सकियो लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान


जुम्ला : लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालवालिकामा लगानीको एक्यबद्धता ’भन्ने नाराका साथ शुरू भएको लैङ्गिक हिंसा अन्त्यको १६ दिने अभियान देशैभरी सकिएको छ । २५ नोभेम्बर देखि डिसेम्वर १० सम्म प्रत्येक वर्ष लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलाइन्छ । यहि अवधिभरी जिल्ल प्रहरी कार्यालयमा आफुमाथी हिंसा भएको भन्दै धेरै महिला न्याय माग्न आउने गरेका छन ।

जुम्ला प्रहरीको आँकडाका अनुसार महिला माथि हुने हिंसा बर्सेनि बढ्दै गएको छ। जिम्मेवारीमा रहेकाहरूले पनि तिनलाई व्यवहारमा ल्याउने इच्छाशक्ति देखाउन सकेको पाइँदैन ।जिल्ला प्रहरी कार्यालय,जुम्लाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको तथ्याङ्क अनुसार, आ.व. २०७६÷७७ मा घरेलु हिंसासम्बन्धी ४८ वटा निवेदन परे । तीमध्ये १० देखि २० वर्ष उमेर समूहका दुई पुरुष र १८ बालिका थिए ।सोही अवधिमा २१ देखि ३० वर्ष उमेर समूहका १८ महिला र ३१ देखि ४० वर्ष उमेर समूहका सात महिला हिंसामा परे । हिंसामा परेकामध्ये तीन महिला ४० वर्ष माथिका रहेको पनि प्रहरी निरीक्षक यामबहादुरको भनाइ छ ।
त्यस्तै, आ.व. २०७७÷७८ मा घरेलु हिंसासम्बन्धी ३५ वटा निवेदन परे ।त्यसमा १० देखि २० वर्ष उमेर समूहका छ बालिका र २१ देखि ३० वर्ष उमेर समूहका १९ महिला हिंसामा परे । यस अवधिमा ३१ देखि ४० वर्ष उमेर समूहका छ ।
महिला र ४० वर्षमाथिका दुई महिला र दुई पुरुष हिंसामा परे ।यसैगरी, आ.व. २०७८÷७९ मा घरेलु हिंसासम्बन्धी ६१ वटा निवेदन परे ।त्यस्तै आ.व. २०७९÷८० मा घरेलुहिंसाका ७५ वटा उजुरी परेका छन ।जसमा ६९ जना महिला , जना पुरुष र दुइ जना बालवालिबका रहेका छन ।

जिल्ला प्रहरी कार्यालय, जुम्लाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका अनुसार ४८ वटा मिलापत्र भएको छ । १८ जनाको अदालतीय प्रक्रियामा गएको छ । भने जनाको सम्र्प बिहिन भएका छन । महिला विरुद्ध हिंसा बढ्नुका कारण र यसको रोकथामका बारेमा सरोकारवालाको कुनै चासो छैन ।तर कहिलेकाँहीचाड–पर्वजस्तो गरेर नारी दिवस ,लैङ्गिक हिंसा जस्ता अभियान मनाउने गरेका छन । यो अभियानको कार्यक्रममा बोल्ने बक्ताहरुले महिला माथि हुने हिंसाको प्रसँगमा संख्या गरेको सुनिन्छ पनि ।


