जुम्ला : विमानस्थलमा भएको भद्रगोल अबस्थाको बारेमा सरोकारवालाको बैठक बसेको छ ।जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको अध्यक्षतामा बसेको उक्त बैठकले टिकट बितरण प्रणलिलाई पारदर्शी बनाउनका लागी एक दिने अघि कार्यालय खोली बितरण गर्ने निर्णय गरिएको हो ।
त्यस्तै जुम्लाका सरोकारवाला निकायका पदाधिकारीहरूले जुम्ला विमानस्थलमा संचालित प्रत्येक वायुसेवा कम्पनीहरूले आ–आफ्नो सँग सहकार्य गरी कार्यालय खोलि डायरी मा नाम लेख्ने व्यवस्था मिलाई पारदर्शी रूपमा टिकट बिक्री वितरण गर्ने निर्णय गरेका छन । वायुसेवा कम्पनीहरूले १० सिट आ–आफ्नो कार्यालयबाट सर्वसाधारणका लागी दिइने छ ।
त्यस्तै सिट बिरामी, असक्त, सुरक्षाकर्मी, र अन्य इमर्जेन्सि काम परेका व्यक्तिका लागि व्यवस्था गर्ने निर्णय गरिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले बताए । उनका अनुसार सिता ऐयरको हकमा एक सिट सुरक्षाकर्मी एक बिरामी र एक सिट सरकारी दिइने छ सार्वसाधारण र बिरामीको पहुँचमा जहाजको टिकट नभएको भन्दै आईतबार यस्तो निणर्य गरिएको छ ।
टिकट बितरण प्रथामिकताको आधारमा गरिने छ । ए.लेखिएको टिकट जरुरी काम परेकालाई दिइने छ । बि .लेखेको टिकट बिरामीको लागी , सि.लेर्खिको टिकट सरकारी कर्मचारी जान पाउने छन । यस पटक गरेको निणर्यमा बिरामी आएको खण्डमा बिरामीलाई प्रथामिकता दिइने भनिएको छ ।
त्यस्तै यस अघि पनि बिजय कुमारी प्रसाइ प्रमुख जिल्ला अधिकारी हुदा जुम्ला विमानस्थलमा सर्वपक्षीय बैठकले बिरामीलाई पहिलो प्राथमिकतामा राखेर टिकट व्यवस्थापन गर्नु पर्ने भनेर निर्णय गरेको थियो ।
त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले पहिलो चरणमा जुम्लामा हुने उडानमा टिकट प्रणाली व्यवस्थापन गर्न सवैको सहयोग आवश्यक रहेको छ ।
जुम्लामा बर्षौदेखी जहाजको टिकट वितरण प्रणाली राम्रो नभएकाले बिरामी र सार्वसाधारणले दुख भोग्नु परेको गुनासो आएको थियो । उनका अनुसार यसकारण नागरिक उड्डयन प्राधिकरणलाई अहिले हप्ताको समय दिईको छ । एम हप्ता भित्र १० बजे देखि साँझ ४ बजे सम्म प्रत्येक ऐयरलाईन्सले कार्यालय खोलेर टिकट बितरण गर्नु पर्ने छ ।
त्यो बैठकले पनि कुनै पनि बिरामी जहाजमा जान पाउनु पर्ने भन्दै बिरामीको विकल्प अरु हुन नसक्ने बैठकको निस्कर्ष थियो । तर त्यो निणर्य कायान्वयन हुन सकेन । यस पटक पनि एयरलाइन्स र एजेन्सीका मान्छेलाई राखेर निर्णय गरिएको छ ।
त्यस्तै जहाँजको टिकट प्रणाली व्यवस्थापन बिषयमा छलफल गर्नका लागी स्थानीय प्रशासनको आयोजनामा जनप्रतिनिधि, जहाजका प्रतिनिधि, एयरलाईन्स, नागरिक समाज, मानव अधिकार आयोग र पत्रकारको उपस्थितिमा रहेको थियो ।