जुम्ला ः जुम्ला वालविवाहले ग्रस्त क्षेत्र मनिदै आएको पाइन्छ । बालविवाह न्युनिकरणका लागी सिञ्जा क्षेत्रका स्थानीय सरकार जुटेका छन् । समाजमा व्यापक रुपमा वालविवाहले निम्त्याएको वहुविवाह, र घरेलु हिंसा झन बढेको छ । यस कारण जुम्लाको सिञ्जा क्षेत्रमा वालविवाहको विषयमा पहिलो पटक अवस्थाको अध्ययनको काम भईरहेको छ । स्थानीय सरकारको अगुवाईमा वालविवाहको अवस्था अध्ययन तथा प्रतिवेदन सार्वजनिक गरेर वालविवाह घटाउने काम भईरहेको हो ।
त्यस्तै जुम्लाको सिञ्जा क्षेत्रका ३ तहका स्थानीय सरकार सिञ्जा, हिमा र कनकासुन्दरीको समन्वय तथा प्लान नेपाल र आत्म सम्मानका लागि सहकार्य (क्याड) नेपालको सहयोगमा यस क्षेत्रको ३ बर्षको वालविवाह व्यापकता सर्वेक्षण गरेर अध्ययन प्रतिवेदन सार्वजनिक समेत गरिएको छ । गाउँपालिकाको अगुवाईमा सन २०२०, २०२१ र २०२२ सम्मको तथ्याक अनुसार त्यस क्षेत्रको वालविवाह केही मात्रामा रोकिएको देखिन्छ ।
स्थानीय सरकारको अगुवाईमा सार्वजनिक गरिएको तथ्यांकमा जुम्लाको हिमा गाउँपालिकामा सन २०२० मा जम्मा ७६९ जनाको विवाह दर्ता भएकोमा ५८३ जनाले वालविवाह गरेका थिए । जसमा वडा नम्बर १ मा १२६ जना, वडा नम्बर २ मा ९५ जना ,वडा नम्बर ३ मा १०३ जना, वडा नम्बर ४ मा ३२ जना, वडा नम्बर ५ मा ९५ जना, वडा नम्बर ६ मा ६३ जना र वडा नम्बर ७ मा ६९ जनाले वालविवाह गरेका छन् । सर्वेक्षणको तथ्याक अनुसार सवैभन्दा बढि ९५ प्रतिशत वालविवाह भएको थियो ।
वालविवाह विषयमा सार्वजनिक गरेको प्रतिवेदनमा हिमा गाउँपालिकामा सन २०२१ मा जम्मा विवाह १९४ जना मध्य वालविवाह १३६ जनाले वालविवाह गरेका छन् । जसमा वडा नम्बर १ मा ३७ जना, वडा नम्बर २ मा १० जना, वडा नम्बर ३ मा ३६ जना, वडा नम्बर ४ मा २१ जना, वडा नम्बर ५ मा १६ जना वडा नम्बर ६ मा ११ जना र वडा नम्बर ७ मा १५ जना रहेका छन् ।
यसैगरी सन २०२२ मा हिमा गाउँपालिकामा १४४ जनाको विवाह भएकोमा ३६ जनाले वालविवाह गरेका छन् । जसमा वडा नम्बर १ मा शुन्य वालविवाह, वडा नम्बर २ मा ६ वटा, वडा नम्बर ३ मा ३ वटा, वटा नम्बर ४ मा तीन वटा, वडा नम्बर ५ मा १ वटा, वडा नम्बर ६ मा १३ वटा र वडा नम्बर ७ मा १० जनाले वालविवाह गरेको छ । क्याड नेपालले सन २०२३ को प्रतिवेदन तयारी भईरहेको जानकारी गरेको छ ।
त्यस्तै क्षेत्रको सिञ्जा गाउँपालिकामा सन २०२१ मा १६० जनाले वालविवाह गरेको तथ्यांकमा उल्लेख छ । जसमा ११७ जनाले वालविवाह गरेका छन् । सन २०२१ मा सिञ्जा गाउँपालिकाको वडा नम्बर १ मा २३ जना, वडा नम्बर २ मा १२ जना, वडा नम्बर ३ मा १६ जना, वडा नम्बर ४ मा २० जना वडा नम्बर ५ मा २२ जना र वडा नम्बर ६ मा २४ जनाले वालविवाह गरेका छन् । यो तथ्यांक अनुसार सन २०२१ मा ७३ प्रतिशत वालविवाह भएको पाईन्छ । यसैगरी सन २०२२ मा सिञ्जा गाउँपालिकामा १४१ जनाको वालविवाह भएकोमा ६७ जना अर्थात ४८ प्रतिशत जनाको वालविवाह भएको छ ।