त्यस्तै चन्दननाथ नगरपालिकामा भएको कार्यक्रममा बोल्दै राष्ट्रिय मानब अधिकार आयोग जुम्लाका कार्यालय प्रमुख धनराज शाहीले यो दिवस मनाउदैमा हिंसा नरोकिने बताए । उनले पछिल्ला समयमा महिला र बालवालिका माथी हुने हिंसाको दर बढेको छ ।उनले यसलाई न्युनिकरण गर्नको लागी सबै भन्दा जागरुप स्थानीय सरकार हुनुपर्ने बताए । उनले भने, लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको अन्तिम दिन अन्तराष्ट्रिय मानव अधिकार दिवस पर्ने गरेको बताए । उनका अनुसार संयुक्त राष्ट्र सङ्घले १० डिसेम्बर १९४८ मा विश्वव्यापी मानवअधिकार घोषणापत्र जारी गरे पनि आधिकारिक रूपमा भने सन् १९५० मात्रै यो दिवस बनाउन थालिएको हो । मानव अधिकारको सार्वभौमिक घोषणा ५०० भन्दा बढी भाषामा उपलब्ध छ । यो दिनलाई नेपालको संविधानले नागरिक तथा राजनीतिक अधिकारसहित आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण तथा सम्बोर्धन गर्दै विधिको शासन कायम गर्ने प्रावधानलाई उच्च प्राथमिकता दिएको छ।


त्यस्तै चन्दनाथ नगरपालिकाका उपमेयर रामदेवी खड्काले महिला माथि हुने हिंसा मानव अधिकार हनन्को सवाल भएको बताइन । उनले २५ नोभेम्बर देखि १० डिसेम्बर सम्म नगरपालिकाले समुदाय स्तरमा सचेतनाका कार्यक्रम गरेको बताइन ।

त्यस्तै किर्डाक नेपालका संयोजक श्री भण्डारीले जुम्लामा महिला विरुद्ध हुने हिंसाका सम्बन्धमा आवाज उठाउनु पर्ने बताए । उनले भने, महिला माथी हुने हिंसा कम गर्नका लागी आर्यआर्जनका क्रियाकलाप संञ्चालन गर्न जरुरी छ । उनका अनुसार जुम्लाको हकमा महिला माथी हुने हिंसाको मुख्य जहर आर्थिक पाटो रहेको देखिन्छ ।


त्यस्तै सामाजिक बिकास कार्यालय जुम्लाका प्रमुख तुलाराज चौलागाईले लैंगिह हिंसा भनेको महिलालाई मात्रै नभइ ,लिंगका आधारमा गरिने बिभेद भएको बताए । उनले भने, अन्याय अत्याचार र कुसंस्कारको विरुद्ध सामाजिक परिवर्तन हुन अहिलेको आबश्यकता रहेको छ ।


त्यस्तै चन्दननाथ नगरपालिका महिला तथा बालवालिका शाखाका सहायक महिला विकास निरीक्षक पुष्पा थापाले समाजमा रहेका पित्तृसत्तात्मक सोच, सामाजिक मुल्यमान्यता, शोषण, जातीयविभेद र चरम लैंगिकविभेद विरुद्धका अभियान सधाभार हुनु पर्ने बताइन । उनका अनुसार १६ दिने अभियानको शुरुवात नेपालमा विसं २०५४ सालदेखि भएको पाईन्छ र यस अवधिमा विविध महिला विरुद्ध हुने हिंसाका सवालमा सचेतना मुलक कार्यक्रमहरु संचालन हुदै आएको भएपनि महिला माथीको हिंसामा कमी आउन सकेको छैन ।
त्यस्तै नेपाल सरकारको मन्त्रीपरिषद्ले भने २०७५ सालमा आएर मात्र लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सामाजिक सचेतना सहित प्रत्येक बर्ष सवै स्थानीयपालिका, प्रदेश तथा संघमा संचालन गर्ने निर्णय गरेको थियो।


त्यस्तै,पेस नेपाल किर्डक नेपाल ,क्याड नेपालको ,सर्वोदय नेपाल ,आइएन एफ ,नेपाल प्रहरी ,इन्सेक वल्डभिजन लगायतको साझेदारीमा र नगरपालिका महिला तथा बालवालिका शाखाको आयोजनामा लैङ्गिक हिंसा अन्त्यको १६ दिने अभियान तथा ७५औँ अराष्ट्रिय मानव अधिकार दिवस सम्पन्न भएको छ ।

सम्बन्धित समाचार