बाढीपीडितको घरघरमा खानेपानीको धारा

जुम्ला : जुम्लाको हिमा गाउँपालिका–७ बागबजारका बाढीपीडितका घरघरमा खानेपानीका धारा निमार्ण भएका छन । २०७९ असोज १९ देखि २६ गते सम्म परेको वर्षासँगै आएको बाढीले बागबजारका २२ वटा घरदुरीको खाना पानी बगाएको थियो । उनीहरुले हिमा नदिको दुषित पानी खान बाध्य थिए । प्लान इन्टरनेसनल नेपाल र पेस नेपालको साझेदारीमा घरघरमा धारानिमार्ण गरिदिए पछि त्यहाका १सय ५० जनाले खानेपानी खान पाएका छन ।


स्थानीय सरकार र समुदायको सहयोगमा खानेपानी धाराहरू घर आँगनमै पुगेको त्यहाका स्थानीय लालकला शाहीले बताइन । उनले ,बर्खामा हिलो र हिउँदमा नदीमा जमेको पानी बोकेर खाने गरेका थियौ ।उनले भनिन,बाढीले मुहान नै बगाएपछि हामी सबै जना नदिको पानी खादै आएका थिर्याैँ ।

हिमा ६का वडाध्यक्ष बिक्रम बहादुर शाहीले हिमा नदिको दुषित पानी खानु पर्ने बाध्यता प्रेस नेपालले हटाइ दिएको बताए । उनले भने, अबका दिनमा दुषित पानीका कारण पानीजन्य रोगको प प्रकोप घट्ने देखिन्छ । वडाध्यक्ष शाहीले भने,‘घरमै मुहानको शुद्ध पानी पुगेपछि स्थानीय खुसी छन् । उनका अनुसार यि धाराबाट २४ औँ घण्टा पानी आउने भएकाले अनाग्म गमगडी सडक हुँदै मुगुको राराताल जाने आन्तरिक तथा बाह्य पर्यटलाई पनी पानी खाना सहज भएको छ ।


त्यस्तै जिल्ला समन्वय समितिका जुम्लाका प्रमुख गौरिनन्द आचार्यले गैर सरकार संस्थाले बनाउदै गरेको संरचनाको दिर्घकालिन ब्यवस्थापन गर्न अनुरोध गरेका छन । उनले भने, घरघरमा खानेपानीको पहुँच पुगेको छ । पेस नेपालले यहाका नागरिकका लागी बनाएको हो । तर नागरिकलाई सधैभरी कुनै संस्थाले बनाइदिएको भन्ने र बिग्रिएको खण्डमा मर्मत सम्भार नगर्ने गरेको देखिन्छ । प्रमुख आचार्यले एक कार्यक्रमका बिच बागबजार खानेपानी आयोजना त्यहाका वडाध्यक्ष शाहीलाई हस्तान्तरण गरेका छन ।पानी पुग्दा खानेपानी, सरसफाइदेखि करेसाबारी बनाउन सहज भइरहेको छ ।


त्यस्तै प्लान इन्टरनेसनल नेपालका क्षेत्रिय प्रबन्धक मिन पराजुलीले जुम्लामा लागु भएका बिकासका परियोजनाहरु पहुँचका आधारमा नभइ आवश्यकताका आधारमा भएको बताइन । उनले यहका बस्तीहरुको खानेपानी बिपदले बगाएको थियो । त्यस कारण यहका धाराहरू निर्माण भएका छन । उनका अनुसार प्लान नेपालले बालिका ,किशोरी र महिलाहरुको आयआर्जनको क्षेत्रलाई प्रथामिककता राखेर काम गर्दै आएको बताइन ।

त्यस्तै पेस नेपालका कार्यकारी निर्देशक किशोर न्यौपानेले खानेपानी ट्यांकी, मुहान र धाराहरूको रेखदेख, बिग्रेको खण्डमा मर्मत गरेर दिगो बनाइराख्न आग्रह उनले गरेका छन । उनका अनुसार स्थानीय श्रमदान, प्लान नेपाल, पेस नेपाल र स्थानीय सरकार गरेर झन्डै १० लाख रुपैयाँको लागतमा उक्त खानेपानी आयोजना सम्पन्न भएको हो ।

सम्बन्धित समाचार