सडकमा बस्दै आएका एक जनाको जुम्लाबाट उद्दार

 

जुम्ला : मानसिक समस्याका कारण सडकमा बस्दै आएका एक नागरिकको उद्दार गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्ला अगाडी करिब ३ महिना अगाडी देखि बास बस्दै आएका एक जना नागरिकलाई सुर्खेतमा रहेको मानवसेवा आश्रमले लगिएको हो ।

जिल्ला प्रशासन कार्यालय जुम्ला र चन्दननाथ नगरपालिका जुम्लाको समन्वयमा मानव सेवा आश्रम सुर्खेतमा पठाएको चन्दननाथ नगरपालिकाका बिपत शाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपाने बताए ।उनका अनुसार करिब ३ महिना देखी जिल्ला प्रशासन कार्यालय जुम्लाको अगाडि धुपीको रुखको ओत लिएर बसिरहेका ति ब्यक्तिको कुनै नाम ठेगाना भने खुलेको छैन ।उनले भने,हिन्दी भाषा वोल्ने ति व्यक्तिलाईे चन्दननाथ नगरपालिकाको एम्वुलेन्समा राखेर उद्दार गरेर सुर्खेत लिएको हो ।

त्यस्तै जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले चिसोको समयमा खुला आकाशमा बसिरहेका ति व्यक्तिको उद्दार बताए । उनले भने, नगरपालिकाका,जिल्ला प्रहरी कार्यालयबाट एक जना प्रहरी सहित ति नाम ठेगाना पत्ता नलागेको व्यक्तिलाई पठाईएको छ । ति अपरिचित व्यक्ति मानसिक रुपमा समस्या भएका हुन ।

त्यस्तै जुम्लाबाट यस अघि पातारासी गाउँपालिकाले ३ जनाको उद्दार गरेर मानव सेवा आश्रममा पठाइएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताए । उनका अनुसार पातारासी गाउँपालिकाका मानसिक समस्या भएका ३८ बर्षि सार्य ऐडि, ३९ बर्षिय सर्केनी वोहोरा ५३ बर्षिय ओफे रावतलाई पठाईएको हो ।

त्यस्तै यस्ता प्रकारका नागरिकलाई पछिल्लो समय मानवसेवा आश्रमले आवास सहितको व्यवस्थापन गर्दै आएको छ ।मानवसेवा आश्रम सुर्खेतका संयोजक संजिता गौतमले हाल मानस सेवा आश्रममा ९२ जना नागरिकको सेवा भईरहेको छ । जसमध्य जुम्लाका १७ जना पहिला देखि रहेको र वुधवार एक जना पथ आएपछि १८ जना जुम्ला बाट उद्दार गरी पठाइएका नागरिक रहेका छन ।

सम्बन्धित समाचार