जुम्ला ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई बृहत वाटर डिस्पेन्सन खानेपानी मेसिन दिइएको छ । कृषि विकास वैंक शाखा जुम्लाले प्रतिष्ठानलाई बृहत वाटर डिस्पेन्सन खानेपानी मेसिन दिएको हो ।
कर्णाली प्रदेश र कृषि विकास बैंक जुम्लाले सामाजिक क्षेत्रको कार्य अन्तरगत तातोपानी, मनतातो पानी र चिसो पानी आउने मेशिन प्रतिष्ठानलाई दिएको बैंकका कर्णाली प्रदेश प्रमुख तथा निर्देशक डाक्टर सुरज टण्डनले बताए । उनले भने, बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत मेशिन सहयोग गरिएकाहो ।उनका अनुसार यस बैंकले यस अघि पनि यस्ता प्रकारका सहयोग स्थानीय तहमा गर्दै आएको छ । उनले भने,वीत्तीय शिक्षा ज्ञान र साक्षरता समेत बृद्धि गर्ने अभिप्रायले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिसोको समयमा बहुउद्देश्यीय खानेपानीको मेशिन प्रदान गरिएको छ ।
त्यस्तै बैंकले दिएको यो सहयोगले प्रतिष्ठानका विरामी, कुरुवा, कर्मचारी लाभग्राही हुने प्रतिष्ठानका शिक्षाध्यक्ष डवलसिंह धामीले बताए । उनले भने, बैंकले वित्तीय रुपमा मात्रै काम नगरि सामाजिक क्षेत्रमा काम गरेकोमा आभार ब्यक्त गरे । उनका अनुसार चिसोको समयमा तातोपानी आउने मेशिन प्रतिष्ठानको आवश्यकतामा आधारित हो ।
त्यस्तै मेशिन ग्रहण गर्दै प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले कर्णाली प्रतिष्ठानका अनुसार यस मेशिनबाट लाभान्वित धेरै हुने बताए । उनले यस कार्यका लागि बैंकलाई धन्यवाद दिए । उनले वैंक सँगको सहकार्य लामो भएको भन्दै सामाजिक कामकामा लगानी राम्रो भएको बताए ।
कृषि विकास बैंक जुम्लाले २०७५ साल देखी कर्णाली स्वास्थ्य विकास प्रतिष्ठान शिक्षण अस्पतालको हाता भित्र एक्टेसन काउन्टर सहित सेवा समेत सञ्चालन गरेको छ । बैंकका जिल्ला प्रवन्धक खुम्बिलाल शर्माका अनुसार कर्णाली प्रतिष्ठानमा एक्सटेन्सन काउण्टर तथा एटिएम समेत स्थापना गरिएको छ । उनका अनुसार मेशिनले स्वास्थ्य खानेपानी आपुर्तिमा सहयोग पुरयाउने छ । यो मेशिनले एकै पटक तीन सय लिटर पानी फिल्टर गर्ने क्षमता रहेको छ ।