विश्वविद्यालयबारे गम्भीर निर्णय लिने बेला आयो : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयसँग जोडिएका विषयमा गम्भीरतापूर्वक छलफल गर्ने र निर्णय लिने बेला आएको बताएका छन् ।
सोमबार आयोजित त्रिविको ४९औं दीक्षान्त समारोहमा प्रधानमन्त्री प्रचण्डले त्रिविमा प्राज्ञिक, प्रशासनिक, व्यवस्थापकीय सुधारका लागि महत्वपूर्ण प्रयास भएपनि पर्याप्त नभएको बताए ।
आफ्ना विद्यार्थीहरूलाई विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी अब्बल प्रमाणित गर्नु त्रिविको चुनौती भएको उनले बताए ।