सुर्खेत जुम्ला हवाई सेवा माग गर्दै,कर्णाली सरकारलार्ई प्रमुख आचार्यले बुझाए ज्ञापन पत्र


जुम्ला ः जिल्ला समन्वय समितिका जुम्लाका प्रमुख गौरी नन्द आचार्यले कर्णाली प्रदेशको राजधानी संग हवाई सेवा जोड्न माग गरेका छन ।जुम्ला सहित कर्णाली प्रदेशका सबै जिल्लालाई हवाई सेवा जोड्न माग गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शार्मालाई ज्ञापन पत्र बुझाएको हो ।

बिगत लामो समयदेखि भौगोलिक विकटताले पछाडि परेको साविकको कर्णाली अञ्चल लगायत कर्णाली प्रदेशक सबै जिल्लालाई बिकासका सवै पक्षको दृष्टिकोणबाट राज्यको नजर एकदमै कम परेका कारण अन्य प्रदेशको तुलनामा कम विकसित र मानव बिकास सुचाङ्कमा पनि पछि परेको जिल्ला समन्वय समितिका जुम्लाका प्रमुख आचार्यले बताए । उनले हवाइ सेवा प्रदेश राजधानी संग नजोडिएको र सडक राम्रो नभएका कारण खस सभ्यताको उद्गम स्थल चन्दननाथ तथा भैरवनाथ मन्दिर, डुडुल चैत्य, राराताल,शे–फोक्सुन्डो, मानोसरोवर पदयात्रा,नेपालको अग्लो झरना लगायतका पर्यटकीय गन्तव्य साविकको कर्णालीमा परेको भएपनि आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउन सकेको अबस्था छैन ।

प्रमुअ आचार्यले मुख्य मन्त्री राजकुमार शर्मालाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ हामी कर्णाली प्रदेशका सरोकारवाला नागरिक,हाम्रो क्षेत्रमा पूर्वाधार विकास र सुधारिएको यातायात सुविधाको अतिआवश्यकतालाई ध्यानमा राख्दछौ ।लामो समय देखि बेवास्ता गरिएको आम जनताका आधारभुत आवश्यकताहरुलाई सम्वोधन गर्ने उदेश्य हो ।हाम्रो राज्यले कर्णाली प्रदेशका नागरिकको आवश्यकतालाई सम्वोधन गर्नका लागी आशादित भएका छौं ।
हाम्रा पूर्वाधारको वर्तमान अवस्थामा आम नागरिकका आधारभूत आवश्यकताहरुलाई पूरा गर्न सकेको छैन । जनताको चाहना पुरा हुने सुनिश्चित गर्दै राज्य संरचनामा सकरात्मक परिवर्तन ल्याउने काममा हामी सवैको योगदान रहेको स्मरण गराउदै जसको फल स्वरुप आजको दिनमा हामी आईपुगेका छौ । तर, हाम्रा नागरिकका अत्यावश्यक आवश्यकताहरु पुरा हुन बाँकी नै छन ।दुई लेन्थको भरपर्दो कर्णाली राजमार्गको आशा समेत गरेका छौ । अव्यवस्थीत हवाई यातायातालाई व्यवस्थीत गर्ने आधारभूत सुविधाको अभिवृद्धि गर्दै कर्णाली क्षेत्रको विकासमा ध्यान दिनु महत्वपूर्ण देखिएको छ ।

कर्णालीका बासिन्दा लुम्बिनी प्रदेशबाट हवाईयात्रा गर्न बाध्य
प्रमुख आचार्यका अनुसार देश संघिय संरचनामा गैसकेको लामो समय भइसक्दा समेत कर्णालीका बासिन्दाहरुले लुम्बिनी प्रदेशबाट हवाईयात्रामा गर्नु पर्ने अबस्था रहेको छ ।भौगोलिक विकटताले पछाडि परेका कर्णालीप्रदेशका जुम्ला,मुगु, डोल्पा,हुम्ला क्षेत्रका लागी उडान सम्वन्धमा समस्याहरु कायम छन ।यी चुनौतीहरुमा योगदान पुर्याई जुम्ला लगायत कर्णालीको हवाइ सेवा प्रभावकारी बनाउनका लागी समधानका उपायहरु खोज्नका लागी कर्णाली प्रदेश सरकार संय आग्रह गरेका छौँ ।

