कुरीति विरुद्ध लड्दै सिजा क्षेत्रका किशोरी

जुम्ला : जुम्लाको सिजा क्षेत्रका किशोर किशोरीहरुले सामाजिक कुरिति बिरुद्ध बोल्न थालेका छन । समाजमा विद्यमान रहेको छाउ प्रथा, बालविवाह, लैङ्गिक विभेद बाल यौन दुब्यवार लगायतका कुरीति अन्त्यका उनीहरु एक जुट भएका हुन ।

त्यस्तै केही सामाजिक मुल्य मान्यताका कारण बालबालिकाको शारीरिक मानसिक तथा स्वास्थ्य शिक्षा रोजगार लगायतका अवसरबाट वञ्चित हुनु परेको अबस्था छ । सभ्य समाज निर्माणका लागि प्लान नेपालको आर्थिक सहयोगमा आत्म सम्मानका लागि सहकार्य (क्याड) नेपालद्वारा सञ्चालित बालिका शसक्त बालिका परियोजनामार्फत हिमाका किशोर किशोरीलाई कुरीति विरुद्धको सचेतना दिदै आएको छ ।


क्याड नेपालले सिञ्जा क्षेत्रका हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकाका गरी २१ वटा वडा समेटेर दशवटा केन्द्र र ४० वटा समुह बनाएको क्याडका सामाजिक परिचालक अफिसर देवेन्द्र आचार्यले बताए । उनका अनुसार त्यो समुहको नाम सिओसि हो ।

ति समुहल आफ्नो समुदायमा छिटो हुने विवाह ,बालबिवाह, र जबरजस्ती हुने बिवाह रोकथामका लागी काम गर्दै आएको छ । उनका अनुसार सिओसिमा आबद्ध हुने किशोर र किशोरीको उम्मेर दश देनि १४ वर्ष र १५ देखि २४ वर्ष सम्मको रहेको छ ।

त्यस्तै क्याड नेपालका उपाध्यक्ष जयलक्ष्मी चौलागाईले क्याड नेपालले किशोरी र युवा महिलाहरुको नेतृत्व बिकासमा टेवा पुगोस भन्ने हो । उनका अनुसार किशोरीहरु नै बाल विवाह न्यूनीकरण, यसका असर, छाउ प्रथा अन्त्य, लैङ्गिक हिंसा अन्त्य, बालमैत्रीपुर्ण नीति निर्माणका लागि पैरवी र वकालत गर्ने लगायतका कामका लागि सचेत भएका छन्। उनले भनिन,केही वर्ष पहिलासम्म सिञ्जा, हिमा र कनकासुन्दरीका ग्रामीण बस्तीमा विद्यमान कुरीति अन्त्यका लागि परिवर्तनका संवाहक किशोर किशोरी र निर्णय र नेतृत्व परियोजनाले उल्लेखनीय सुधार ल्याएको छ ।

त्यस्तै प्लान इन्टरनेशल नेपालका क्षेत्रिय प्रबन्धक मिना पराजुलीले कुरीति विरुद्ध नैतिक तथा बौद्धिक बहसका लागि सिञ्जा क्षेत्रका तीन पालिकाका ५सय किशोरी र ५सय किशोर गरी हजार किशोरी किशोरी सामाजिक अभियन्ता र परिवर्तनका संवाहकका रुपमा तयार भएका छन् ।

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द अचार्यले बालबालिकाले चलाएको कुरिती बिरुद्धको अभियानले समाजमा परिवर्तन हुने बताए ।उनले भने,बालिकाहरु आफै सक्रिय भयर गाउँमा हुने विभिन्न कुरीतिका विरुद्धमा पैरवी गरिरहेको देख्दा खुसि लागेको छ । उनका अनुसार परियोजनाले किशोरीहरुको सामाजिक सशक्तीकरण, क्षमता विकास र बालमैत्री नीति निर्माणका लागि पनि हामी सक्षम बनाएको छ ।


त्यस्तै हिमा गाउपालिका ३की किशोरी अभिगेल परियारले बालविवाह र छुई प्रथाले पारेको असरका विषयमा पनि सहजै बहस पैरवी गर्न सक्षम भएको बताइन । उनले अब वर्तमान समय र भविष्यमा हाम्रो गाउँघरमा बाल विवाह गर्दैनौ र गर्न दिन्नौँ भन्ने अभियानका साथ समेत अघि बढिरहेका बताइन ।

त्यस्तै पछिल्लो समयमा कार्यक्षेत्रका तिनै पालिकाका गाउँमा अहिले बाल विवाह गर्नु हुँदैन, महिनावारी भएको बेला गोठमा बसाल्नु हुँदैन भन्ने चेतनाको विकास भएको छ ।

सम्बन्धित समाचार