त्यस्तै सिञ्जा गाउँपालिका अध्यक्ष पूर्ण पसाद धितालले वालविावह रोक्ने प्रयासमा निरन्तर काम भईरहेको बताए । उनले साझेदार निकाय प्लान नेपाल र क्याडको सहयोगमा २०२० देखी सर्वेक्षण। जनप्रतिनिधि परिचालन सहित विभिन्न क्रियाकलापहरु गर्दै आएका र्छाै ।
त्यस्तै कनकासुन्दरी गाउँपालिकामा सन २०२० मा ७७३ जनाको वालविवाह भएकोमा ४४६ जना अर्थात ५८ प्रतिशत, सन २०२१ मा १५६ जनामा ९४ जना जना र सन २०२२ मा १२४ जनाको वालविवाह भएको मध्य ३१ जना अर्थात २५ प्रतिशत वालविवाह भएको छ ।
वालविवाह मुक्त वडा घोषणा गर्ने तयारी
त्यस्तै तथ्यांक हेर्दा समग्रमा सिञ्जा क्षेत्रमा वालविवाह घटेको पाईन्छ । हिमा गाउँपालिकाको वडा नम्बर १ मा सन २०२० मा अत्याधिक देखिएको वालविवाह २०२२ मा शुन्यमा झरेको छ । हिमा गाउँपालिका वडाध्यक्ष रतनबहादुर शाहीका अनुसार वडा नम्बर १ मा अहिले वालविवाह शुन्य भएको छ । उनका अनुसार , हामीले उमेर नपुगेका केटा केटीको विवाहमा वडाका जनप्रतिनिधि उपस्थित नहुने समेत निर्णय गरेका छौ ।
स्थानीय सरकारले त्यस वडालाई वालविवाह मुक्त वडा समेत घोषणा गर्ने तयारी गरेको छ । वडाध्यक्ष शाहीका अनुसार वडामा २० वर्ष उमेर पुगेर विवाह गर्ने चेलीलाई कोसेली सहित सम्ममान गर्ने निति समेत बनेको बताए ।
त्यस्तै सिञ्जा गाउँपालिका वडा नम्बर २ ले पनि वालविवाह मुक्त गर्ने योजना बनाएको छ । सिञ्जा २ मा यो बर्ष वालविवाह खासै भएको छैन । वडाध्यक्ष तिर्थ वडका अनुसार वडापालिकाको सिफारिस गरेर मात्रै विवाह गर्न पाईने गरिएको छ । उनका अनुसार टोलटोलमा बालविवाह बिरुद्धका सचेतना कार्यक्रम गर्दै आएका छौँ ।
त्यस्तै साझेदार संस्था क्याड नेपाल जुम्लाका कार्यक्रम व्यवस्थापक अजय महराले परियोजनाले विद्यालय वाहिर रहेका वालवालिका विद्यालय पुरयाउने काम गरेको बताए । उनले भने, किशोरीहरुलााई यौन तथा प्रजननको सचेतना दिने काम पनि गरिएको छ । उनका अनुसार किशोरीहरुको आय आर्जनमा टेवा पुरयाउने तथा धार्मिक गुरु तथा पुरोहित संग अन्तरक्रिया गरेर सचेतना दिने गरिएको छ । उनले थपे प्लान नेपालले सिञ्जा क्षेत्रमा २०२० देखी काम गर्दै आएको र २०२४ सम्म संचालन हुने छ ।जुम्लाको हिमा, सिञ्जा र कानकासुन्दरी गाउँपालिकामा वालविवाह, छिटो विवाह र जवरजस्ति विवाह रोक्नको लागि विभिन्न क्रियाकलाप गर्दै आएको छ ।