प्रमुख अचार्यले संघीयता कार्यान्वय भएता पनि आम नागरिकका आवश्यकता प्रति राजनितिक दलको ध्यान गएको बताए । उनले भने,कर्णाली प्रदेशको राजधानी बाट प्रदेशका अन्य जिल्लामा सहज पहुचका लागी नेपाल वायूसेवा निगमको नियमित उडानको लागी पहल गर्न हार्दिक अनुरोध गर्दछौ । त्यस्तै सुर्खेत बाट नियमित उडानहरु संचालन गरेर निजि वायूसेवा कम्पनीहरुले भुमिका खेल्ने र अनलाईन टिकट बुकिङ् प्रणाली मार्फत प्रकृयालाई थप सहज बनाउन वातावरण सिर्जना गर्नको लागी पनि प्रदेश सरकार मार्फत अनुरोध गरिएको छ ।
उनका अनुसार हामी जुम्ला जिल्लामा ७२ सिट वायूसेवा संचालनको लागी सम्भावित विमानस्थल स्थानहरु वारे सचेत छौ र हामी राज्य सरकारलाई सम्भाव्यता अध्ययन गर्न अनुरोध गर्दछौ ।यस्तो पहलले भविष्यमा भारत देखि मानसरोवर कैलाश सम्मको यात्रामा सहज मात्र गर्दैन, यसले पर्यटनलाई बढाएर यो क्षेत्रको विकासमा पनि महत्वपूर्ण योगदान पुर्याउने छ ।

कर्णालीमा हवाई समस्यालले विकट हो भन्ने भावना धेरैले साझा गरेको भावना हो ।यसलाई सम्वोधन गर्न राज्यका गतिविधिहरुको नजिक प्रभावकारी अनुगमन सुनिश्चित गर्दै सबै जिल्लाहरुमा अनलाईन प्रणाली लागु गर्नु पर्ने आबश्यकता देखिएको छ ।साथै जुम्ला देखि मुगु, जुम्ला देखि हुम्ला र जुम्लादेखि डोल्पा सम्मको नेपाल एयरलायइन्सको उडान हप्तामा एक पटक मात्रै भए पनि त्यसको व्यवस्था मिलाई दिनुहुन अनुरोध गर्दछौ ।

सुर्खेत देखि सबै जिल्लामा उडानको व्यवस्था भएमा प्रभावकारी र हाम्रो प्रदेशको आर्थिक सम्वृद्धि समेत हुने विश्वास दिलाउन चाहन्छौ । जुम्लामा फ्यूल सेन्टर स्थापना गरेर यसको प्रभावकारी व्यवस्थापन गर्न अबश्यक छ। कर्णालीलाई पूर्वाधार,यातायात र सर्वाङ्गीण विकासका दृष्टिले फस्टाउने क्षेत्र बनाउन यी अत्यावश्यक समस्याहरुलाई सम्वोधन गर्न तपाईहरुको सहयोग र सक्रिय कदमको समन्वय समिति जुम्लाले अपेक्षा गरेको छ ।त्यस्तै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राज कुमार शार्माले ज्ञापन पज्ञ बुझ्दै यस बिषयमा गम्भिर रुपमा लाग्ने बताए ।उनले भने,यो कार्णालीको आबश्यकता पनि हो। प्रदेश सरकार कर्णालीको समग्र बिकासको लागी सधै भरी तयार रहेको बताए ।

सम्बन्धित समाचार