाशिक्षाविधेयकमाथिछिट्टै छलफल शुरु हुनगइरहेको भन्दै उनले शिक्षककापक्षमाविभिन्न संशोधन प्रस्तावदर्ता भएको बताए । शिक्षकका समस्या समाधानमा सरकार सकारात्मक रहेको उनको भनाइथियो ।
कार्यक्रममा नेकपामाओवादी केन्द्रकामहासचिव देव गुरुङले शिक्षकमा समस्या रहेसम्मशिक्षा सुधार नहुने भन्दै शिक्षकका समस्या समाधान गरी उनीहरुलाई पेशाप्रतिउत्तरदायीबनाउनुपर्नेमाजोड दिए ।

उत्पीडित शिक्षककामागहरु पूरा गर्दै राज्यले शिक्षण पेशाप्रतिआकर्षण र आत्मविश्वासको वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइथियो । यसैगरी माओवादी केन्द्रकाउपाध्यक्षएवं पूर्व सभामुखअग्नीप्रसाद सापकोटाले शिक्षककामागपुरा गर्दै राज्यले उनीहरुलाई शिक्षणसँगै खोज, अनुसन्धान र अविष्कारमालगाउनुपर्ने बताए । अध्ययन, खोज र सिकाइजीवनपर्यन्त चलिरहने भन्दै सापकोटाले शिक्षकहरुलाई पनि शिक्षणसँगै अध्ययन र अनुसन्धानमा केन्द्रितहुनआग्रह गरे ।


एकीकृत अखिल नेपालशिक्षक संगठन(युएण्टो)का अध्यक्षशंकर अधिकारीले संसदमा विद्यालयशिक्षा विधेयकमाथि छलफल शुरु हुनलागेकाले शिक्षकहरुले हस्तक्षेपकारी भूमिकानिर्वाह गर्नुपर्ने आवश्यकताऔंल्याए । युएण्टो सदैव उत्पीडित शिक्षकको असलीपहरेदार रहेको भन्दै अधिकारीले शिक्षाविधेयकलाई शिक्षकमैत्रीबनाउन संगठनले हस्तक्षेपकारी भूमिकानिर्वाह गर्ने प्रतिबद्धता जनाए ।


संगठनको बहुउद्देश्यीयभवनशिलान्यास तथा केन्द्रीय समितिको विस्तारित बैठक एवंशिक्षकअभिमुखीकरण कार्यक्रममा काठमाडौं सितापाइलामानिर्माण हुनलागेको संगठनको बहुउद्देस्यीयभवनको प्रधानमन्त्री प्रचण्डले औपचारिक शिलान्यास गरेका थिए । संगठनमा आवद्ध शिक्षकहरुबाट सहयोग संकलन गरी केहीसमय अघि संगठनले साढे दुई करोड रुपैयामासितापाइलामा ५ आनाजग्गाखरिद गरेको थियो । सोहीजग्गामाअहिले बहुउद्देस्यीयभवननिर्माण गर्न लागिएको हो ।

३ दिन सम्मचल्ने कार्यक्रममा अब भोलिदेखि केन्द्रीय समितिको विस्तारित बैठक एवं शिक्षकअभिमुखीकरण कार्यक्रम सञ्चालनगरिने संगठनका महासचिवकुलप्रसाद खतिवडाले जानकारी दिए ।

 

सम्बन्धित समाचार