राष्ट्रिय ज्येष्ठ नागरिक दिवस: न्यानो कम्बल वितरण

जुम्ला ।नेपालमा ६० वर्ष उमेर पुगेका नागरिकलाई ज्येष्ठ नागरिक भनिन्छ । अन्तरिम संविधान २०६३ ले समेत बृद्धबृद्धालाईसंरक्षण र उन्नतिको लागि सामाजिक सुरक्षा प्रदान गर्ने अठोट गरेको थियो । भर्खरै घोषणा भएको नेपालको संविधान–२०७२ को धारा ४१ मा“जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ“भनि उल्लेख गरिएको छ ।सोहि अनुसार जेष्ठ नागरिकको जीवनलाई सहज, सुरक्षित र सम्मानित बनाउन जेष्ठ नागरिक नीति,कार्यनीति तथा दीर्घकालिनअवधारणा जेष्ठ नागरिक कार्ययोजना–२०६२ लागू समेत गरिएकोछ ।

त्यस्तै सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ माअन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमापुहँच पुर्याउने उदेश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवस मनाईन्छ । विक्रम सम्वत २०६८ सालको जनगणना अनुसार नेपालमाकुल जनसंख्याको ९ प्रतिशत अर्थात २५ लाख वढी जेष्ठ नागरिकहरु रहेकाछन् ।

प्रत्येक१० बर्षमा गरिने गणनाको तथ्यांक अनुसार वृद्धवृद्धाहरुको संख्यामा बृद्धि देखिएको छ । यसबाट नेपालमा औसत आयू पनि बढेको स्पष्ट हुन्छ । विश्वमा ६० वर्ष उमेर पुगेका मानिसको संख्या ७६ करोड रहेको अनुमान छ ।औसत आयूमा देखिएको सुधारले यो संख्या सन् २०५० सम्ममा दुई अर्ब पुग्ने अनुमान छ । त्यस्तै जुम्लामा तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाईएको छ ।

जिल्ला ज्येष्ठ नागरिक संघ जुम्लाको आयोजनामा दिवस रुपमा मनाईएको छ । दिवसको अवसरमा जिल्लाका सवैभन्दा ज्येष्ठ नागरिकहरुलाई न्यायो कम्वलले सम्मान समेत गरिएको छ ।जिल्ला ज्येठ नागरिक संघले ९४ बर्षका धनलाल हमाल, ८६ बर्षका चन्द्रबहादुर थापा सहितका व्यक्तिहरुलाई न्यानो कम्वलले सम्मान गरिएको हो । चन्दननाथ नगरपालिका जुम्ला र जिल्ला ज्येष्ठ नागरिक संघको लगानीमा २० जना ज्येष्ठ नागरिकलाई न्यानो कम्वलले स्वागत गरिएको हो ।

त्यस्तै चन्दननाथ नगरपालिका महिला तथा बालवालिका शाखाका साहयक महिला बिकास निरिक्षक तथा नगर वाल कल्याण अधिकारी पुष्पा थापाका अनुसार जुम्लाका स्थानीय तहका वि.सं १९८३ देखी २००२ सम्मका २० जना ज्येष्ठ व्यक्तिहरुलाई चिसोको समयमा कम्बल वितरण गरिएको बताइन । उनले भनिन, ज्येष्ठ नागरिक संघ जुम्लाले यस क्षेत्रमा योगदान पुरयाउने व्यक्तिलाई पनि सम्मान गरेको छ ।

त्यस्तै जिल्ला ज्येष्ठ नागरिक संघ जुम्लाको सांगठनिक संरचना निर्माण गर्न योगदान पुरयाएको भन्दै नेपाल पत्रकार महासंघ जुम्लाका जिल्ला अध्यक्ष नेत्रबहादुर शाहीलाई र आयूवेर्द स्वास्थ्य केन्द्र जुम्लाका निमित्त प्रमुख नन्दप्रसाद न्यौपानेलाई ज्येष्ठ नागरिकको आयूवेर्द औषधी सहज गर्न सहयोग गरेकाले सम्मान गरिएको छ ।

जिल्ला ज्येष्ठ नागरिक संघ जुम्लाका सचिव तुलाराम न्यौपानेले ज्येष्ठ नागरिक संघ जुम्लालाई सहयोग गर्ने सवैलाई आभार ब्यक्त गरे । उनका अनुसार हाल ६ लाख बचतकोषमा रकम जम्मा गर्न सफल भएको र २५० बढि आजिवन सदस्य रहेको छ । दिवसको अवसरमा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले ज्येष्ठ नागरिकको अधिकारका लागि सवैले सम्मान गर्नु पर्ने बताए । उनले भने, यातायातमा ज्येष्ठ नागरिकको सिट कायम गर्न निर्णय भएपनि कार्यान्वयन भएको छैन ।

त्यस्तै चन्दननाथ नगरपालिका जुम्लाका नगरप्रमुख राजुसिंह कठायतले ज्येष्ठ नागरिकले हिउँदे सिजनमा दिने भवन निर्माणका लागि पहल गर्न आवश्यक रहेको र यसका लागि चन्दननाथ नगरपालिकाले विशेष जोड दिन आवश्यक रहेको छ ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले संविधान प्रदत्त ज्येष्ठ नागरिकको अधिकारका लागि राज्यनै लागेको बताए । उनले स्थानीय सरकारले पनी जेष्ठनागरिकका समस्या समाधानका लागी सचेत हुनुपर्ने आबश्यक छ ।

सम्बन्धित समाचार