अर्कै अनलाइनको दर्ता नम्वर राखेर समाचार प्रकाशित गर्दै आएको कर्णाली आज डटकमलाई प्रेस काउन्सिलको अल्टिमेटम


जुम्ला : नेपाल सरकार सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिलमा दर्तानै नभएर सञ्चालन भईरहेको  karnaliaja .com (कर्णाली आज डटकम)लाई प्रेस काउन्सिल नेपालले २४ घण्टाभित्र समाग्री हटाउन अल्टिमेटम दिएको छ ।अरुलाई शुसानको नारा सिकाउने मिडियाले नै कानुनी प्रक्रिया पुरा नगरी समाचार प्रकाशित गरेको भन्दै २४ घण्टाभित्र सामग्री हटाउन निर्देशन गरेको हो ।

प्रधानसम्पादक कृष्णमाया उपाध्याय,सम्पादक नौरते नेपाली, व्यवस्थापक सरोज शाही, प्रकाशक सपना रावत रहेको उक्त कर्णाली आज डटकमले दर्ता नै नगरी २०८० मंशिर १३ गते पत्रकार नेपालीद्धारा पत्रकार द्वय शाहीलाई वेईजेति मुद्दा शिर्षकको समाचार छापेको थियो ।

सो समाचार प्रकाशन पछि सुचना तथा प्रसारण बिभागमा दर्ता नभएको अनलाईनले समाचार छापेको भन्दै नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले प्रेस काउन्सिल नेपालमा कानून बमोजिम कारवाहीका लागी उजुरी दिएका थिए ।
शाहीले काउन्सिमा दिएको उजुरीको आधारमा प्रेस काउन्सिलले सो समाचार हटाउन र कुनै पनी सामाग्री प्रकाशित नगर्न भनि २४ घण्टे अल्टिमेटमको चिठि दिएको हो । काउन्सिलको निर्देशन पछि कर्णाली आज डटकमले नेपालीद्धारा पत्रकार द्वय शाहीलाई वेईजेति मुद्दा नामक समाचार हटाएको छ ।


कुनै पनि समाचारजन्य सामग्री नछाप्नु

सुचना प्रसारण बिभागमा दता नगरिएको र प्रेस काउन्सिलमा सुचिकरण नभएको कुनै पनी अनलाइनलाई समाचार सम्प्रेषण गर्ने अधिकार नहुने बताइएको छ । यस कारण उक्त कर्णाली आज डटकमलाई कुनै पनि समार जन्य सामग्री सम्प्रेषण नगर्न नगराउन भनि लिखित रुपमै निर्देशन गरेको छ ।

काउन्सिलले सञ्चालकलाई लेखेको निर्देशनात्मक पत्रमा उल्लेख छ । तपाईद्धवारा सञ्चालित कर्णाली -karnaliaja .com पत्रकारिता गर्ने उद्देश्ले हाल सम्म कुनै मिडियाको रुपमा दर्ता ÷सुचिकरण भई सञ्चालनमा भएको अभिलेखमा नदेखिएको र नियमनुसार दर्ता सूचिकरण नभइ सम्प्रेषित यस किसिमका सामग्रीबाट प्रचलित कानुन आर्कषित हुने र सोही बमोजिम कारवाही हुने हुदा उक्त सामग्री हटाई २४ घण्टाभित्र काउन्सिललाई जानकारी गराउन सुचित गराईन्छ ।

साथै नियमानुसा दर्ता सुचिरकण पूर्व कुनैपनि समचारजन्य सामग्री दर्ता नगर्र्न, नगराउन निर्देशन दिईन्छ । यसैगरि पत्रमा भनिएको छ, आगामी दिनमा पुन : यस किसिमको क्रियाकलाप पुनरावृत्ति भई आएमा प्रचलित कानून आचारसहिँता बमोजिम कारवाही भईजाने तर्फ सचेत गराईन्छ । यो अनलाइन सुचना तथा प्रसारण बिभागमा दर्ता नगरिएको र प्रेस काउन्सिलमा सुचिकरण नभएको भए पनि यसले नाशो अनलाइनको सुचना बिभागको दर्ता नम्वर राखेको पाइएको छ ।

त्यस्तै यो अनलाइका प्रधानसम्पादक कृष्णमाया उपाध्यायले दर्ता नभयरै समाचार छापेको बिषयमा माथी बाट पत्र आएको र जफाब लेखेर साथीहरुले पठाइ सकेको बताइन । उनले  भनिन,मलाई हाम्रा साथीहरुले प्रधान सम्पादक राख्नु भएको रहेछ । हामी यो अनलाइन दार्ता गर्ने प्रक्रियामा छौँ ।अर्कै अनलाइनको दर्ता नम्वर राखेको बिषयमा जानकारी छैन । उनले भनिन,यस बिषयमा बाँकी कुरा भेटेरै कुरा गरौउला । यो नियम मिच्ने अरु कोही नभएर अरुलाई नियम कानुन सिकाउने पत्रकार नै हुन्।

सम्बन्धित समाचार